झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० भदौ । तिजबारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने सन्तोष कुमार सिलवाल९सन्तोष राजावादी० पक्राउ परेका छन्। माइतीघरमा प्रदर्शन गरिरहेका वेला मंगलबार उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा समेत पक्राउ परेका थिए ।

Read More

झापा, १० भदौ । झापाका दुई जनासहित २० जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै एक जना प्रहरी सहायक निरीक्षकसहित २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो । गैर हाजिर हुनेमा एकजना असई, एक जना हबलदार, चारजना सहायक हबलदार, दुईजना कार्यालय सहयोगी, एक जना प्राविधि प्रहरुी जवान र बाँकी बाँकी सबै प्रहरी जवान छन् । उनीहरुमध्ये दुई जना झापाका छन् । जारी गरिएको सूचनामा झापाको भद्रपुर नगरपालिका–४ का प्रहरी जवान रतन राई र कनकाई नगरपालिका–६…

Read More

रौतहट, १० भदौ । माधवनारायण नगरपालिका–२ मुडबलवाकी २६ वर्षीया रुबीकुमारी साहको शव सुटकेसमा प्याक गरिएको अवस्थामा शनिबार राति गौर नगरपालिका–९ स्थित मुडवलवा गेटनजिक सडकमा फेला परेको छ। शव फाल्न प्रयोग गरिएको ई–रिक्साका चालक लक्ष्मण महरा प्रहरी नियन्त्रणमा छन्। प्रहरीका अनुसार आरोपित व्यक्तिले शव फाल्नका लागि रिक्सा भाडामा लिएका थिए। तर बाटोमै रिक्सा बिग्रिएपछि सुटकेस सडकमा छाडेर फरार भएका थिए। चालक महराले आफूलाई सामानको विषयमा जानकारी नभएको र रिक्सा बिग्रिएपछि फर्काइएको बयान दिएका छन्। शव फालिएको सुटकेस वैदेशिक रोजगारीबाट फर्किएका शंकित व्यक्तिले विदेशबाट ल्याएको भएको खुलेको छ। ती व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमा रहेको र घटनाको साँझ उनलाई बोलाएर हत्या गरिएको…

Read More

झापा, १० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा छ। दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको हो। हिजो र अस्ती अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा थियो । यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४०…

Read More

महोत्तरी, १० भदौ । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरु जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउनुहुन्छ । महिला आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन् । पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका–८ का व्रतालु…

Read More

बिर्तामोड, १० भदौ । झापाको बिर्तामोड नगरपालिका–७ बिरानस्थित केशवप्रसाद चाम्लिङको ग्वालीमा विद्युत सर्ट भएर आगलागी भएको छ । आज बिहान करिब ४ः३० बजे भएको आगलागीले नजिकै रहेको चाम्लिङकै आवासीय घरमा समेत क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काठले बनेको र टिनको छानो भएको दुई तले ग्वालीमा सुरु भएको आगोले छेउमै रहेको मानिस बस्ने घरमा समेत फैलिँदा थप जोखिम बढेको थियो । आगलागी बिर्तामोड नगरपालिकाको दमकल, भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा बिहान ५ः५० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

Read More

झापा, १० भदौ । झापाको मेचीनगर नगरपालिका–९, दुर्गा मन्दिर नजिक सोमबार बेलुकी अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा एक जना घाइते भएका छन्। कञ्चन निर्माण सेवाले सडक पिच गर्ने क्रममा प्रयोग भइरहेको मे १ ख ३१३७ नम्बरको अलकत्रा ट्याङ्करमा अत्यधिक तापका कारण आगलागी भएको हो । घटनामा सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका–६ निवासी करिब ३१ वर्षीय कामदार उमेश कुमार राय घाइते भएका हुन् । अनुहार, दुवै हात र खुट्टामा जलेका उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ । आगो लागेपछि स्थानीय प्रहरी, बासिन्दा र मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा राति साढे ९ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले…

Read More

झापा, १० भदौ । आज हरितालिका अर्थात तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा विवाहित महिलालाई पारिवारिक सुख, शान्ति र कल्याण मिल्ने र अविवाहित युवतीले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयमा महिलाको घुइँचो लाग्छ। तीजको अवसरमा सरकारले आज महिलाहरुलाई बिदा दिएको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिको गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु…

Read More

झापा, १० भदौ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Read More

बनियानी, ९ भदौ । झापाको कचनकवल गाउँपालिका–७ मा एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल–७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पौडेल र तामाङले गत भदौ ५ गते साँझ ६ बजे पाथीभरा सामुदायिक वन क्षेत्रमा ती किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाई जबरजस्ती करणी गर्ने प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । भदौ ८ गते जिल्ला प्रहरी कार्यालय झापामा सूचना प्राप्त भएपछि सोही दिन दुवै अभियुक्तलाई…

Read More