
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ९ भदौ । वैदेशिक रोजगार व्यवसायी संघ झापाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । व्युटीपार्लर, ट्रेनिङ सेन्टरलगायतका क्षेत्रबाट वैदेशिक रोजगारमा युवाहरु पठाउने गरेको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो । फरक उद्देश्यले खोलिएका संस्थाहरुले वैदेशिक रोजगारको काम गरेको र ठगी बढेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले आज जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन–पत्र बुझाएको हो । व्युटिपार्लर, ट्रेनिङ सेन्टर, कन्सल्टेन्सी, ट्राभल एजेन्सी लगायतले तालिम दिने बहानामा पासपोर्ट होल्ड गर्ने र वैदेशिक रोजगारको काम गर्दा ठगीको घटना बढेको भन्दै अनुगमन, नियमन र नियन्त्रणको माग राख्दै संघले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । वैदेशिक रोजगारको काम…
झापा, ९ भदौ । झापाको भद्रपुर नगरपालिका–१० स्थित शत्र बिगेमा आफ्नै हजुरआमामाथि खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २७ वर्षीय महेश सुबेदी पक्राउ परेका छन् । गत असार १२ गते बिहान सुबेदीले एक्लै बस्दै आएकी ७२ वर्षीया हजुरआमा खिनमाया सुबेदीलाई घरमा आएर पैसा माग्दा नदिएको कारण रिसको आवेगमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए । घटनापछि फरार रहेका सुबेदीलाई खोजतलासकै क्रममा आज भदौ ९ गते साँझ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा खटिएको टोलीले शत्र बिगेबाटै पक्राउ गरेको हो । निज महेश सुबेदीविरुद्ध यसअघि नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई पक्राउ पुर्जी समेत जारी भइसकेको…
सरोज भट्टराईशिवसताक्षी, ९ भदौ । झापाको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको आगामी भदौ १४ गते हुने निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेसँगै विभिन्न पदमा बहु–उम्मेदवार मैदानमा उत्रिएका छन् । अध्यक्षका लागि प्रारम्भमा चार उम्मेदवार रहेका भए पनि धनप्रसाद लावतीले उम्मेद्वारी फिर्ता लिएपछि अब किरण ओली, मनबहादुर मगर (मणि) र मोहनबहादुर कार्की बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । ओली होटल व्यवसायी हुन् । त्यस्तै मगर किसान महासंघमा लामो समय काम गरेका व्यक्ति हुन् भने कार्की कुखुरा पालक व्यवसयी हुन् । उपाध्यक्ष पदमा ठाकुरप्रसाद ढकाल (केशव) र प्रेमध्वज जवेगुबीच प्रतिस्पर्धा…
भद्रपुर, ९ भदौ । प्रवासी तथा तिनीहरुको दम्पत्तिहरूका लागि एचआईभी रोकथाम कार्यक्रमको समन्वय बैठक सम्पन्न भएको छ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालद्वारा जिल्लामा सञ्चालित यो कार्यक्रमको आज भद्रपुर नगरपालिकाको सभाहलमा बैठक सम्पन्न भएको हो । बैठकमा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका केन्द्रीय सदस्य सञ्जीव खड्काको अध्यक्ष, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य एवम् नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाको विशेष आतिथ्य रहेको थियो । बैठकमा परियोजना संयोजक भूषण शर्माले संस्थाको परिचय, उद्देश्य, लक्ष्य, योजना र हालसम्मको प्रगतिबारे जानकारी दिनुभएको थियो । विशेषगरी भारतमा कामका लागि कम्तिमा छ महिनाका लागि जाने र फर्किएर आएर पुनः काममा जानेहरु…
भद्रपुर, ९ भदौ । झापाको भद्रपुर नगरपालिका–८ बाट प्रहरीले आइतबार राति लागुऔषध ब्राउनसुगरसहित छ जनालाई पक्राउ गरेको छ । भद्रपुर–८ स्थित खुशबाबु श्रेष्ठ घरमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा घरधनी खुशबाबुका छोरा २१ वर्षीय राज श्रेष्ठ, भद्रपुर–१० का २३ वर्षीय अलताप सेख, भद्रपुर–७ का १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, धादिङ रुवीभ्याली–५ का २४ वर्षीय गुम लामा र काठमाडौं तारकेश्वर–६ का १९ वर्षीय न्यान्जी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।…
झापा, ९ भदौ । नवलपरासी पूर्वको नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आइतबार साँझ गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरी कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। प्रहरीकाअनुसार ट्रकको ठक्करबाट मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…
झापा, ९ भदौ । हिन्दु धर्मालम्बी महिलाहरूले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । तीजको दिन ब्रत बस्ने महिलाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ । विशेषगरी, टाढा रहेका दिदी–बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन् । दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरू एकैठाउँमा भेला भएर विभिन्न मिठा परिकार दरको रुपमा खाँदै रमाइलो गर्ने चलन विगतदेखि चल्दै आएको छ । विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास हुन…
झापा, ९ भदौ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१–८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा रु तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा रु एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक…
झापा, ९ भदौ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने व्रतालु महिलाका लागि विशेष व्यवस्था मिलाइएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिरको बाहिरी क्षेत्रमा चार लाइन र भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी दर्शन प्रक्रिया सहज बनाउने तयारी गरेको छ। कोषले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्नुपर्ने असहजता हटाउन एकदेखि डेढ घण्टाभित्र दर्शन सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले तीजको तयारी लगभग पूरा भएको बताउँदै, स्वयंसेवकहरू मन्दिरको बाहिरी भागमा मात्र खटाइने जानकारी दिनुभयो। कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले मन्दिरका चारै ढोका भदौ १० गते मंगलबार बिहान ३ बजेदेखि नै खुला गरिने…
झापा, ९ भदौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय गरेर सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको हो । जसअनुसार कालोसूचीमा परेका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । सार्वजनिक निकायहरूले लेखी पठाएका विवरणका आधारमा निर्णय गरिएको कार्यालयले जनाएको छ ।