
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ भदौ । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको प्रमुख नगदे बाली अलैँचीले उत्पादनको सुरुआती सिजनमै उच्च मूल्य पाएको छ। नेपालकै सबैभन्दा ठूलो अलैँची बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले जानकारी दिए। “यो निकै राम्रो भाउ हो,” ढुङ्गानाले भने, “गत वर्ष यही सिजनमा प्रतिमन रु ४० हजारसम्ममा कारोबार भएको थियो ।” उनका अनुसार यो मूल्य विगत सात वर्षको उच्चतम हो । विसं २०७५ मा प्रतिमन रु एक लाख पाँच हजारसम्म पुगेको अलैँचीको मूल्य सोही वर्षको मङ्सिरमा रु एक लाख सात हजार पुगेको थियो। २०६७ सालमा प्रतिमन…
झापा, ३ भदौ । सामाजिक सञ्जाल टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारतसम्म पुर्याइएकी १५ वर्षीय किशोरीलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको छ। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा गरिएको प्रयासले घरबाट हराएको १८ औँ दिनमा किशोरीलाई सीमाक्षेत्रमा फेला पारिएको हो। गत साउन १२ गते कटहरिया नगरपालिका–४ निवासी सो किशोरीलाई २२ वर्षका युवकले ललाइफकाई मोटरसाइकलमा लगेर भारत पुर्याएको परिवारले जनाएको थियो। खोजतलास गर्ने क्रममा अभिभावकले सिसी टिभी फुटेज र टिकटकमा राखिएका फोटोमार्फत खोजी गरेपछि उनी पर्सा–पटेर्वा सुगौली गाउँपालिका–७, रघुनाथपुरसम्म पुगेको पत्ता लागेको थियो। तर, बालिकाको अवस्था सार्वजनिक हुने बित्तिकै मुस्लिम…
झापा, ३ भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी…
दुबई, २ भदौ । दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको दुर्लभ गुलाबी हीरा चोरीको आरोपमा तीन व्यक्तिलाई पक्राउ गरेको छ । संयुक्त अरब इमिरेट्सको आधिकारिक समाचार संस्था डब्लूएएम अनुसार, युरोपबाट गहना लिएर आएका एक हीरा व्यापारीलाई एक आपराधिक गिरोहले सम्भावित ग्राहक देखाउने बहानामा भिल्लामा लगेर हीरा हेर्ने क्रममा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुबई प्रहरीको विशेष तथा फिल्ड टोलीले नवीनतम एआई प्रविधिको प्रयोग गरी आठ घण्टाभित्रै तीनै अभियुक्तलाई नियन्त्रणमा लिएको जनाएको छ । दुबई मिडिया अफिसले सार्वजनिक गरेको भिडियो फुटेजमा गिरोहका तीनै जनालाई अस्पष्ट अनुहारसहित देखाइएको छ। दुबई हीरा व्यापारको एक प्रमुख केन्द्र मानिन्छ, जहाँ…
झापा, २ भदौ । समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो । किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ । इतिहास बिधाको लेखकको यो तेस्रो पुस्तक हो ।…
झापा, २ भदौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य पदमा सरकारले झापा मेचीनगर वडा नं. १० का महेश खनाललाई नियुक्त हुनुभएको छ । सहकारी क्षेत्रमा विकृति नियन्त्रण गर्ने र सहकारी पीडितलाई विधिवत प्रक्रियाबाट न्याय दिलाउने उद्देश्यसाथ सरकारले २०८१ मा प्राधिकरण स्थापना गरेको थियो । प्राधिकरणमा एक अध्यक्षसहित चार सदस्य रहने व्यवस्था छ । अध्यक्षमा यसअघिनै सरकारले खगराज शर्मालाई नियुक्त गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट एकजना कार्यकारी निर्देशक पदेन सदस्य रहने प्रावधान अनुरुप गुरुप्रसाद पौडेल अनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एक सहसचिव रहने प्रावधान बमोजिम मदन कोइराला पदेन सदस्य बनेका छन् । समितिमा मेचिनगरका खनालले चार्टर्ड एकाउन्टेन्टहरुको…
झापा, २ भदौ । झापाको हल्दिबारी गाउँपालिकाको कार्यालयमा विद्युत सर्टका कारण आगलागी भएको छ। आज बिहान ११ः३० बजे गाउँपालिकामा जडान गरिएको टीओडी मिटर बक्समा अचानक विद्युत सर्ट भई आगलागी भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी चौकी कञ्चनश्रीको टोली घटनास्थलमा खटिएको थियो । नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट तार र टीओडी मिटर जली नष्ट भएको जनाइएको छ।
बिर्तामोड, २ भदौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । शैक्षिक परामर्श व्यवसाय विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि अन्तराष्ट्रिय अध्ययन सम्बन्धी जानकारी, मार्गदर्शन र सेवाप्रदान गर्ने एउटा महत्वपूर्ण क्षेत्र भएको भन्दै पछिल्ला दिनमा केही भ्रामक गतिविधिहरु र गैरजिम्मेवार अभ्यासका कारण यस क्षेत्रमा प्रश्न उठ्न थालेकाले समग्र व्यवसायको विश्वसनीयता र मर्यादामा गम्भीर असर परेको इक्यान झापाले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । इक्यान झापाका अध्यक्ष रोशन सुवेदी र सचिव अशोक भण्डारीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ– हामी नेपाल शैक्षिक परामर्श…
झापा, २ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्नुभएको छ। जेलबाट रिहा भएपछि आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले देशको अवस्था परिवर्तन गर्न दल खोल्ने निर्णय सार्वजनिक गर्नुभयो। “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ,” प्रसाईंले भन्नुभयो, “देश र जनतामाथि भइरहेको लुटपाटलाई टुलुटुलु हेरेर बस्न सकिन। म र मेरो परिवारभन्दा नेपाल र नेपाली प्राथमिकतामा छन्।” प्रसाईंले राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक अधिकारको रक्षाका लागि आफू र अभियानका साथीहरू राजनीतिक दल गठन गरी सक्रिय राजनीतिमा प्रवेश गर्ने अठोटमा रहेको बताउनुभयो।
विराटनगर, २ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सङ्गठित सदस्य तथा सक्रिय कार्यकर्ता रहेको स्पष्ट पार्नुभएको छ। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले ४५ वर्षदेखि पार्टीमा सक्रिय रहँदै आएको बताउनुभयो। ‘म नेकपा एमाले नै हो। एमालेकै तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकी हुँ र अहिले पनि पार्टीको नीति तथा कार्यक्रमअनुसार काम गरिरहेकी छु’, उहाँले भन्नुभयो। केन्द्रीय कमिटीले सदस्यता नवीकरण नगर्ने निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले औपचारिक जानकारी नभएको बताउनुभयो। ‘म अहिले केन्द्रीय समितिमा छैन। पार्टीको औपचारिक निर्णयबारे सबै सदस्यलाई जानकारी नहुन सक्छ’, उहाँको भनाइ थियो। आफू आलोचनाबाट मुक्त नरहेको स्वीकार गर्दै भण्डारीले कुनै गुट नचलाएको स्पष्ट पार्नुभयो। काँग्रेस नेता डा.…