झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, १ भदौ । इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वय गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजफ भाषाका रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेला माङसेबुङले समेत लिम्बू भाषालाई आधिकारिक कामकाजीको भाषाका रूपमा प्रयोगमा ल्याउन लागेको हो ।  गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने)लाई कामकाजी भाषाका रूपमा कार्यान्वयनका लागि एक जना भाषिक सहजकर्ता (सहायक पाँचौँ तह) नियुक्त गर्ने तयारी गरिएको हो । यसका लागि आवेदन आह्वान गर्दा छ जनाले आवेदन दिएका छन् । यही भदौ ४ गते (बुधबार) छनोट परीक्षा सञ्चालन…

Read More

झापा , १ भदौ । अन्तराष्ट्रिय गुरुङ बुद्धिजम परिषद कोशी प्रदेश अन्तर्गत महिला विभाग र युवा विभागको कार्य समिति गठन गरिएको छ । महिला विभागको अध्यक्षमा शान्ती गुरुङ चयन हुनुभएको छ भने युवा विभागको अध्यक्षमा नरेश गुरुङ चयन हुनुभएको हो । यस सँगै कोशी प्रदेश समितिले पूर्णता पाएको छ । त्यस्तै गरी महिला विभागको उपाध्यक्षमा सावित्रा घले गुरुङ , महासचिवमा टंक कुमारी गुरुङ, सचिवमा दुर्गा देवि गुरुङ, कोषाध्यक्षमा टीका गुरुङ चयन गरिएको छ । महिला सदस्यहरुमा प्रमिला गुरुङ, मन माया गुरुङ, अनिता गुरुङ, पवि माया गुरुङ, मिना कुमारी गुरुङ, चन्द्र कला गुरुङ, रेखा कुमारी गुरुङ, रत्न माया गुरुङ, जमुना गुरुङ,…

Read More

सन्तोष शर्माबनियानी, १ भदौ । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिनुभयो । “शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उहाँले भन्नुभयो, “एक साताभित्रै विधिवत…

Read More

झपा, १ भदौ । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् । त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर…

Read More

झापा, १ भदौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

Read More

चितवन, १ भदौ । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

Read More

इलाम, १ भदौ । आर्थिक वर्ष २०८१–८२ मा इलाममा दुई वटा नयाँ बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । सङ्घीय सरकारको लगानीमा पुवाखोला र जोगमाई खोलामा बनेका यी पुलले स्थानीय यातायातमा सहजता ल्याएका छन् । माईजोगमाई–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोलामा ४० मिटर लम्बाइको पुल निर्माण भएको छ । जसको निर्माण लागत रु १ करोड ९१ लाख रहेको छ भने इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा ४८.६ मिटर लम्बाइको पुल १ करोड ४३ लाखको लागतमा निर्माण भएको छ । सडक डिभिजन कार्यालयका अनुसार केचना–कञ्चनजङ्गा सडकअन्तर्गत ठाडे खोलामा डबल सेल बक्स कल्भर्ट निर्माणाधीन अवस्थामा छ । रु १.८५ करोडको…

Read More

झापा, १ भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही…

Read More

झापा, ३१ साउन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारले रु ८५ अर्ब १९ करोड आम्दानी गरेको छ भने रु ४६ अर्ब ३० करोड खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आम्दानी वार्षिक लक्ष्यको ५.५६ प्रतिशत र खर्च २.३६ प्रतिशत हो । राजस्व विवरण: कर राजस्व: रु ८० अर्ब ६७ करोड (वार्षिक लक्ष्यको ६.०९%) गैरकर राजस्व: रु ३ अर्ब ७९ करोड ५० लाख (२.४६%) वैदेशिक अनुदान: रु ४२ करोड १९ लाख अन्य प्राप्ति: रु ३० करोड ८९ लाख सरकारले चालु आवमा कुल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ। यसमा…

Read More

झापा, ३१ साउन । देशका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका–३, नेमुवा–विराटनगर सडकमा को २१ प ८६९२ नम्बरको मोटरसाइकल दुर्घटनामा सवार ४२ वर्षीय कात्तिक विश्वासको उपचारका क्रममा मृत्यु भएको छ। सोही गाउँपालिकाको–२, अमाही बोक्ला टोलमा को. ३५ प ५०३३ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक ३५ वर्षीय विकास कुमार भगतको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सुनसरीको रामधुनी नगरपालिका–८, डुम्राहा स्थित सडकमा को ३८ प १६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय आनन्द सिंह खवासको मृत्यु भएको छ । दुर्घटनामा घाइते अन्य…

Read More