झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ब्युनस आयर्स, अर्जेन्टिना । अर्जेन्टिनाका विभिन्न अस्पतालमा ब्याक्टेरियाबाट सङ्क्रमित भएको फेन्टानिलको मात्रा बिरामीलाई दिँदा कम्तीमा ८७ जनाको मृत्यु भएको छ। गत मेदेखि एक अदालतले क्लेबसिएला निमोनिया र राल्स्टोनिया पिकेटी नामक ब्याक्टेरियाबाट सङ्क्रमित औषधिको प्रयोगका कारण कतिजनाको मृत्यु भएको हो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ । त्यसयता मृतकका परिवारका सदस्यले न्यायको माग गर्दै अस्पताल बाहिर प्रदर्शन गरेका छन् । अर्जेन्टिनाको औषधि नियामक निकाय अनमतले दायर गरेको उजुरीका आधारमा अनुसन्धान सुरु भएको हो । उजुरीमा सङ्क्रमित औषधिका कारण अस्पतालमा उपचार गराइरहेका बिरामीको समस्या बढेको र केहीको मृत्युसमेत हुन पुगेको अनमतका एक कर्मचारीले नाम नबताउने शर्तमा एएफपीलाई बताए। अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीश…

Read More

विराटनगर, २९ साउन । इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । साउन २८ गते साँझ विराटनगर–१३ स्थितमा शंकास्पद गतिविधि गरिरहेका भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीया रुबी खातुनलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट १ सय ८ ग्राम ब्राउन सुगर बरामद भए संगै तीनैजनालाई पक्राउ गरीएको हो । ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, २९ साउन । झापा र सुनसरीबाट साउन २८ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको प्रहरी चौकी खनारबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले इटहरी उप–महानगरपालिका–११ स्थितबाट सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ बर्षीय करण राई, इटहरी–१४ का २२ वर्षिय कोरुजित सरदार, सिरहा का २४ वर्षीय होम मुखियालाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १ हजार २ सय ६० क्याप्सुल र डीकोलिक ५ सय १० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी बिट मेचीपुल झापाको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित र…

Read More

झापा, २९ साउन । ‘बिर्तामोड राउण्ड टेबल’ विकाश अग्रवालको नेतृत्वमा गठन भएको छ । यस वर्षका लागि चयन भएको नयाँ कार्यकारिणी समितिमा रमन गोयल– उपाध्यक्ष, साहिल अग्रवाल– सचिव र सुमित पेरिवाल– कोषाध्यक्ष रहेका छन् । हालै सम्पन्न उक्त संस्थाको ८ औं वार्षिक साधारणसभाले एक वर्षे नयाँ कार्यसमिति गठन गरेको हो । बिर्तामोड राउण्ड टेबलले हालसम्म विद्यालय भवनको स्तरोन्नति, रक्तदान लगायतका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवाजन्य कार्य गर्दै आइरहेको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए । विश्वका ६० भन्दा बढी देशमा १८ देखि ४० वर्ष उमेर समूहका युवा पेशेवरहरूको गैरराजनीतिक, गैरधार्मिक र गैरनाफामूलक संस्था ‘राउण्ड टेबल इन्टरनेशनल’ले नेपालमा ‘राउण्ड टेबल नेपाल’ मार्फत विभिन्न…

Read More

बिर्तामोड, २९ साउन । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले भदौको पहिलो साता ‘तीज मिलन कार्यक्रम’ आयोजना गर्ने भएको छ । समाजको बिर्तामोड नगर समितिको बुधवार बसेको कार्यसमितिको वैठकले आगामी भदौं ५ गते बिहीवारका दिन तीज विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर समाजले तीज मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीले जानकारी दिए । नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा बिर्तामोडमा बसेको वैठकले बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा तीज मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सचिव प्रजित पुरीले जानकारी दिए । समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम…

Read More

झापा, २९ साउन । झापाको दमकमा सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराएको अभियोगमा विशेष अदालतले दुई छुट्टाछुट्टै मुद्दामा १३ जना सरकारी कर्मचारीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बुधबार फैसला सुनाएको हो । पहिलो मुद्दामा दोषी ठहर गरिएका कर्मचारीहरू:शशिकान्त झा (तत्कालीन प्रमुख नापी अधिकृत)सीताराम यादव (सर्वेक्षक)विन्देश्वर पञ्जियार (सर्वेक्षक)रामदेव मण्डल धानुक (नापी अधिकृत)विष्णुदेव यादव (सर्वेक्षक)ललितकुमार मण्डल (अमिन)रुद्रप्रसाद श्रेष्ठ (नायब सुब्बा)रामकुमार दास (सर्वेक्षक)गणेश कुमार धिमाल (सर्वेक्षक) दोस्रो मुद्दामा दोषी ठहर गरिएका कर्मचारीहरू:सीताराम यादवविन्देश्वर पञ्जियारजगदीशप्रसाद यादवगणेश कुमार…

Read More

झापा, २९ साउन । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस मागेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोहीको नाममा दर्ता गरिदिने भन्दै आचार्यले कार्यालय सहयोगी टीकाराम राउतसँग मिलेर घुस मागेको पुष्टि भएपछि विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पूर्व योजना अनुसार घुस रकम लिएको प्रमाणित भएकाले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा चलाइएको हो। आयोगले दोषी ठहर भएमा कैद सजायसहित बिगोअनुसार जरिवाना माग गरेको छ। अख्तियारले घुस रकमसहित मोबाइल डिभाइस…

Read More

झापा, २९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घट्को छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा थियो। यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी…

Read More

इलाम, २९ साउन । मनसुन थप सक्रिय भएसँगै सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर वर्षा भएको छ । कास्कीमा पनि पछिल्लो २४ घण्टामा १२४ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा १०८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा धेरै भारी वर्षा भएको विभागले जनाएको छ । अन्य नौ मापन केन्द्रमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा…

Read More

ताप्लेजुङ, २९ साउन । चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । खेलको ७७औँ मिनेटमा द यङ ब्रदर्स क्लब इटहरीका प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए । खेलको ९०औँ मिनेटमा चर्च ब्वाइजका खेलाडी सुमन श्रेष्ठले गोल गरेसँगै खेल १—१ गोलको बराबरीमा पुगेको थियो । पाँच मिनेट थप समयमा गोल नभएपछि खेल टाइबे्रकरमा पुगेको थियो । बिहीबार समूह ‘बी’ मा रहेको सिरहाले र रेडस्टार झापासँग प्रतिस्पर्धा गर्नेछ । सो समूहका विजेताले फाइनलमा चर्च…

Read More