
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ साउन । झापाको गौरादह नगरपालिका–४ जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङको सर्पदंशका कारण मृत्यु भएको छ । हिजो बिहान करिब १० बजे आफ्नै घरको भान्सा कोठाको सामान सार्ने क्रममा उनलाई सर्पले टोकेको थियो । प्रारम्भिक उपचारका लागि उनलाई नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो । अस्पतालमा डाक्टरले राति ८ः३० बजे चेकजाँच गर्दा तामाङको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धानका लागि प्रहरी चौकी महारानीझोडाबाट टोली खटिएको र मृतकको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
सन्तोष शर्मा भद्रपुर, २५ साउन । राष्ट्रिय आविष्कार केन्द्रमार्फत बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गर्ने अभियानको क्रममा हाल झापा हुनुहुन्छ । डाक्टर पुनले विज्ञान र प्रविधिलाई आत्मसाथ गरेर सामाजिक सेवामा आफू ३२ वर्षदेखि समर्पित भएको बताउनुभयो । बीरगञ्ज कृषि औजार कारखानाबाट कृषि औजार उत्पादन गरेर राष्ट्रलाई योगदान गर्ने उद्देश्यका साथ आफू लागि परेको डाक्टर पुनको भनाइ छ । कारखाना सञ्चालनका लागि ७१ वर्षीय डाक्टर पुन विगत चार सय ८३ दिनदेखि पुस्तक बिक्री अभियानमा हुनुहुन्छ । हालसम्म दुई लाख २५ हजार प्रति पुस्तक बिक्रीबाट करिब रू…
झापा, २५ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार सम्पन्न मिनी अक्सनबाट आठ फ्रेन्चाइज टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन्। अक्सनमा १६४ खेलाडीबाट छनोट गरिएको हो। उच्च मूल्यमा अनुबन्धित खेलाडीहरू ए श्रेणीका चार खेलाडीलाई जनही रु १५ लाखमा अनुबन्ध गरियो: देव खनाल (चितवन राइनोज) अर्जुन साउद (चितवन राइनोज) आदिल आलम (काठमाण्डू गोर्खाज) पवन सर्राफ (कर्णाली याक्स) यी खेलाडीहरूलाई एकभन्दा बढी टोलीले चाहेको हुँदा ‘लक्की ड्र’ मार्फत टुंगो लगाइएको हो। अन्य प्रमुख अनुबन्ध रु १० लाखमा: दिलीप नाथ, शेर मल्ल (लुम्बिनी लायन्स) हेमन्त धामी (सुदूरपश्चिम रोयल्स) सूर्य तामाङ (विराटनगर किङ्ग्स) सन्तोष यादव (काठमाण्डू गोर्खाज) युवराज खत्री (कर्णाली…
झापा, २५ साउन । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपदका घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य एक सय ९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणको विवरणअनुसार पहिरोका कुल दुई सय ८१ घटना भएका छन् । त्यसमा परेर…
सुनसरी, २५ साउन । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । केही दिनदेखिको लगातार वर्षाका…
झापा, २५ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।…
ताप्लेजुङ, २५ साउन । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा द योङ ब्रदर्श क्लब, सुनसरीले तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। ताप्लेजुङको भानु माविको खेल मैदानमा सम्पन्न खेलको २६औँ मिनेटमा आयोजक टिमका सञ्जय श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए। तर खेलको ७०औँ मिनेटमा द योङ ब्रदर्श क्लब इटहरीका नीरज खड्काले बराबरी गोल गर्दै खेललाई १–१ मा ल्याए। त्यसपछि ७४औँ मिनेटमा योगन राईले निर्णायक गोल गर्दै टिमलाई २–१ को जित दिलाए। यस जितसँगै द योङ ब्रदर्श क्लबले सोमबार भारत र काठमाडौंबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने पक्का भएको…
कैलाली, २५ साउन । कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको झडपमा मृत्यु भएको छ । दुई समूहबीच झडप हुँदा चौधरीको मृत्यु भएको हो । शुक्रबार राति भएको झडपमा अन्य २७ बन्दी घाइते भएका छन् । उनीहरुले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झापा, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे चार अर्ब फाइदा भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताउनुभएको छ । “हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आम प्रयोगमा विद्युत् भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गर्नुभएको छ ।
धरान, २५ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले…