झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कतिपय मानिसहरू फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानि पु¥याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सीधै पिउँदा शरीरलाई यस्ता अन्य असर पनि पार्न सक्छ । वजन बढाउँछ – खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ । घाँटीको संक्रमण – धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्रायः टन्सिलको…

Read More

यतिबेला छायांकनमा रहेको फिल्म ‘मिरमिरे’ माघे सङ्क्रान्तिको विदा पारेर आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्मकी मुख्य अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसरमा निर्माण पक्षले प्रदर्शन मितिबारे जानकारी गराएको हो । वितरकसँगको सल्लाहमा फिल्मलाई माघ १ गते प्रदर्शन गर्न लागिएको निर्देशक यम शेर्पाले बताए । केही दिनदेखि फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ । त्यसअघि काभ्रेपलाञ्चोकमा केही प्रतिशत छायांकन गरिएको थियो । अबको दुई सातामा फिल्मको सम्पूर्ण छायांकन सकिने जनाइएको छ । फिल्ममा सिर्जनासँगै दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहेको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्ममा माओत्से गुरुङ,…

Read More

झापा, १६ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

रूपन्देही, १६ साउन । कपिलवस्तुमा डुबेर दुई बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १० पिपरास्थित पिपरा र नगवाबीच बग्ने घोलामा पौडी खेल्ने क्रममा बिहीबार साँझ पानीमा डुबेर वाणगंगा नगरपालिका ५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षे छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षे छोरा निशान थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर सारुको कमाण्डमा गएको टोलीले दुवै जनाको शव निकालेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । गर्मीको समयमा तराईमा घरछेउका पोखरी र घोला खोलामा बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ ।

Read More

काठमाण्डौ, १६ साउन । बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । भारतीय टोली बङ्गलादेश जान अस्वीकार गरेपछि बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले साना टोलीसँग शृङ्खला खेल्ने योजना बनाएको थियो । बीसीबी क्रिकेट अपरेसन्स अध्यक्ष नजमुल अबेदिन फहीमले अरू ठूला टोली व्यस्त भएका कारण नेपाल र नेदरल्यान्ड्समध्ये एकसँग कुरा गर्न चाहेका थिए । उनले शृङ्खला लागि नेदरल्यान्ड्सलाई रोजेका हुन् । नेदरल्यान्ड्सले बङ्गलादेशले निम्तोलाई स्वीकार गरेको छ । नेदरल्यान्ड्सको टोली तीन खेलको टी–२० शृङ्खलाका लागि अगस्ट १४ मा ढाका जाने अपेक्षा गरिएको छ । बीसीबीका अनुसार खेलहरू १९ देखि २५ अगस्टसम्म सञ्चालन हुनेछन् । नेदरल्यान्ड्स र…

Read More

फिदिम, १६ साउन । श्रीमानले कोदालो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । श्रीमानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा मृत्यु भएको हो । पाँचथरको फालेलुङ गाउँपालिका–७ आहाले घर भई सदरमुकाम फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी राईलाई २७ वर्षीय श्रीमान महेन्द्र तामाङले बुधबार राति कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए। उनका अनुसार घरबाट ससुराली आएका तामाङले पारिवारिक विवादमा श्रीमतीमाथि कोदालो प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कोदालोको पासोले लाग्दा गम्भीर घाइते भएकी राईको शुक्रबार बिहान झापास्थित बिएण्डसि अस्पतालमा उपचारका क्रममा निधन भएको हो…

Read More

सरकार आज साउन १६ गते पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउँदैछ। कोदोजन्य बालीको उत्पादन तथा उत्पादकत्व बढाउन, साना किसानको आयआर्जन सुधार गर्न र खाद्य–पोषण सुरक्षाको लक्ष्यसहित दिवस मनाउन लागिएको हो। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल आयोजक समिति गठन भई ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ। सञ्जेलका अनुसार दिवस जलवायु परिवर्तन न्यूनीकरण, जैविक विविधता संरक्षण र दिगो खाद्य प्रणाली निर्माणमा योगदान पुग्ने विश्वास लिइएको छ। विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा करिब रु ७६ करोड ६३ लाख बराबरको १८,३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको छ। दिवसका अवसरमा चाँगुनारायण नगरपालिकाको ताथलीमा कोदो…

Read More

झापा, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १ ले घटाइएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु २ ले बढेको छ। निगमका अनुसार आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु ३ वृद्धि गरिएको छ। अन्तरराष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर अमेरिकी डलर २१ ले बढाइएको छ। नयाँ दरअनुसार:पेट्रोल : रु १५९ प्रतिलिटरडिजल र मट्टितेल : रु १५० प्रतिलिटरहवाई इन्धन (आन्तरिक) : रु १२८ प्रतिलिटर खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ। संशोधित मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।

Read More

झापा, १६ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्रा भने सस्तिएका छन्। अमेरिकी डलरको मूल्य विगत केही दिनदेखि निरन्तर बढ्दै आएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९…

Read More

झापा, १६ साउन । ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ पनि छन्। चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट बिहीबार राति पक्राउ परेका हुन्। उनले यसअघि २०७४ वैशाख २६ मा पनि त्यही स्थानबाट गिरफ्तारी सामना गरेका थिए। उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले ‘अवाञ्छित गतिविधि गर्ने केहीलाई नियन्त्रणमा लिएका छौँ, संख्या यकिन हुँदै छ’ भन्दै अपरेसनबारे जानकारी दिएका छन्। काठमाडौंका एसएसपी विश्व अधिकारी रातभर अपरेसनमा सक्रिय थिए। साउन १५ गते बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ ‘सानुभाइ पनि पक्राउ परेका…

Read More