
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ बैशाख । हङकङमा सम्पन्न चार देशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ । आज भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए । यस्तै, नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन भने अन्य कुनै पनि खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् । कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए । यस्तै, यासिन पटेल र नवीनराज…
इलाम, १ बैशाख । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुग्नुभएको छ । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उहाँहरू आज अपराह्न कन्याम आइपुग्नुभएको हो । परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलगायत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गर्नुभएको हो । टोलीलाई नगरपालिकाले कन्याममा स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु¥याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो । परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो ।…
झापा, ३१ चैत । झापा, सुनसरी र तेह्रथुमबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन । चैत ३१ गते झापाको बिर्तामोडस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–१ स्थितबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका–६ का २१ वर्षीय युगल दर्जी सिवालाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका–३ का २२ बर्षीय मनिष तामाङलाई ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित र इलाका प्रहरी कार्यालय लौकहीले भोक्राहा नर्सिङ गाउँपालिका–६ का एक वालकलाई १ हजार ४ सय १० चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ । सोही दिन तेह्रथुमको प्रहरी चौकी जिरिखिम्तिबाट खटिएको गस्ती टोलीले म्याङ्लुङ–८…
राजेश ढुंगानाकुरा फेरि पनि भ्रष्टाचार, अनियमितता र कुशासनमै गएर ठोक्किन्छ । मुलुकमा यी तीन कुरा र यिनको चर्चा बाहेक अर्थोक कुरा गर्नु नै बेकार छ । लोकतन्त्र प्राप्तिपछि यी तीन कुरा नभइदिएको भए यति सानो र सुन्दर देश विश्वको मानचित्रमा ‘स्वर्ग’ कहलिने थियो । तर, दुर्भाग्य… हाम्रो राजनीतिक नेतृत्वको बेइमानीका कारण यो स्वर्ण मौका गुमाएर मुलुक दशकौं पछि धकेलिएको छ । पूर्णतः असफल सिद्ध भइसकेको नेपालको राजनीतिक नेतृत्व लोकतन्त्र आएपछि फलानो–फलानो उपलब्धि भयो भनेर पो बताउन थालेको छ, यतिबेला । बेइमानीको पनि एउटा हद हुन्छ नि ! समयले ल्याएको उपलब्धि बाहेक अरू केही आएको छैन, भएको छैन । यिनीहरूले धक्कु…
झापा, ३१ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८३ असोजभित्रै हुने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री शर्माले २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो । उहाँले पार्टीभित्रको अन्तर्घात अन्त्य गरी अन्तर–विश्वासको नवीन कांग्रेस बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई आह्वान गर्नुभयो । महामन्त्री शर्माले सरकारको ध्यान सडकको प्रदर्शन भन्दा पनि राम्रो काम गर्नतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न गम्भीरता देखाउन नसकेको टिप्पणी गर्नुभयो । शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक भन्दा बढी हुन नपाउने…
झापा, ३१ चैत । हङकङमा जारी चार देशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन् । खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो । कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। आजै हङकङ र कतार पनि तेस्रो स्थानका लागि खेल्दैछन् । शनिबारको खेलमा नेपाललले टस जितेर फिल्डिङ रोजेको थियो । ९ ओभर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । ९ ओभरसम्मको खेलमा हङकङले…
भोजपुर, ३१ चैत । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
झापा, ३१ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, गण्डकी, कार्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदलीको र बाँकी भूभागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको विभागले जनाएको छ। कोशी प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का…
झापा, ३० चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ । नेकपा (एमाले) को झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरण सभालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताउनुभयो । “देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैङ्क डुबाउनेहरू, आगजनी गर्नेहरू, रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले…
कनकाई, ३० चैत । क्यानसर रोगलाई परास्त गर्न सफल झापा कनकाई–३ सुरुङ्गाकी ४० वर्षीया नमिता काफ्ले बस्नेत “मुस्कुराउछ नयाँ जिवन ” भन्ने नाराका साथ मेची महाकाली साइकल यात्रामा निस्कनु भएको छ । आज नेपालको पूर्वी सिमाना मेची पुलबाट उहाँले साइक यात्रा सुरु गर्नुभएको हो । आफैँ पनि क्यानसर साथै अन्य धेरै रोगसँग लड्दै अरुलाई समेत यो रोग सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले साइकल यात्रा सुरु गर्नुभएकी नमितालाई गृह नगर कनकाईबाट यात्रा सफलताको शुभकामनासहित बिदाई गरिएको छ । कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, वडा वडा नं. १ का अध्यक्ष सुशीलकुमार पोखरेल, वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं, वडा नं.…