
झापा, ११ असार । आज ज्येष्ठ शुक्ल पक्षको निर्जला एकादशी पर्व श्रद्धापूर्वक मनाइँदैछ। भगवान् नारायणको पूजा, गङ्गा तथा पवित्र नदीमा स्नान, उपवास र तुलसी दल अर्पण गर्ने परम्परा रहेको छ ।
शास्त्रअनुसार आज पूर्ण उपवास गरी जल वा सर्बतले भरिएको घडा दान गर्नाले श्रीहरिको विशेष कृपा प्राप्त हुन्छ। भक्तजनले अन्न, वस्त्र, गौ, जल, शय्या, आसन, कमण्डलु तथा छाता दान गर्ने चलन छ ।
तुलसीलाई देवी स्वरूप मानिने भएकाले तुलसी दल अर्पण गर्दा विष्णुको कृपा प्राप्त हुने विश्वास छ। निर्जला व्रत बस्नाले पाप क्षय, मनोकामना पूर्ति र आध्यात्मिक उन्नति हुने धार्मिक मान्यता रहेको छ ।
Facebook Comments Box


