झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चन्द्र बस्नेतकनकाई, १६ फागुन । झापाको कनकाई नगरपालिका–५ लालपानी स्थित बेनुबाजा अङ्ग्रेजी विद्यालयले आज शुक्रबार वार्षिकोत्सव मनाएको छ । विद्यालयले शुक्रबार आज विभिन्न सांस्कृतिक कार्यक्रम गरी २४ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयका अध्यक्ष प्रेमप्रसाद विमलीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल अध्यक्ष विमली तथा प्रिन्सिपल बिनोद सुब्बाले संयुक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा जोड दिनुभयो । उहाँले उत्कृष्ट विद्यार्थी उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । नगर प्रमुख पोखरेलले सरकारी शिक्षालाई उत्कृष्ट बनाउन स्थानीय सरकार लागिपरेको समेत उहाँले बताउनुएको थियो…

Read More

कचनकवल, १६ फागुन । कचनकवल अपाङ्गता संस्थाको आयोजनामा दुई दिने वकालत योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । फाल्गुन १५ र १६ गते कचनकवल–६ स्थित लक्ष्मी क्याम्पसमा सम्पन्न कार्यशाला एसएनजेडीको आयोजना तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यशालामा कचनकवल गाउँपालिकाका विभिन्न वडाका २५ जना अपाङ्गता भएका व्यक्तिहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले संस्थागत क्षमता विश्लेषण, अपाङ्गता भएका व्यक्तिहरूको समस्या पहिचान, राष्ट्रिय स्तरका ऐन, कानुन तथा प्रावधान सम्बन्धी जानकारी प्राप्त गर्नुका साथै वकालत योजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। कार्यशालामा एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडाल, कार्यक्रम अधिकृत सुरज दंगाल, र सामाजिक परिचालक हेम कुमार…

Read More

बिर्तामोड, १६ फागुन । नेपाली कांग्रेस झापाले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ÷नगर सभापतिहरुको संयुक्त बैठकले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । अभियानका क्रममा क्रियाशिल सदस्यता नवीकरण, जन आन्दोलनका घाइते, शहीद परिवारको अवस्था बुझ्दै प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुसँग अन्तरक्रिया र छलफल गरी संगठनको यथार्थ अवस्थाबारे अध्ययन गरिने बताइएको छ । फागुन २२ गतेदेखि चैत २२ गतेसम्म सञ्चालन हुने अभियानलाई सफल बनाउन पार्टीसभापतिसहित पदाधिकारीहरु क्षेत्रस्तरमा प्रतिनिधिका रुपमा खटिने निर्णय बैठकले गरेको छ…

Read More

बिर्तामोड, १६ फागुन । बिर्तामोड स्थित कृषिथोक बजारमा बिक्रीका लागि ल्याईएको २ क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट गरिएको छ । विषादी प्रयोगशालाको आज ९शुक्रबार०को रिपोर्ट अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित मियावाडीमा भारतिय नागरिक पंकजकुमार रायले उत्पादन गरेको ब्रोकाउली र काउलीमा अत्याधिक विषादी भेटिएको हो । रिपोर्ट अनुसार ब्रोकाउलीमा ९५।१४ प्रतिशत र काउलीमा ९६।५२ प्रतिशत विषादी फेला परेको हो । काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेलापरेपछि बिर्तामोड नगरपालिकाको कृषिशाखा प्रमुख राजेन्द्र कडरिया, वडा नम्बर ३का वडासदस्य हरि बाँस्कोटा, कृषि प्राविधिक, नगर प्रहरीसहितको टोलीले तरकारी बारीको अनुगमन गरेको छ । अनुगमनकाक्रममा कृषिशाखा प्रमुख कडरियाले अब…

Read More

झापा, १६ फागुन । भारतको केरेलाको मिडास कम्पनीको उत्पादित रबरद्वारा रिसोलिङ गरिएको टायरको माग बढेको छ । झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीमा अत्याधुनिक प्रविधिबाट मिडास कम्पनीको रबरद्वारा टायरको हट रिसोलिङ सेवा सुचारु भएसँगै अहिले माग बढेको जनाइएको छ । शिवशक्ति टायर रिसोलिङ उद्योगले भारतको केरेलाबाट मिडास कम्पनीको रबर नेपालमै पहिलो पटक ल्याएर हट रिसोलिङ सेवा सुचारु गरेको बताउंदै अहिले माग धान्नै गाह्रो भएको जनाएको हो । शिवशक्तिले गत महिना असोज १ गतेबाट नेपालमै पहिलो पटक झापाको बिर्तामोडमा हट रिसोलिङ सेवा शुभारम्भ गरेको सञ्चालक गौरी भण्डारीले जानकारी दिए । टायरको हट रिसोलिङ सेवाले गाडी व्यवसायीलाई फाइदा पुगेको छ । रिसोलिङ गरेको टायर…

Read More

झापा, १६ फागुन । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज उपाधिका लागि झापा–११ र भद्रपुर ब्लेजर्स फाइनल खेल खेल्दैछन् । दुवै झापाली टीम फाइनलमा पुगेका छन् । जसले जिते पनि उपाधि झापामै रहने छ । पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको थियो भने अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको थियो । बिहीबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टीमले आफ्नो जीत हुने दाबी गरेका छन् । दुवै झापाली टीम भएकाले कुन टिमलाई सपोर्ट गर्ने भन्नेमा दर्शक समेत…

Read More

मेष : कुनै कुराले मनमा शान्ति छाउनेछ। वाणीमा कुशलता आउने दिन छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। वृष : मन प्रफुल्लित रहनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। कामको सन्दर्भमा आउने प्रतिस्पर्धीलाई किनारा लगाउँदै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। मिथुन : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। मनपर्ने व्यक्तिसँग भेटघाट हुनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले पनि साथ दिनेछ। कर्कट : आयव्यय बराबर हुनेछ। बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद…

Read More

झापा, १६ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना…

Read More

झापा, १६ फागुन । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ताप्लेजुङको पाथीभरा निर्माण हुन लागेको केवलकार सम्बन्धी विवाद वार्ता र सम्वादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । झापाको शिवसताक्षीमा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गनुहुँदै नेता सिटौलाले दमनबाट समस्या समाधान नहुने भएकाले वार्ता र सम्वादका माध्यमबाट पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न आग्रह गर्नुभयो । नेता सिटौलाले गणतन्त्र अन्य गरेर राजतन्त्र ल्याउने कुरा सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो बेकारको बहसमा समय नखर्चन म आग्रह गर्छु ।’ व्यवस्था परिवर्तन हुने र आवश्यकताको आधारमा संविधान संसोधन हुने उहाँको भनाइ छ । “सबैको हित हुने व्यवस्था भनेकै लोकतान्त्रिक व्यवस्था हो”, उहाँले…

Read More

झापा, १६ फागुन । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताए । यो…

Read More