
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २७ माघ । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँमा आधा दर्जन भन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । विदेशमा काम गरेर कमाएको पैसा अनउत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृत्ति बढ्न थाले पनि सरकारले नेपालमा हाल व्यवस्था रहेका सहुलियत ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाएको हो । विदेशबाट फर्किएका युवाका लागि हाल नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा र भूकम्पपीडितहरुको…
काठमाडौँ, २७ माघ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिनुभयो । यसरी एसएसपी बढुवा सिफारिश भएकामा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम…
वालिङ, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपाललाई सर्वधर्मसापेक्ष पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाले आयोजना गरेको विराट धर्मसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले नेपालको पहिचानका रुपमा हिन्दू राष्ट्र रहेको उल्लेख गर्दै पहिचानको रक्षाका लागि नेपालका ७७ वटै जिल्लामा हिन्दुत्व जनजागरणसभा सञ्चालन गर्ने बताउनुभयो । राप्रपाले कुनै पनि धर्मको विरोधी नभई सबै धर्मलाई समानरुपमा अगाडि बढाउन चाहेको बताउँदै बहुसङ्ख्यक नेपाली जनताको भावनाको कदर हुने गरी अगाडि बढ्नुुपर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो । “देशमा शृङ्खलाबद्धरुपमा धर्म परिवर्तनको लहर चलेको छ,” अध्यक्ष थापाले भन्नुभयो, “धर्म परिवर्तनलाई…
सुर्खेत, २७ माघ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादु्र शाहीले कलाकार र खेलाडीले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान दिलाएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘सप्तरङ्ग–सात प्रदेश, सात हामी’ सांस्कृतिक अभियान कार्यक्रममा मुख्यमन्त्री शाहीले कलाकार र खेलाडीले मुलुकको शिर उँचो राखेको बताउनुभयो । अन्य प्रदेशका तुलनामा कर्णालीका नागरिकको आर्थिक, सामाजिक अवस्था कमजोर भएको भन्दै उहाँले यो प्रदेशलाई माथि उठाउन सबैको हातेमालोको आवश्यकता रहेको बताउनुभयो । उक्त कार्यक्रममा तेक्वान्दोमा ओलम्पिक स्वर्ण पदक विजेता दीपक विष्टलाई सम्मान गरिएको थियो । ‘सप्तरङ्ग–सात प्रदेश, सात हामी’ सांस्कृतिक अभियानका अध्यक्ष योगेन्द्र घिमिरेले सद्भाव र ऐक्यबद्धताका लागि सातै प्रदेशमा सप्तरङ्गको अभियानलाई जोडेर लैजाने बताउनुभयो । मुख्यमन्त्री…
मोरङ, २७ माघ। मोरङको सुन्दर–हरैचा नगरपालिका–४ हबेली टोलमा शनिवार खाना सर्किएर १ जनाको मृत्यु भएको छ । खाना सर्किएर सोही स्थान बस्ने ५३ बर्षकी छायादेवी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । विहान साढे ९ बजे खाना खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा विहान ११ः५५ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
धादिङ, २७ माघ । लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडाँै ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई…
उर्लाबारी, २७ माघ । मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मिर्गौलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि शनिबार रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ । सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा बस्दै आउनुभएकी मनु लिम्बूको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट सङ्कलन गरेर पठाएको सो रकम उर्लाबारी–३ का वडा सदस्य भिष्म बुढाथोकीले बालिकाकी आमा शुकमायालाई हस्तान्तरण गर्नुभएको थियो । तीन महीनादेखि मिर्गौला रोगबाट पीडित बालिकाको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सनसाइन अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत रेश्माको चार महीनाअघि खुट्टा सुनिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गराउँदा दुवै मिर्गौला खराब भएको पुष्टि भएको…
भद्रपुर, २७ माघ । श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक स्वर्ण महोत्सव शनिबारदेखि यहाँ शुरु भएको छ । पचास वर्षअघि श्री १०८ मङ्गलदासले झापा आएर धुलावारी, चन्द्रगढी, बुधबारे र शनिश्चरेमा चार मन्दिर स्थापना गर्नुभएको थियो । श्री कृष्णप्रणामी धर्मावलम्बीले अपार श्रद्धा गर्ने मङ्गलदास महाराज झापा आएको र मन्दिर स्थापना भएको ५० वर्ष पुगेको अवसरमा धुलाबारीको मन्दिरले स्वर्ण महोत्सव मनाएको हो । उद्घाटन समारोह शुरु हुनुअघि धुलाबारी बजारमा रथ परिक्रममासहित शोभायात्रा गरिएको थियो । प्रणामी धर्मबाहेक अन्य धर्मावलम्बीसमेत शोभायात्रामा आ–आफ्ना ब्यानरसहित उपस्थित भएका थिए । श्री कृष्णप्रणामी धर्मको सर्वोत्तम ग्रन्थ तारतम्सागर पारायणको प्रारम्भ गर्दै…
विराटनगर, २६ माघ । राष्ट्रिय प्रतिभा पाँच जना पुरस्कृत एवं सम्मानित हुनुभएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा उहाँहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो । भाषा साहित्य, पत्रकारिता, समाजेवा तथा संस्कृति जर्गेनामा महत्वपूर्ण योगदान दिने महानुभावलाई वर्षेनी पुरुस्कृत एवं सम्मान गर्दै आएको आएको छ । पुरस्कृत एवं सम्मानित हुनेमा रु एक लाख एक हजारको राशिबाट साहित्यकार प्रा डा कपिलदेव लामिछाने हुनुहुन्छ । त्यस्तै जनही रु ५१ हजारको राशिबाट पुरस्कृत एवं सम्मानित हुनेमा संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडा, पत्रकार युवराज घिमिरे, ललितकलाकर्मी श्रीमती मिथिला शर्मा बोहरा र समाजसेवी रमेशप्रसाद नेपाल छन् ।…
राजाराम कार्की काठमाडौैँ, २६ माघ । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्नसक्ने प्रावधान “भूउपयोग ऐन, २०७५” को मस्यौदामा उल्लेख छ । सरकारले “भूउपयोग ऐन, २०७५” संसद्मा दर्ता गरेको छ । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई जरिवाना लगाउने प्रावधानसहित नेपालमा पहिलोपटक यस्तो ऐन संसद्मा दर्ता भएको हो । सो ऐन पारित भएपछि खेतीयोग्य भूमि बाँझो राख्ने जो कोही व्यक्ति कानूनको कठघरामा पुग्नेछन् । सरकार गठन भएको झण्डै एक वर्षपछि…