झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चितवन, १६ फागुन । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।

Read More

काठमाडौँ, १६ फागुन । नेपालले मानवअधिकार संरक्षण एवम् प्रवद्र्धनप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट विमुख नभएको स्पष्ट गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग बुधबार जेनेभामा भएको भेटवार्तामा मानवाधिकार रक्षामा नेपाल दृढ रहेको बताउनुभएको हो । सफलतापूर्वक टुङ्गिएको नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक रुपान्तरण र त्यसपछिका कानूनी प्रक्रिया, समावेशी विकासबारे भेटवार्तामा मन्त्री ज्ञवालीले जानकारी गराउनुभएको संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ । द्वन्द्वपीडितका चासोको सम्बोधन, सत्य निरुपण तथा मेलमिलापसम्बन्धी बाँकी विषय, सर्वोच्च अदालतको आदेश, मेलमिलापसहित द्वन्द्व पीडितलाई समाजमा पुनःस्थापना गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उहाँले बताउनुभयो । बुधबार नै परराष्ट्रमन्त्री ज्ञवालीले कोष्टारिकाका प्रथम उपराष्ट्रपति र…

Read More

दमक, १६ फागुन । झापाको दमकमा हिंसा पीडित महिलाका लागि सुरक्षागृह सञ्चालनमा ल्याएको छ । दमक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय संस्था ९युएनएचसीआर० र ग्रामीण तथा शहरी विकास नेपाल ९रुढ० को सहकार्यमा दमक–३ मा उक्त सुरक्षागृह सञ्चालनमा ल्याएको हो । लैङ्गिक विभेदमा आधारित हिंसा पीडित, प्रभावित महिला तथा बालबालिकालाई तत्काल सुरक्षा दिने उद्देश्यले सुरक्षा केन्द्र ९सेफ हाउस० सञ्चालनमा ल्याइएको रुढकी अध्यक्ष वसन्तीलक्ष्मी उदासले बताउनुभयो । उहाँले केही आधारभूत आवश्यकतासमेत नपाएका महिलालाई परिवारमा पुनःस्थापना नहुञ्जेलसम्म संरक्षण गर्नका लागि सो सुरक्षागृह सञ्चालनमा ल्याइएको बताउनुभयो । त्यसका लागि हाल व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको र त्यस्ता प्रभावितलाई इलाका प्रशासन कार्यालय, न्यायिक समितिको सिफारिसका आधारमा आवासीय…

Read More

कास्की, १६ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिनुभयो । सरकारले स्व अधिकारीकोे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय हिजो नै गरिसकेको छ । नेता गुरुङका अनुसार अधिकारीको अन्त्येष्टिमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, दलका नेतालगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहनेछ । नेकपा प्रदेश कार्यालयको आयोजनामा आज बिहान शान्तिवनवाटिकास्थित जिल्ला पार्टी कार्यालयमा…

Read More

लक्ष्मीप्रसाद सापकोटा पर्वत, १६ फागुन । आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो । विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक बालिका र १२ वर्षीया एक बालिका गरी चार बालिकालाई विद्यालयमा यौन हिंसा गरेको आरोपमा गत साउन ६ गते प्रधानाध्यापक ५० वर्षीय पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो । छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत…

Read More

सुकेटार, १६ फागुन । नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँतर्फ उडेको छ । दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार र आज बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौँतर्फ उडेको हाम्रा समाचारदाता नारायण ढुङ्गानाले जनाएका छन् ।

Read More

बलिउडका नायक टाइगर श्राफ र आलिया भट्ट नायिका एकसाथ पर्दामा देखिने भएका छन् । उनीहरुले चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’मा एकसाथ काम गर्न लागेका हुन् । उनीहरुले चलचित्रको एक विशेष गीतमा स्कृन साझेदारी गर्दैछन् । बलिउड मिडियाका अनुसार आलिया चलचित्रको सानो भूमिका र गीतमा देखिने छिन् । आलिया र टाइगरको गीत भने आगमी साता खिचिने बताइएको छ । अहिले टिम गीतको छायांकनका लागि पूर्व तयारी गरिरहेको छ । गीतको छायांकनका लागि सुबुरबन स्टुडियोमा भब्य सेट तयार गरिएको छ । उक्त गीतको भिडियोलाई फराह खानले करियोग्राफी गर्नेछन् । ‘स्टुडेन्ट अफ दि इयर’मा मुख्य भूमिका निर्वाह गरेका नायकद्धय वरुण धवन र…

Read More

वासुदेव पौडेल\हरि बाँस्तोला पोखरा, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उहाँको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो । जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा २१ स्थित भविष्य निर्माण माविको ६६ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा विद्यालयमा पुग्नुभएको थियो । मन्त्री अधिकारीले आफ्नो व्यस्तताका बाबजुत पनि समय दिएसँगै हर्षित बनेको विद्यालय परिवार यतिखेर भने शोकमा छ । चार दिन अघि माविमा उहाँले गरेको अन्तिम सम्बोधन यतिखेर विद्यालय परिवारसहित सो क्षेत्रका स्थानीयवासीले झलझली…

Read More

काठमाडौँ, १६ फागुन । पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले मुलुकभर वर्षा र हिमपात भएको छ । मौसम पूर्वामानुमान महाशाखाका अनुसार गत रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । यद्यपिमध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन मौसममा सामान्य बदली रहने महाशाखाका वरिष्ठ मौसमविद् सुदन सुवेदीले जानकारी दिनुभयो । गएको २४ घण्टामा जुम्लामा सबैभन्दा बढी ३० मिलीलिटर वर्षा भएको थियो भने काठमाडौँमा २९ मिलिलिटर वर्षा भएको विभागको तथ्याङ्क छ । काठमाडौँ उपत्यकाको वरपर आज बिहान हिमपात भएकाले यहाँ चिसो बढेको उहाँले बताउनुभयो । गत २४ घण्टामा काठमाडौँको…

Read More

पोखरा, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिनुभयो । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएको हो । स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका…

Read More