
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दोलखा, ११ फागुन । प्रदेशन नं ३ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडाँैले हात पारेको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ को राष्ट्रिय महिला भलिबल टिम छनोटका लागि भएको फाइनल खेलमा काठमाडौँले चितवनलाई २५–१०, २५–१७ र २५–१९को सोझो सेटमा हराउँदै जित हात पारेको हो । बुधबारबाट शुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । काठमाडाँैकी प्रतिभा माली खेलकै सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा ललितपुरलाई रामेछापले २१–२५, २५–१४ र २५–१९ को सेटमा हराएको छ । रामेछापकी प्रेममाया लामा सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । प्रदेश खेलकूद परिषद् प्रदेश नं ३ को आयोजनामा भएको सो…
विराटनगर, ११ फागुन । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ९चन्द०सँग वार्ता गर्नुपर्नेमा जोड दिनुभएको हो । विगतका घटनाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहनेछ भन्नुभयो । उहाँले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो…
चर्चित फेसन डिजाइनर कार्ल लेगरफेल्डको निधनपछि उनकी बिरालो चौपेट १९.५ करोड डलर (२२ अर्ब रुपैयाँ) को मालिक्निी बन्नेछिन् । फ्रान्सको मिडिया रिपोर्टका अनुसार लेगरफेल्डले आफ्नो बिरालोलाई उत्तराधिकारी घोषित गरेका थिए त्यसकारण उनको सम्पत्ति चौपेटले पाउने भएकी छिन् । लेगरफिल्डको सम्पत्ति पाएपछि चौपेट संसारको सबैभन्दा धनी बिरालो बन्नेछिन् । अहिले ब्रिटेनकी ब्ल्याक संसारको सबैभन्दा धनी बिरालो हुन् । ब्ल्याकले सन् १९८८ मा आफ्नो मालिकको ९१।५ लाख डलरको सम्पत्ति पाएकी थिइन् । चौपट आफ्नो विलासी जीवनशैलीका लागि पनि परिचित छिन् । लेगरफेल्डले चौपेटको रेखदेखको लागि विशेष कर्मचारी नै राखेका थिए । चौपेट सोसल मिडियामा पनि चर्चित छिन् । इन्स्टाग्राममा उनको २।५४ लाख…
काठमाडौँ, ११ फागुन । गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताउनुभएको छ । बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको भँैसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर आज उहाँले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गर्नुभयो । सो अवसरमा गृहमन्त्री थापाले विस्फोटको घटना निकै दुखद् भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विस्फोटका घटना देशव्यापी रुपमा घटाइएको छ, दोषीलाई कानूनको कठघरामा ल्याउँछौँ, आपराधिक घटना नियन्त्रणमा सरकारले कठोर कदम उठाउँछ ।” विस्फोटमा परी मृत्यु भएका व्यक्तिप्रति समवेदना प्रकट गर्दै उहाँले मृतकका परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति…
रुपन्देही, ११ फागुन । यहाँ दोस्रो बुटवल लुम्बिनी खुला लन टेनिस प्रतियोगिता आजदेखि शुरु भएको छ । रुपन्देही लन टेनिस सङ्घ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो । प्रतियोगितामा विभिन्न आठ विधामा चार महिलासहित ७४ जना खेलाडीको सहभागिता छ । प्रतियोगिताको पुरुष एकल तर्फको विजेताले कपसहित रु ५० हजार तथा उपविजेताले रु २५ हजारसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी महिला एकल तर्फको उपाधि विजेताले रु ५० हजार र उपविजेताले रु २५ हजारबाट पुरस्कृत गरिने टेनिस सङ्घका अध्यक्ष अशोक गुरुङले बताउनुभयो । यसैगरि ३५ वर्ष…
क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ आज हङकङबाट वल्ड प्रिमियर शो हुँदैछ। ‘हेल्प फर ह्युमानिटी’ भन्ने मूल नाराका साथ हङकङमा यो प्रदर्शन गर्न लागिएको हो। प्रदर्शनपछि जम्मा भएको केही रकम सामाजिक कार्यका लागि सहयोग गरिने हङकङ प्रदर्शन आयोजक एचकेट्युव नेपालका संयोजक अनोज रोक्काले जानकारी दिएका छन्। आज (२३ फेब्रुअरी) हङकङको याउमा तेइ स्थित कम्युनिटी हलमा बेलुका ६ः३० बजे चलचित्र ‘पुरानो बुलेट’ प्रदर्शन हुँदैछ। चलचित्र प्रदर्शन गर्ने जिम्मा अनोजका अलवा, विजय लिम्बु, मज्जाको राई, सरु राई र सुनिता आङदेम्बेले लिएका हुन्। चैत्र १ गतेदेखि अलनेपाल प्रदर्शनमा आउन लागेको यस चलचित्र नेपालमा लागिसकेपछि अन्य देशहरुमा पनि प्रदर्शन…
दुल्लु, ११ फागुन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक परिवर्तनपछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको बताउनुभएको छ पार्टीको एक महीने अभियानका क्रममा दैलेख सदरमुकाममा भएको सुशासन र सदाचार अन्तरक्रिया कार्यक्रममा उहाँले अख्तियार आयोगको जस्तै संस्थागत सुधार गर्न नसके सुशासन र सदाचार हुन नसक्ने टिप्पणी गर्नुभयो । बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि देश विकासको स्थिति यस्तै रहनसक्ने खतरा औँल्याउँदै उहाँले विज्ञान र प्रविधिले पुरातन विश्वास भत्काएका कारण आशा जगाएको बताउनुभयो । सोही अवसरमा जिल्लास्थित राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, नागरिक समाज र सर्वसाधारणले सशस्त्र युद्धकालमा भएको मानवीय तथा भौतिक क्षतिको दोषबाट नयाँ शक्ति उम्कन नहुने, पीडितको…
भारत, ११ फागुन । भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ । “मदीरा सेवन गरी विरामी परेका गाउँलेलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन,” विरामीको उपचारमा सम्लग्न जोर्हात मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सक गणेश बोहराले बताउनुभयो । “उनीहरूको मदीरा सेवन गरेको केही घण्टाभित्रै…
पाल्पा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले परम्परागत शिक्षाको युग अन्त्य भएकाले वर्तमान शिक्षा प्रणाली आधुनिक र प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ । पाल्पा जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–४ स्थित भैरव नवदीप माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सवमा नेता पाण्डेयले दक्ष जनशक्ति उत्पादन गरी समृद्ध नेपाल निर्माण गर्ने सपना पूरा गर्न प्राविधिक शिक्षाको खाँचो रहेकोे बताउनुभयो । प्राविधिक शिक्षाबिना देशमा दक्ष जनशक्ति उत्पादन हुन नसक्दा युवा पुस्ता विदेशिन बाध्य बनेको बताउँदै उहाँले दक्ष जनशक्ति तयार गर्न प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो । शिक्षाको गुणस्तर उच्च र नमूनायोग्य बनाउन विद्यालयले व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा नेता पाण्डेयको जोड…
काठमाडौँ, ११ फागुन । बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । आज बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा४ख ८४०७ नंको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा५५प २९९ नंको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो । लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते न्यौपानेको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलकबहादुर थापामगरले जानकारी दिनुभयो । नेपाल मोडल माध्यामिक विद्यालय बसुन्धराका अध्यक्षसमेत रहनुभएका मृतक न्यौपानेले साउथ वेस्र्टन कलेज बसुन्धरामा भौतिक विज्ञान तथा गणित विषयमा लामो समयदेखि शिक्षण गर्दै आउनुभएको थियो । दुर्घटना गराउने…