झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमौली, २९ माघ । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिनुभयो । नवलपुरमा कारागार नभएकाले चितवन…

Read More

झापा, २९ माघ । झापासहित देशभर चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । केही दिन अघि मात्र झापा कारागारमा क्षयरोगबाट पीडित एक युवकको मृत्यु भएको थियो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताउनुभयो । “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो”, उहाँले भन्नुभयो । सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार…

Read More

सुनसरी, २९ माघ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माङहिङ टोलमा सोमबार साँझ छुरा प्रहारबाट १ महिलाको मृत्यु भएको छ । छुरा प्रहारबाट सोही स्थान बस्ने दिलु लिम्बुको घरमा डेरा गरी बस्ने वर्ष ३२ की सोनिया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । राईलाई सोलुखुम्बु देउसा–५ घर भई हाल सोही कोठामा बसेर मजदुरी गर्दै आइरहेका वर्ष ३६ को लालबहादुर राईले छुरा प्रहार गरी हत्या गरेका भन्ने जानकारी पाउनासाथ तत्काल खटिएको प्रहरी टोलीले निज लालबहादुर राईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

इलाम, २९ माघ । इलामको चुलाचुली गाउँपालिका–५ सिंधुवा खोलाबाट आज बिहान ८० क्युफि सखुवाको काठसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरी चौकी पेल्टीमारी र सबडिभिजन वन कार्यालय चुलाचुलीबाट खटिएको संयुक्त टोलीले अवैध रुपमा साइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा इलाम माङ्सेबुङ गाउँपालिका–४ का १९ वर्षीय सबिन लिम्बु, २१ वर्षीय राजकुमार पाल, १३ वर्षीय सगुन लिम्बु र १५ वर्षीय सुभित राईलाई नियन्त्रणमा लिइएको हो । काठसहित ओसारपसारमा प्रयोग भएको २० थान साइकल समेत बरामद गरिएको छ । बरामद काठसहित चारै जनालाई आवश्यक कानूनी कारवाहीको लागि सबडिभिजन वन कार्यालय चुलाचुली पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Read More

बनियानी, २९ माघ । गृहमन्त्री रामबहादुर थापा (बादल) झापा आउनुहुने भएको छ । भोलि फागुन १ गते (बुधबार) २४ औँ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यसमेत रहनुभएका थापा झापा आउन लाग्नुभएको हो । जनयुद्ध दिवसको अवसरमा झापाको बिर्तामोडस्थित पार्टी कार्यालय आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन गृहमन्त्री थापा आउन लाग्नुभएको हो । गृहमन्त्री बनेपछि उहाँ पहिलो पटक झापा आउन लाग्नुभएको हो । कार्यक्रममा नेकपाका बौद्धिक नेता राम कार्की (पार्थ), नेकपा १ नम्बर प्रदेश अध्यक्ष देवराज लगायातका शीर्ष नेताले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तत्कालीन माओवादीले २०५२ फागुन १ गतेदेखि शुरु गरेको जनयुद्ध ऐतिहासिक दिनको अवसरमा पारेर…

Read More

काठमाडौँ, २९ माघ । काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा। नूतन शर्माको क्लिनिकमा पुग्नुभएकी ती महिलालाई उहाँको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ । महिनावारी बन्द भएपछि बच्चा जन्माउनु निकै ठूलो…

Read More

काठमाडौं, २९ माघ । सरकारले रोजगारका क्रममा पुगेका श्रकिमलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ । वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ । विभागका महानिर्देशक दिलीप चापागाईले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए । कालोसूचीमा पर्नेमा सबभन्दा बढी मलेसियाका रोजगारदाता छन् । विभागले मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सका ६, साउदी अरेबियाका पाँच र कतारका चार रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कालोसूचीमा परेका रोजगारदाताले श्रकिमलाई सम्झौता अनुसार सेवा, सुविधा नदिई समस्यामा पारेको तथ्य फेला परेको विभागले जनाएको छ । आजको…

Read More

काठमाडौं, २९ माघ । सरकारले सबै नागरिकलाई रोजगारीको सुनिश्चित गर्दै बेरोजगार बस्नु परे निर्वाह भत्तासहितको सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गर्दै सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तिमा १०० दिनको न्यूनतम रोजगारीको सुनिश्चितता गर्दै बेरोजगार भए निर्वाह भत्ताको व्यवस्था गरेको हो । निर्देशिका अनुसार तोकिएको क्षेत्रमा रोजगारी नपाउने परिवारका कुनै पनि सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा प्रदान गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने भएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना…

Read More

वीरगञ्ज, २९ माघ । भरतीय रेल्वे लिकमा शव भेटिएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएका पर्सा प्रहरीले वीरगञ्ज रानीघाटमा ती छात्रा बस्ने कोठा फोरेर खानतलासी गर्दा सुसाइड नोट पाएको हो । प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘भित्र पस्नासाथ देखिने गरी सुसाइड नोट राखिएको थियो ।’ पर्साको कालिमाई गाउँपालिका–२ भेडिआरीकी निभा कुमारी र सोही गाउँपालिका –३ हरिहरपुरकी किरण चौरासियाको शव आइतबार बिहान सीमावर्ती रक्सौल–सुगौली खण्डको कनमा ढाला नजिकै क्षतविक्षत अवस्थामा फेला परेको थियो । एक जनाको घाँटी र अर्कोको दुवै घुँडा माथिको भाग छिनेको थियो । रातो मसीले लेखिएको सुसाइड नोटमाथि…

Read More

काठमाडौं, २९ माघ । मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरुले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ । ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनका उनीहरुले सेटिङ गर्ने गरेको पनि अनुसन्धानबाट खेलेको छ । उनीहरुकाले टर्कीबाट केही इरानीलाई दुबई हुँदै त केहीलाई मलेसिया हुँदै काठमाडौं ल्याउने गरेका छन् । उनीहरुकै सेटिङमा इरानीहरु जाली राहदानीमा काठमाडौं आउने पत्ता लागेको हो । गृहले सन् २०१८ भरि जाली राहदानीमा नेपाल भित्रिएका १५…

Read More