
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २९ माघ । तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ? अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु) पो गरेको छ कि ? त्यसो हो भने, सचेत हुनुहोस है । किनकि, भदौदेखि लागू भएको फौजदारी अपराध संहितालाई टेकेर प्रहरीले राजधानीमा आत्महत्या गर्न दुरुत्साह गरेको आरोपमा तीन जनालाई कर्तव्य ज्यान मुद्दा चलाएको छ । यसअघि आत्महत्याका घटनामा प्रहरीले शव पोस्टमार्टम गरी सम्बन्धित व्यक्तिका परिवारलाई बुझाउँदै आएको थियो । कमै मात्र घटनामा शंकास्पद रुपमा हेरेर अनुसन्धान गर्ने प्रहरीले अहिले भने आत्महत्या गर्ने व्यक्तिको परिवारबाट उजुरी आए विस्तृत…
खस्यौली, २८ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले आज बुटवलमा गरेको साधारणसभामा उहाँले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो भन्नुभयो । मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताउनुभयो । “श्रमजीवी पत्रकार ऐन श्रमजीवीप्रतिको सम्मान हो”, उहाँले भन्नुभयो । वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारले काम गरेको छैन भनेर अफवाह नफैलाउन आग्रह गर्नुभयो । उहाँले सरकार नागरिकका पक्षमा रहेकाले प्रणालीलाई विधिअनुसार लैजान खोज्दा ढिलाइ भएको उल्लेख…
काठमाडौँ, २८ माघ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गर्नुभएको छ । सङ्घको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजिनामा दिनुभएको हो । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो । यस अघि काङ्ग्रेस केन्द्रीय…
चिप्लेढुङ्गा, २८ माघ । महिला हिंसा विरुद्ध आत्मरक्षा खेलकुद कार्यक्रम आगामी फागुन १ गते देखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका प्रशिक्षक डा नमरजङ गुरुङले जानकारी दिनुभयो । हिंसा न्यूनीकरणका लागि महिलाको आत्मविश्वास बढाउन खेलकुदसँग जोडेर कार्यक्रम गर्न लागिएको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगन गुरुङले बताउनुभयो । उहाँका अनुसार १३ वर्षभन्दा माथिका छात्रा एवं महिलालाई लक्ष्य गरी प्रदान गरिने सो आत्मरक्षा प्रशिक्षणमा दक्षिण…
भद्रपुर,२८ माघ । वैकल्पिक रोजगारको व्यवस्था नगरी स्वरोजगारका रूपमा रहेको घरेलु मदिरा उद्योगमाथि नियन्त्रण अभियान चलाएको झापा प्रशासन बिरूद्ध हल्दिावारीका आदिवासी जनजाति समुदायले ज्ञापनपत्र बुझाएका छन् । घरेलु मदिरा नियन्त्रण अभियानले जातीय संस्कृति तथा परम्परामाथि प्रहार भएको, निम्न वर्गका नागरिकले रोजीरोटी गुमाउने अवस्था आएको भन्दै अभियान रोक्न माग राखी घरेलु मदिरा व्यवस्थापन संघर्ष समितिका अध्यक्ष झमवीर नेम्बाङ्गको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन, आन्तरिक राजश्व कार्यालय र जिल्ला समन्वय समिति झापामा ज्ञापनपत्र बुझाएको हो । हल्दिवारी गाउँपालिका क्षेत्रमा घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा संलग्न ६ सय बढी व्यक्तिहरूको सहभागिता रहेको थियो । मेचे, राई, लिम्बू, मगर, तामाङ, गुरुङ लगायतका समुदायले…
भद्रपुर, २८ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजनामा एक दिने खाद्य गुणस्तर सम्बन्धी प्रशिक्षण कार्याक्रम चन्द्रगढीमा सम्पन्न गरिएको छ । भद्रपुर १० नम्वर वडा कार्यालयको समन्वयमा वडा स्तरीय समिति निर्माण तथा खाद्य सचेतीकरण प्रशिक्षण सम्पन्न गरिएको हो । डिभिजनका प्रमुख भरतबहादुर पुरीको अध्यक्ष्याता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल, भद्रपुर १० का अध्यक्ष टेकबहादुर खड्का काजी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सावित्रा दाहालले सञ्चालन गरेको कार्यक्रममा डिभिजन प्रमुख गिरी, पशुपन्छी विकास कार्यलयका प्रमुख डा. पशुपति ढुंगानाले खाद्य प्रविधि सम्बन्धी प्रशिक्षण दिएका थिए ।
मोरङ, २८ माघ । मोरङको सुनवर्षी नगरपालिका–१ गिरदलियाबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने ५५ वर्षका रेसुवा मियाँलाई पक्राउ गरेको हो । मियाँको घरमा खानतलासी गर्ने क्रममा ग्वाली घरमा लुकाई छिपाई राखेको ESKUF–८ बोतल र स्पास्मोप्रोक्सिभोन ट्याब्लेट–८० चक्की फेला परेको थियो । लागूऔषध सहित मियाँलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङ, २८ माघ । मोरङको लेटाङ नगरपालिका–५ खेरुवाबाट प्रहरीले आइतवार साँझ जवरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले करणीको आरोपमा सोही स्थान बस्ने ४१ वर्षका राजन कार्कीलाई पक्राउ गरेको हो । कार्कीले माघ २५ गते १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भन्ने बालिकाको आफन्तले दिएको जाहेरीको आधारमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखि थप अनुसन्धान भईरहेको छ ।
ताप्लेजुङ, २८ माघ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ सिमल बोटमा गए राती आँफूले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएका छन् । राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद भई सोही स्थानका २२ वर्षका बिश्व सेङदान, १७ वर्षका सरोज सेङदान र १९ वर्षका मिखे तामाङलगाएत ४– ५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना आएका फुङलिङ नगरपालिका–८ दोखुका ३८ बर्षीय कर्ण बहादुर सुनुवार, ३० पर्षका पेम्बा शेर्पा र ३२ वर्षका पासाङ शेर्पा घाइते भएका हुन् । धारिलो हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागि घाईते…
शरद शर्मा काठमाडौँ, २८ माघ । सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि, (नमुना) २०७५’ ल्याएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई नै नदीनाला, सडक चोक सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा दिने गरी कार्यविधि ल्याइएको मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो । कार्यविधि आइसकेपछि ७५३ वटै स्थानीय तहले आफ्ना क्षेत्रभित्र सरसफाइ अभियान सञ्चालन गर्नुपर्नेछ । उहाँले कार्यविधिमा स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्रका नदी, ढल, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको सरसफाइदेखि जैविक विविधताको संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्ने बताउनुभयो । कार्यविधिमा स्थानीय तहका प्रमुख रहेको एक समिति गठन गरी…