झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे÷नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई…

Read More

चितवन, ९ फागुन । नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ । कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न÷नगराउनसमेत पार्टीले विज्ञप्तिमार्फत जनाएको छ । यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ । आउँदा दिनमा यस्ता घटना नदोहो¥याउनसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ । उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश…

Read More

कञ्चनपुर, ९ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए । बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको…

Read More

झापा, ९ फाल्गुन। झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले बुधवार र बिहीवार अवैध मरिच र सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो मरिच र ४० किलो सुपारी बरामद गरेको हो । बरामद बरामद गरिएको उक्त मरिच र सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

Read More

बिराटनगर, ८ फाल्गुन । टिपर चालकहरुलाई नियमन गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रमको शुरुवात गरेको छ । आज बिहान ईलाका प्रहरी कार्यालय निमुवाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी उक्त अभियानको थालनी गरिएको हो । टिपरका कारण सडक दुर्घटना बढेको जन गुनासाहरु आउन थालेपछी टिपर चालकहरुलाई नियमन गर्नका लागि उक्त अभियानको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन गर्न ईलाका प्रहरी कार्यालय नेमुवामा ट्राफिक प्रहरी सहितको छुट्टै युनिट खडा गरि परिचालित गरिने र ट्राफिक प्रहरीले चालक योग्य भए…

Read More

काठमाडौँ, ८ फागुन । नेपाल आर्मीले शङ्करदेव कप खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आज जितेको छ । पुतलीसडकस्थित शङ्करदेव क्याम्पसमा भएको फाइनलमा आर्मीले बूढानीलकण्ठलाई ६८–६० ले पराजित ग¥यो । आर्मीका आशिष बस्नेतले १८ अङ्क जोडे । उपाधिसँगै आर्मीले रु ४० हजार पुरस्कार पायो भने बूढानीलकण्ठले रु २० हजार प्राप्त ग¥यो । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, शङ्करदेव कमिटी, अनेरास्ववियु शङ्करदेव कमिटी र अनेरास्ववियु क्रान्तिकारी शङ्करदेव कमिटीद्वारा आयोजित प्रतियोगितामा आर्मीका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । शङ्करदेव ‘ए’का शौरभ श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर सौरभले ९४ अङ्क जोडे । विजेतालाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स…

Read More

पोखरा, ८ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो । उनीहरुलाई पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङ जानकारी दिनुभयो । पोखरा– १६ अर्मलास्थित गुरुङ किराना पसलमा एक हजारको नोट दिएर रु १०० को एनसेलको रिचार्ज कार्ड खरीद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको…

Read More

काठमाडौं, ८ फागुन । प्राध्यापक डाक्टर गोविन्द केसीले अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै फेरि अनसन बस्ने चेतावनी दिएका छन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राखेका छन् । डा। केसीले १६ औँ अनसन सरकारसँग कुनै सहमति बिनै माघ १८ गते तोडेका थिए । हेर्नुहोस् डा. केसीले निकालेको प्रेस बिज्ञप्ती प्रेस विज्ञप्तीः आदरणीय पत्रकार मित्रहरु मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सस्तो सुलभ र गुणस्तरीय हुनुपर्छ साथै देशमा सुशासन कायम हुनुपर्छ भन्दै हामी…

Read More

काठमाडौँ, ८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक प्रस्तुत गर्दै उहाँले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुकूल बनाउन खोजिएको स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले डिजिटल नेपाल बनाउने अभियानमा सरकार अगाडि बढेको सन्दर्भमा साइबर सुरक्षाका विषयलाई ध्यानमा राखी ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ ल्याउनुपरेको बताउनुभयो । नेपालमा भएका अभ्यास र प्रयोगका आधारमा सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन मात्रै खोजिएको मन्त्री बाँस्कोटाको भनाइ थियो । “फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेर हल्ला गरिएको छ ।…

Read More

काठमाडौँ, ८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आधारभूत तहमा मातृभाषाको पढाइ अनिवार्य हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन ९युनेस्को० काठमाडौँद्वारा मातृभाषा दिवस–२०१९ का अवसरमा आज आयोजित मातृभाषा र साहित्य विचार गोष्ठीमा मन्त्री अधिकारीले सामुदायिक तथा संस्थागत विद्यालयमा मातृभाषाको पढाइलाई अनिवार्यरुपमा लागू गर्न जोड दिनुभयो । उहाँले भन्नुभयो, “मातृभाषामा शिक्षा भन्ने भनाइलाई प्रभावकारी बनाउनुपर्छ । भाषा आफैँमा एउटा नियम हो । जब ती कुरामा राम्रो ज्ञान भयो भने अरु भाषा सिक्न सजिलो हुन्छ । व्याहारिकरुपमा भाषाको ज्ञान हुनु जरुरी छ । जुन भाषा बोलीमा मात्र सीमित हुन्छ…

Read More