
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भरतपुर, १९ माघ । चितवनको माडीमा जारी प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । आज सम्पन्न फाइनल प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । पहिलो सेटमा २५–१८ ले जितेको पुलिस दोस्रो सेटमा १९–२५ ले पराजित भएको थियो भने लगातार तेस्रो सेटमा २५–१९ र चौथो सेटमा २५–१८ आफ्नो पक्षमा पार्दै पुलिसले उपाधि उचालेको हो । यस्तै आज सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा चुलो भलिबल क्लब नारायणगढलाई ३–० को सेटमा पराजित गदै सशस्त्र प्रहरी बल९एपिएफ०ले तेस्रो स्थान सुरक्षित गरेको हो । प्रथम…
काठमाडौँ, १९ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ । निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन् । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ । आइओसीले शुक्रबार १५…
सान नेपाल गौरादह, १९ माघ । गौरादह जेसिसको सातौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय वाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा वर्ष २०१८ अध्यक्ष हेमचन्द्र घिमिरे (राजु) ले नव निर्वाचित अध्यक्ष माधव कोइरालालाई जेसिस चेन हस्तान्तरण गरेपछी कोइरालाले कार्यभार ग्रहण गरेका हुन् । पद हस्तान्तरण कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा सहयोग पु¥याउने ४ जनालाई सम्मान समेत गरेको छ । गौरादह जेसीजलाई उल्लेख्य सहयोग पु¥याउने भुपालराज कटुवाल, वार्ड अध्यक्ष नगेन्द्र भण्डारी, गौरादह नगरप्रमुख रोहित कुमार शाह तथा किशोर दाहाललाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगरपालिका का मेयर रोहित कुमार शाहले कार्यक्रमको उदघाटन गर्दै सामाजिक क्षेत्रमा अतुलनिय…
बुधबारे, १९ माघ । अब राज्यले देशभरका सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने भएको छ । सहकारी गरिवी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा अब सबै सहकारीले आप्mनो आर्थिक सहितका सम्पूर्ण गतिविधि अपडेट गर्नुपर्ने छ । धेरै सहकारी संस्था सहकारी मर्म अनुरुप नचलेको र त्यसले गम्भिर खतरा निम्त्याउने हुँदा राज्यले नै त्यसको निगरानी गर्ने भएको हो । कोपोमिसमा अनिवार्य सहकारी संस्थाहरुले गतिविधि पठाउनुपर्ने विर्तामोड नगरपालिकाका सहकारी प्रमुख डिल्ली दाहालले बताएका छन् । झापाको बुधबारेमा शनिबार बरपीपल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक दिने सहकारी अभिमुखीकरण कार्यक्रमको सहजकर्ता समेत रहेका प्रमुख अतिथि दाहालले त्यस्तो बताएका हुन् । उनले बैंक स्टाइलमा खोलिएका सहकारीको…
मोरङ, १९ माघ । मोरङको विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराह नगरपालिका–२ बस्ने २२ बर्षका मिलन राई, २९ बर्षका सुमन थापा मगर र बिराटनगर–१५ बस्ने २१ बर्षका प्रशान्त खड्कालाई पक्राउ गरेको हो । दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका–८ बसपार्कमा बा. ६७ प. ५९५४ नम्बरको स्कुटरमा सवार रहेका राई र थापालाई शंका लागि चेकजाँच गर्ने क्रममा ४ सय ८० ट्याब्लेट लागूऔषध स्पास्मोप्रोक्सिभन फेला पारी बरामद गरेको हो । त्यसैगरी खड्कालाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध डाईलेक्स डि.सी. २ बोतल…
काठमाडौँ, १९ माघ । भारतको भूवनेश्वरमा यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्द्वी म्यान्मा पाएको छ । भारतीय फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल यही माघ २६ गते म्यानमारसँग खेल्नेछ । आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो । अन्तिम समयमा श्रीलङ्काले प्रतियोगिता नखेल्न जनाएपछि इरानलाई प्रतियोगितामा सहभागी गराइएको महासङ्ले जनाएको छ । प्रतियोगितामा नेपालसहित इरान, म्यान्मा र आयोजक भारत सहभागी छन् । नेपालले दोस्रो खेलमा यही माघ २८ गते भारतसँग र तेस्रो खेलमा नेपालले आगामी फागुन १ गते इरानसँग खेल्नेछ । राउण्ड…
रुकुम, १९ माघ । पूर्व सहायकमन्त्री तथा काङग्रेसका नेता केशरमान रोकालगायत अन्य चार जनामाथि रुकुमकोटमा कुटपिट गरिएको छ । पूर्वमन्त्री रोकालगायत काङग्रेसका ध्रुव पुन, नेकपाका सतमान पुन र पुनिराज घर्तीमाथि कुटपिट गरिएको हो । रुकुमकोटमा आन्दोलन चलिरहेका बेला बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनका सहभागीले बताएका छन् । कुटपिटको क्रममा रोकाको घाँटीमा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गराएपछि उहाँको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो । रुकुमकोटमा आफू सदरमुकामको विषयमा वार्ता गर्न भनि आएको र आउँदा आफूमाथि आक्रमण भएको पूर्वमन्त्री रोकाले बताउनुभयो । रुकुम ९पूर्व० को सदरमुकामको विवाद विचाराधीन रहे तापनि जिल्लामा भने…
संखुवासभा, १९ माघ । सुखुवासभाको खाँदवारी नगरपालिका(६ पाङठामा मादक पदार्थ सेवन गरी झै(झगडा भई कुटपीट हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । शुक्रवार राती साढे ८ बजेको समयमा स्थानीय ४४ बर्षीय बम बहादुर न्यौपानेले मादक पदार्थ सेवन गरी छिमेकी ५० बर्षीय नर बहादुर भण्डारीको घरमा गई निजको घरको ढोकामा लात्तीले हान्दै हो( हल्ला गर्दा नर बहादुर भण्डारीले ढोका खोली ढोकामा लगाउने काठको आग्लोले बम बहादुर न्यौपानेको टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट धुपु र जिल्ला प्रहरी कार्यालय संखूवासभाबाट प्रहरी टोली खटी गई नर बहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ भने घटना…
चितवन, १९ माघ । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको पुष्टि भएको हो । मगरले आफूलाई जन्त जान रोकेपछि आवेगमा आई खुकुरी प्रहार गरी थापाको हत्या गरेको स्वीकार गरेका छन् । घटनाक्रमअनुसार सोही दिन बिहान छिमेकीको विवाहमा जन्त जान बस चढेका मगरलाई थापाले रोकेकी थिइन् । बढी जिद्धी गरेपछि उनी जन्त गएका थिए ।…
उदयपुर, १९ माघ । उदयपुरको त्रियुगा नगरपालिका(६ लालपत्ताबाट ६ बर्षीया बालिकालाई जबरजस्ती करणीको गरेको आरोपमा १ जना पक्राउ परेका छन् । शुक्रवार दिउँसो पीडित बालिकाको घर छेउमा स्थानीय ४५ बर्षीय काजी भन्ने रामबहादुर बिकले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले निजलाई घटनास्थलबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बिकको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।