झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, १४ फागुन । झापामा ८२८ जनामा हात्तीपाइले रोगी रहेको छन् । जिल्लामा नयाँ र पुराना गरी ८२८ जना हात्तीपाइले रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत जीवनकुमार चौलागाईंले जानकारी दिनुभयो । जसमध्ये १७९ जना हाइड्रोसिल भएका बिरामी रहेका छन् । यसैबीच, आजदेखि झापाका १५ वटै स्थानीय तह हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै छ । अघिल्लो वर्षसम्म तीन दिनसम्म औषधि खुवाइने गरेकोमा यस वर्षदेखि ७ देखि १० दिनसम्म औषधि खुवाइने अधिकृत चौलागाईंले बताउनुभयो । उहाँका अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ७ दिनसम्मका सुत्केरी, २ वर्ष मुनिका बालबालिका र दीर्घरोगीबाहेकका सबैलाई यो औषधि खुवाइने भएको भएको हो ।…

Read More

मीना घोरसाइने काठमाडौँ, १४ फागुन । रङ्गमञ्चमा तीन धामी देखापर्छन् । तीमध्ये एक धामी ढ्याङ्ग्रो बजाइरहेको देखिन्छ, एक जना चरेसको थालमा चामल फुक्दै काम्दै गरेको देखिन्छ भने एक जना काम्दै मात्र गरेको देखिन्छ । तीनै पात्र केहीबेरमै अदृश्य हुन्छन् । त्यसपछि उक्त रङ्गमञ्चमा एक चिकित्सक र परिचारिका देखापर्छन् । उनीहरु एउटा गाउँको स्वास्थ्य शिविरमा बिरामीको उपचार गरिरहेका देखिन्छन् । चिकित्सकले परिचारिकालाई बिरामी बोलाउन भन्छन् । शिविरमा एक वृद्ध पेट बिग्रिएको भन्दै देखाउन आइपुग्छन् । अघिल्लो दिनमा गाउँको एउटा विवाहका अवसरमा धेरै मासुभात खाएकाले पखाला लागेको भनी उनी चिकित्सकलाई बताउँछन् । त्यस्तै एक वृद्धा आफूलाई खाना नरुचेको भन्दै जँचाउन आइपुग्छिन् ।…

Read More

सुरुङ्गा, १४ फागुन । करेन्ट लागेर झापामा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मंसुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कमल गाउँपालिका–५ निवासी सूर्यकुमार राईको घर बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका मंसुरीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय महिला मृत फेला भद्रपुर नगरपालिका–५ मा भारतीय महिला मृत फेला परेकी छिन् । अन्दाजी ७०÷७५ वर्ष जस्तो देखिने मागी खाँदै हिँड्ने महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले…

Read More

काठमाडौँ, १४ फागुन । गृहमन्त्री रामबहादुर थापाले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका निम्ति नेपाली सपूतले असाधारण बलिदान गर्नुभएको छ, परिवर्तनका लागि दशौँ हजारको बलिदान भएको छ, हजारौँ बेपत्ता तथा घाइते हुनुहुन्छ, शहीदको चाहना पूरा गर्न प्रतिबद्ध छौँ ।” नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका लागि नेपाली जनताले निरन्तर सङ्घर्ष गर्दै आएको स्मरण गर्दै गृहमन्त्री थापाले जनसङ्घर्षको उच्चतम् अभिव्यक्तिका रुपमा दशवर्षे जनयुद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनयुद्धमा दलित र महिलाको विशेष योगदान रहेको छ, कालीकोटको प्रहरी चौकी महिलाले…

Read More

कास्की, १४ फागुन । क्यामरुनको डफिन्स एफसीले नेपाल पुलिस क्लबमाथि सङ्घर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आजको अन्तिम क्वार्टरफाइनल खेलमा भिड्दा डफिन्सले पुलिसमाथि २–१ को जीत निकाल्यो । पहिलो हाफको ३७ मिनेटमा डफिन्सका वियिक एन्ड्रेले गोल गर्दै स्तब्ध पारे । खेलमा फर्कन पुलिसले अन्तिमसम्म कठिन सङ्घर्ष गर्नुप¥यो । निर्धारित समयमा थप गरिएको चार मिनेटको इञ्जुरी समयको अन्तिम मिनेटमा पुलिसका सुमन सुवेदीले गोल गर्दै पुलिसलाई खेलमा फर्काए । खेल एक÷एकको बराबरी भएपछि थप गरिएको २० मिनेटको अतिरिक्त समयको पाँचौँ मिनेटमा एन्डेम्बा योनाको गोलबाट पुनः डफिन्सले अग्रता लियो । बराबरीका लागि अन्तिमसम्म प्रयास…

Read More

गोरखा, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय भवनको आज शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारले एक वर्षको अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक नीति तथा कानूनहरु निर्माणको काम गरेको भन्दै अब विकासले गति लिने बताउनुभयो । उहाँले अहिले नेपाली जनताले सोचेको गतिमा विकास निर्माणका काम हुन नसकेको स्वीकार गर्दै अब बिस्तारै जनताको अपेक्षाअनुसार काम हुने दाबी गर्नुभयो । “यो एक वर्षको बीचमा धेरै ऐन कानूनहरु निर्माण गर्नुपर्ने सरकारको बाध्यता थियो”, अध्यक्ष दाहालले भन्नुभयो, “हामीले ती कामहरु सकेका छौँ, अब नयाँ बजेट जनताको…

Read More

काठमाडौँ, १४ फागुन । नेपालले विश्वव्यापी रुपमा नै मृत्युदण्ड अन्त्य हुनुपर्ने आफ्नो अडान दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा जारी चालिसौँ बैठकका सन्दर्भमा मृत्युदण्डसम्बन्धी उच्चस्तरीय बहसमा भाग लिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको त्यस्तो अडान प्रस्तुत गर्नुभएको हो । आधुनिक नेपालमा राज्यद्रोह र सैनिक कारवाहीबाहेक अन्य अवस्थामा मृत्युदण्डविरुद्ध निषेधादेश सन् १९३१ मा पहिलोपटक भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले मृत्युदण्डको अन्त्य नभएको अवस्थामा पनि प्राणदण्ड कसैलाई नदिइएको बताउनुभयो । कानूनी सुधारसँगै सन् १९६४ मा मुलुक ऐनमा संशोधन गरी मृत्युदण्डलाई सदाका निम्ति निषेध गरिएको जानकारी दिँदै उहाँले गम्भीर प्रकृतिका सैन्यअपराध र राज्यविप्लवका कारवाही अन्य ऐनकानूनअनुसार हुने गरेका बताउनुभयो । नेपाल अधिराज्यको…

Read More

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिनुभएकोे छ । जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा आफूलाई जानकारी गराउन आज सिंहदरबारमा आयोजना गरेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रको हितका पक्षमा खुलेर आफ्ना कुरा राख्न सक्ने गरी तयारी गर्न आग्रह गर्नुभयो । दुई देशका विज्ञको संयुक्त तेस्रो बैठक बुधबार र बिहीबार काठमाडौँमा हुँदै छ । नेपाल–भारतस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धिअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रतिसेकेण्ड ९३५० क्यूसेक० पानी…

Read More

झापा, १४ फाल्गुन । झापाको मेचीनगर नगरपालिका–१५ मा मंगलवार आफ्नै श्रीमतीलाई कोदालोको पासोले हानेर हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बिहान करिब साढे ६ बजे सोही स्थान बस्ने ३५ वर्षका लखिन्द्र राजवंशीले घरायसी बिवाद हुँदा आँफ्नै श्रीमती ३४ वर्षकी चम्पली राजवंशीलाई कोदालोको पासो र बाँसले हानेर हत्या गरेका हुन् । कोदालोको पासोले लागेर राजवंशीको घटनास्थलमा नै मृत्यु भएको घटनास्थलमा खटिएको प्रहरी चौकी ज्यामिरगढीले जनाएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Read More

मेलबोर्न, १४ फागुन । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन् । अस्ट्रेलियाली न्यायाधीशहरुको समिति (जुरी) ले सर्वसम्मत रुपमा पेल दोषी रहेको ठहर गरेको छ । कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलमा दुई बालक विरुद्ध यौन आक्रमण गरेका थिए । हाल ७७ वर्ष पुगिसकेका कार्डिनल पेलले त्यसबखत १२ र १३ वर्षका दुई नाबालकलाई यौन शोषण गरेको बताइएको छ । अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपहरुमा सत्यता नरहेको दाबी…

Read More