झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमौली, ५ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताउनुभएको छ । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भन्नुभयो । देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद्मा काङ्ग्रेसको भूमिका प्रभावकारी नभएको बताउँदै राष्ट्रिय महत्वका विषयमा काङ्ग्रेसले सदनबाट आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।…

Read More

राजविराज, ५ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

Read More

काठमाडौँ, ५ फागुन । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ । यसले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनःदोहोरिने मौसमविद् बासीले बताउनुभयो । राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले…

Read More

झापा, ५ फाल्गुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका–१४ धाइजनमा आज बिहान सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बिहान सवा ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ७८४८ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउँदै गरेको ३ चक्के ठेला गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक मेचीनगर नगरपालिका–८ बस्ने ४२ वर्षका ऋषीकेस फुयाल, मोटरसाईकलको पछाडी सवार ५५ वर्षका दिलिप घिमिरे त्यसै गरी ठेला चालक मेचीनगर–१० बस्ने १२ वर्षका सुरज चौधरी, ठेलामा सवार १२ वर्षका कैलाश सहनी र १२ वर्षका धर्तीजित सहनी घाइते भएका हुन् । दुर्घटनामा परेका घाइते सवैलाई उपचारको लागि मोटरसाईकल चालकले उपचारको…

Read More

काठमाडौँ, ५ फागुन । राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ । परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । बोर्डका उच्च अधिकारीका अनुसार करारका कर्मचारीबाट काम गराउनु परेपछि समस्या आउने गरेको छ । स्थायी भए पो कारबाही गर्ने रु करार कर्मचारीलाई के गर्ने, उनीहरु नभए कामै गर्न सकिदैन–बोर्डका एक अधिकारीले नेपाल समाचारपत्रसंग भने । गतवर्ष एसइई परीक्षाफल प्रकाशित गर्दा त्रुटी नै त्रुटी भएपछि बोर्डको चर्को…

Read More

काठमाडौँ, ५ फागुन । नेकपाका दुई अध्यक्षले पार्टीको तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया प्रस्ताव तयार पार्ने भएका छन् । जेठ ३ मा तत्कालनि एमाले र माओवादीबीच एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता टुंगिएको छैन । एकता प्रस्ताव तयार पार्न पुस १३ मा नेकपा स्थायी समिति बैठकले ९ सदस्यीय कार्यादल बनाएको थियो। तर पनि ठोस प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रस्ताव तयार पार्न जुटेका हुन् । कार्यदलले विधानमा देखिएका असमझदारी मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाती नै थियो । ढिलोमा पुस मसान्तसम्म ठोस प्रस्ताव तयार पारिसक्न म्यान्डेट पाएको…

Read More

काठमाडौँ, ५ फागुन । जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् । उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड ई–लर्निङ) पढ्दै छन् । यो स्नातकोत्तरसरहको एकवर्षे प्रोफेसनल कोर्स हो । ‘म आईसीटी ९इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी० प्रति धेरै चासो राख्छु,’ आलेमगर भन्छन्, ‘मेरै विद्यालयमा आईसीटी कक्षा प्रवद्र्धन गर्ने लक्ष्य राखेर पीजीडीई पढ्दै छु । पहिलो सेमेस्टरको नतिजाको पर्खाइमा छु ।’ उनले पढदै गरेको कोर्स नेपाल खुला विश्वविद्यालय ९एनओयू० को हो । करिब एक वर्षदेखि यो विश्वविद्यालयमा पठनपाठन…

Read More

मुगु ५, फागुन । मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । आजको नागरिक दैनिकमा खबर छ । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई केही दिनअघि सापटी लिएको पैसा लिन आउ भनी बोलाएको र शुक्रबार साँझ लिन जाँदा साढे ६ बजेतिर सई शाहीले बलात्कार गरेको मुगु जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको स्थायी घर हुम्लाको चंखेली गाउँपालिकाको…

Read More

काठमाडौँ, ४ फागुन । गत पुसमा थाइल्याण्डमा आयोजित १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कूल नयाँ बानेश्वरले नगदसहित ‘काव्य खेल सम्मान–२०७५’ प्रदान गरेको छ । महर्जनले नेपालले शारीरिक सुगठन प्रतियोगिताको इतिहासमा पहिलोपटक ७५ केजी तौल समूहमा स्वर्णपदक जितेको थियो । जाउलाखेलस्थित खेल मैदानमा आयोजित नवौँ काव्य खेल सप्ताह समापनका अवसरमा काव्य स्कूलले स्वर्णपदक विजेता महर्जनलाई रु पाँच हजारसहित ‘काव्य खेल सम्मान’बाट सम्मान गरेको हो । विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बाँस्कोटा, निर्देशक रिजन खड्का, सुनिलकुमार घर्ती र प्रेमराज अर्यालले पुष्पगुच्छा, खादा, प्रशंसापत्र तथा नगद दिएर सम्मान गरेका थिए । काव्य स्कूलले दुई…

Read More

हेटौंडा, ४ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आर्थिक, सामाजिक र पारिवारिक कारणले विस्थापित भएर सडकमा जीवन बिताउने असहाय वृद्धवृद्धाको संरक्षण उद्धार र पुनःस्थापनामा सरकारी र गैरसरकारीलगायत समाजका सबै पक्षले सहयोग पु¥याउनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित ‘सहयोगापेक्षी सडक मानवमुक्त’ मकवानपुर जिल्ला घोषणा कार्यक्रममा उहाँले सरकारको नीति तथा कार्यक्रमअनुसार सडकमा जीवन बिताउनेको उद्धार र संरक्षण गर्ने जिम्मेवारी पूरा गरेको बताउनुभयो । मानव आश्रम मात्र खोलेर हुँदैन, त्यसका लागि साधन स्रोत र बजेटको आवश्यकता हुन्छ भन्दै मुख्यमन्त्री पौडेलले राज्यले त्यस्ता आश्रमलाई सहयोग पु¥याउने बताउनुभयो । प्रदेशको १३ जिल्ला मध्ये मकवानपुरलाई सर्वप्रथम सडक मानवमुक्त घोषणाको…

Read More