
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा फाइट र ग्ल्यामरलाई देखाएको छ । चलचित्रूजिस्मूको चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यस चलचित्रको चर्चा चलेको थियो । “जिस्म २”लाई राजु गिरिको निर्माण रहेको छ भने यस चलचित्रलाई निर्देशक इन्द्र जीले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक लाइ चान्स दिएको बताए । सुरज कुँवरले छायांकन गरेको चलचित्र “जिस्म २”बाट रमेश बिश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारीले डेब्यु गर्दै छन्…
बेझाड, ९ माघ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले जनताले दिएको जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्नुभयो । उहाँले विकासमा पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हँुदैन भन्नुभयो । उहाँले शक्तिको स्रोत सत्ता होइन जनता हो भन्दै जनतासँग निकट भएर जनताले उठाएका राष्ट्रिय मुद्दाको निकास दिने काम काङ्ग्रेस नेतृत्वको सरकारले गरेको दाबी गर्नुभयो । ७२ वर्षको लामो इतिहासमा…
मङ्गलबारे, ९ माघ । इलामको फाकफोकथुम गाउँपालिकामा सोमबारदेखि शुरु भएको एकीकृत घुम्ती शिविरमा २९० ले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २९० ले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण पाण्डेले बताउनुभयो । त्यस्तैगरी २५० जनाले तस्वीरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्लास्थित सात वटा कार्यालयले सेवा प्रवाह गरेका थिए । शिविरमा कृषि ज्ञान केन्द्र इलामबाट माटोको नमूना परीक्षण गरिएको थियो । फाकफोकथुम–१, ३ र ६ का ८२ जना कृषकको माटोको नमूना परीक्षण गरिएको छ । नेपाल टेलिकमबाट ४१ लाई सहुलियतमा मोबाइलको सिमकार्ड वितरण गरिएको छ । आयुर्वेद…
भद्रपुर, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको यो लक्ष्य पूरा हुन्छ ।” मन्त्री अधिकारीले सन् २०१९ को अगष्टतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने र सन् २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसमेत सम्पन्न भइसक्ने हुँदा सन् २०२० देखि नेपालमा बाह्य…
बिर्तामोड, ९ माघ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय गरिएको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिनुभयो । एक दर्जन बढी कृतिका सर्जक धराबासी यसअघि मदन पुरस्कारबाट समेत सम्मानित व्यक्तित्व हुनुहुन्छ । कोषले विष्णुकुमार भट्टराईको संयोजकत्वमा उत्कृष्ट कृति तथा दीर्घ साहित्य सेवा सम्मान छनोट उपसमिति…
विभा झा स्त्री र पुरुषबिना संसार चल्दैन । घर गृहस्थी सुखपूर्वक धान्न सकिँदैन । संघर्षशील जीवनमा मिठास रहँदैन– यही नै संसारको सत्य हो । स्त्री र पुरुष एकअर्काका परिपुरक र समान महत्वका पृथक मानवहरु हुन् । तर, समयक्रमसँगै पितृसत्तात्मक समाजको वर्चस्व बढ्दै जाँदा स्त्रीलाई केवल उपभोग्यवस्तु वा दासको रुपमा घोषित वा अघोषित रुपमा सीमित गरियो । यो परिस्थिति परिवार अनुसार कम वा बेसी अझै विद्यमान छ । महिलालाई अझ पनि दोयम दर्जाको रुपमा सोचिन्छ, रोजिन्छ, अनुभव गरिन्छ र महसुस गराइन्छ । यद्यपि, संविधानमा महिलालाई उसको वर्ण, वर्ग, जात, लिङ्ग, क्षेत्र, आदिको आधारमा पुरुषभन्दा कम अधिकार नभएको व्यवस्था छ । अर्थात्…
इटहरी, ९ माघ । सुनसरीको दुहबी नगरपालिका–८ फुटानी चोकमा मंगलवार मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत सोनापुरबाट दुहबी जाँदै गरेको को १ ह. ४२५४ नम्बरको सिटी सफारीलाई ईटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को.१ ख. ६७१० नम्बरको मिनी ट्रकले दिउँसो पौने २ बजे ठक्कर दिएको थियो । ठक्करबाट सफारी चालक दुहबी–९ छातावेलीका ५० वर्षीय कलिम मियाँ र सफारीमा सवार बेलबारी नगरपालिका–१ का २८ वर्षीय मनकुमार मगर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागि दुहबीस्थित सामुदायिक हस्पिटल पठाईएकोमा सफारी चालक मियाँको उपचारको क्रममा सोही हस्पिटलमा मृत्यु भएको…
तेह्रथुम, ९ माघ । तेह्रथुमको छथर गाउँपालिका–१ आङदिममा भ्रुण हत्या गरेको आरोपमा मंगलवार दिउँसो आमा–छोरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भ्रुण हत्या गरेको आरोपमा सोही स्थानकी २० वर्षीया दालमु शेर्पा र उनकी आमा ४५ वर्षीया कल्पना शेर्पालाई पक्राउ गरिएको हो । छोरी दालमु शेर्पाको गर्भमा रहेको भ्रुण हत्या गरेको आशंकामा स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले भ्रुण हत्या गरेर नजिकै रहेको उतिस घारीमा खाल्डो खनेर ढुंगा, माटोले पुरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी…
जनकपुर, ९ माघ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ । भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् । गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ तर यो तथ्यांकको कैयौं गुना बढी अर्बौं मूल्यको जग्गा भूमाफियाको कब्जामा छन् । मन्दिर…
खोटाङ, ९ माघ । बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन् । बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण कपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वरीस् तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मी लगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर अभियान थालेका हुन् । बाँदरले हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँ उठाएर बाँदर धपाउने टोली परिचालन गरेको केपिलासगढी गाउँपालिका, ३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताए । आजको नागरिक दैनिकमा खबर छ ।