झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

क्रिप्टोकरेन्सी र नोक्सानी एउटै सिक्काको दुई पाटाजस्तो हो भनिन्छ । पछिल्लो हप्ता क्यानडामा भएको एउटा घटनाले क्रिप्टोकरेन्सीबाट हुने नोक्सानीका बारेमा बहस झनै बढेको छ । क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म क्वार्डिगाका लगानीकर्ता झण्डै १९ करोड अमेरिकी डलर(झण्डै २३ अर्ब नेपाली रुपैयाँ) गुमाउने स्थितिमा पुगेका छन् । यसको कारण अरु केही होइन, केबल एउटा पासवर्ड हराउनु हो । यसमा ५ करोड अमेरिकी डलर हार्ड करेन्सी पनि समावेश रहेको बीबीसीले जनाएको छ । क्वार्डिगाका संस्थापक गेराल्ड कोटेनको निधनसँगै यसको पासवर्ड पनि उनको चिहानमा दफनाइएको छ । कसरी सुरु भयो घटना ? गएको वर्षको डिसेम्बर ९ मा भारतमा कोटेनको निधन भयो ।…

Read More

काठमाडौँ, २४ माघ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले समाजमा हुने धेरै घटना घरेलु मदिराका कारण भएको भन्दै कार्यालयले घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान चलाएको जानकारी दिनुभयो । “समाजमा हुने हत्या, हिंसा,…

Read More

प्रकाश सिलवाल काठमाडौँ, २४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो । अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ १७ गते मोरङको विराटनगरमा गिरफ्तारी गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । काठमाडौँ उपत्यकालगायत स्थानमा आज बिहान विद्यालय जान तयारीमा रहेका र गइसकेका विद्यार्थी एकाएक बन्दको…

Read More

कुमार चौलागाईं–सिद्धराज भट्ट काठमाडौँ, २४ माघ । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताउनुभयो । त्यसमा विजेताले रु ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले रु चार लाख तथा चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् । आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ । “मैदान…

Read More

चितवन, २४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पार्नुभयो । एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले थप्नुभयो, “परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।” मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ…

Read More

ओखलढुंगा, २४ माघ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राती आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट सोही स्थान बस्ने ७० बर्षका रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । राती ९ बजेको समयमा अंशबण्डाको विषयमा बादविवाद हुँदा गुरुङको आफ्नै ३० बर्षकी वुहारी तारादेबी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी हुन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी टोली खटि गई ढुंग्री प्रहार गर्ने गुरुङलाई प्रहरीको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी…

Read More

सुनसरी, २४ माघ। सुनसरीको देवानगंज–३ नयाँ हटियामा बुधवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका देवनारायण मेहताको उपचारको क्रममा आज विहान मृत्यु भएको छ । वुधवार साँझ साढे ६ बजे कप्तानगंजबाट(देवानगंजतर्फ आउदै गरेको को ३४ प ८७९८ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका ५० बर्षीय मेहतालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा आज बिहान गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार भएकोले खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

भद्रपुर, २४ माघ । झापाको दुहागढीमा सञ्चालित बिबिसी इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेपछि उद्योग बन्द गर्न माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । बुधबार मेचीनगर–१४ को वडा कार्यालयमा उद्योगबाट निस्कने धुलो र धुँवाले स्वास्थ्यमा असर पार्नाका साथै उद्योग वरपरका जग्गामा कृषकले लगाएका बालीनालीमा समेत क्षति पुगेकाले स्थानीयवासीले उद्योग बन्द गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । विगत १२ वर्षदेखि सञ्चालित सो उद्योगले स्थापना हुँदा स्थानीयवासी र तत्कालीन गाउँ विकास समितिसँग गरेका कुनै पनि सम्झौता पालना नगरेको स्थानीयवासी विश्व थापाले बताउनुभयो । सम्झौताको पहिलो बुँदामा स्थानीयवासीले प्रदुषण बढेको ठहर गरेमा जुनसुकै बेला उद्योग बन्द गर्नुपर्ने लेखिएको हुँदा…

Read More

भद्रपुर, २४ माघ । बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई रु १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ । फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गर्नुभएको हो । गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रिटसमेत नेपाल आउनुभएको थियो । उहाँहरुले तीनसम्म मेचीनगर, विर्तामोड, दमक, भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा कार्यरत अग्निनियन्त्रयक तथा नगर प्रहरीलाई विपत् व्यवस्थापनसम्बन्धी तालीम प्रदान गर्नुहुने नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो । मेचीनगर–६ काँकडभिट्टा निवासी गुरुङ बेलायत फोक्सटन क्षेत्रका नेपालीमूलको पहिलो पूर्वकाउन्सिरसमेत हुनुहुन्छ । यसअघि गुरुङको सक्रियतामै भारतीय राजदूतावासमार्फत एउटा…

Read More

काठमाडौँ, २४ माघ । सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नतिरेसम्म एनसेललाई करीब रु सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत् पूर्ण इजलाशले आज एनसेल बिक्रीबापतको लाभकर कम्पनी नियन्त्रणमा लिएर सञ्चालन गर्नेले नै तिर्नुपर्ने फैसला गरेको हो । एनसेल बिक्रीबापतको लाभकर…

Read More