झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १७ माघ । १५ औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेको छ । पटक–पटकको अनशनको कारण केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् । दुई दिनयता औषधिसमेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको हो । मंगलबारदेखि छाती दुख्ने समस्या बढेको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्काले केसीको अवस्था खस्किएको रिपोर्ट चिकित्सकहरुले दिएको बताए । सरकार प्रवक्ता भन्छन्– वार्ता गर्नुपर्ने अवस्था छैन । अनशनरत डा। गोविन्द केसीसँग वार्ता गर्नुपर्ने अवस्था सरकारले देखेको छैन । केका लागि वार्ता गर्ने, औचित्य पनि हुनुपर्छ । विगतका माग…

Read More

काठमाडौँ, १७ माघ । संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन घोषणा गरेको प्रमुख प्रतिपक्ष कांग्रेसलाई आकांक्षी व्यवस्थापन गर्नै हम्म परेको छ । अधिकांशले शक्तिशाली र आकर्षक मन्त्रालय ताकेपछि अलमल बनेको हो । पार्टीभित्र र बाहिरसमेत प्रतिपक्ष भूमिका कमजोर भएको भन्दै आलोचना बढेपछि कांग्रेसले मन्त्रालयगत रूपमा सरकारको निगरानी बढाउन छाया सरकार बनाउने निर्णय लिएको थियो। तर सांसदहरूले वास्तविक सरकार गठनकै जस्तो इच्छाएको मन्त्रालय पाउन ‘भनसुन’ गर्न थालेका छन्। प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले छाया सरकार गठनको गृहकार्य गरिरहेका छन्। नेता खाँडले छाया सरकार नभनी संसदीय समितिमा रहेका सांसदलाई समितिअन्तर्गतका मन्त्रालय निगरानी…

Read More

काठमाडौँ, १७ माघ । छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन काठमाडौँ आउनुभएकी पूर्वरानी कोमल शाह सिमरा फर्कनुभएको छ । ३ दिनअघि अचानक तेस्रोपटक हृदयघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मुख हुँदै गएपछि उहाँ बुधबार दिउँसो सिमरा फर्कनुभएको हो । पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना र प्रभु शमशेरकी पत्नी राजी शमशेर राणाका साथमा काठमाडौँ आउनुभएकी उहाँ ४ बजे बुद्ध एयरको जहाजबाट सिमरा जानुभएको हो । कोमलको कारगेट बुधबार बिहानै सिमरा हिँडेको थियो । अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहनुभएकी पारसपत्नी हिमानी भने नेपाल फर्कनुभएको छैन । आजको नेपाल समाचारपत्रमा खबर…

Read More

काठमाडौं, १७ माघ । चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन् । डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उनको अनशन लम्बिँदै गएको छ । केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक सडकमा उत्रेका हुन्। डा. केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन्। उनी अनशन बसेको बुधबार २२ दिन पुगेको छ। लामो समयसम्म खाना नखाँदा केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको चिकित्सकले जनाएका छन्।…

Read More

काठमाडौँ, १७ माघ । सशस्त्र प्रहरी बलले हिन्दु देवीदेवताका नाममा रहेका बाहिनी र गण गुल्मको नाम परिवर्तन गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी विस्तृत कार्ययोजना लागू भएपछि विभिन्न देवीदेवताका नाममा रहेका कार्यालयको नाम हटाई अंककै आधारमा राखिनेछ । हाल सशस्त्र प्रहरीमा ६९ वटा गण÷गुल्म छन्, जसमध्ये २८ वटा देवताका नाममा छन् भने बाँकीको नामाकरण स्थान र संख्याका आधारमा गरिएको छ । गृह मन्त्रालयले संघीय संरचनाअनुसार सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्दा अंकका आधारमा नाम परिवर्तन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

भद्रपुर, १७ माघ । सहिद दिवसको अवसर पारेर झापा कारागारमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । बन्दी विकास पुस्तकालय झापा कारागारको आयोजना तथा प्रदेश संसद बसन्त बानियाँको प्रमुख आतिथ्यमा बन्दी विकास पुस्तकालयको २२ औँ वार्षिक साधारण सभा तथा बृहद सांगीतिक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा चर्चित गायक राजेश पायल राई, गायिका आस्था राउत, कविता शिवाकोटीले गीतमार्फत मनोरञ्जन दिलाएका थिए भने चर्चित नृत्याङ्गानाहरू वर्षा तामाङ, रिया श्रेष्ठ, पूजा परिवार, अनुसा ओलीले विविध नृत्य मार्फत कारागारका कैदी बन्दीलाई मनोरञ्जन दिलाएका थिए । बन्दी विकास पुस्तकालयका अध्यक्ष मोहनप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल कारागार प्रमुख राजु दाहाल…

Read More

विराटनगर, १६ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताउनुभएको छ । नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन कार्यक्रममा उहाँले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिनुभयो । उहाँले विकास र संवृद्धिको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले हिमाल, तराई र पहाडका जनताको विकासप्रतिको चाहना परिपूर्ति गर्न भूगोलअनुसारका विकास कार्य गर्न प्रदेश सरकार योजनाबद्ध भएर…

Read More

पोखरा, १६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले उत्पादन बढाउँदै देशमा गरीबी घटाउने लक्ष्यका साथ सरकार लागेको बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आज पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन विषयक गण्डकी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले देशको मुख्य शत्रु रहेको गरीबीको अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताउनुभयो । देशलाई समृद्धिको मार्गमा उन्मुख गराउने लक्ष्यका साथ सरकार क्रियाशील भएको बताउँदै मन्त्री अर्यालले आर्थिक समृद्धिमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । नेपालको पश्चिमी भू–भागमा सहकारीप्रतिको जागरण बढेको र पूर्वमा यसले व्यावसायिकरुप लिएको चर्चा गर्दै उहाँले देशव्यापीरुपमा सहकारीको व्यावसायिकता वृद्धि गरिनुपर्नेमा जोड…

Read More

काठमाडौँ, १६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको भन्ने विवरण सञ्चारमाध्यममा आएको उल्लेख गर्दै यसबारेमा पार्टीलाई औपचारिक जानकारी नआएको बताउनुभयो । काङ्ग्रेसले नेताद्वय कोइरालाका नाममा खुलेका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा पु¥याएको भन्दै यसअघि सङ्घीय संसद् अवरुद्ध गर्दै आएको थियो । सरकार र सदनका केही कामकारवाहीको विरोधमा यही माघ २१ गते राष्ट्रव्यापी विरोध प्रदर्शनको कार्यक्रम रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “राष्ट्रव्यापी विरोध प्रदर्शनको…

Read More

काठमाडौँ, १६ माघ । साहित्यकार रामकृष्ण बान्तवाको उपन्यास ‘आमालाई चिठ्ठी’ बजारमा आएको छ । एक हजार १४८ पृष्ठको सो उपन्यास नेपाली साहित्यमा अहिलेसम्मकै सम्भवतः ठूलो उपन्यास कृति मानिएको छ । हङ्कङेली नेपाली डायस्पोराको साहित्यिक यात्राका क्रममा बान्तवाको यसअघि ‘सघन तुवाँलो’ उपन्यास प्रकाशित छ । ‘सघन तुवाँलो’ को अङ्ग्रेजी संस्करण ‘सिरिलमिस्ट’ पनि प्रकाशित छ । बान्तवाको रचना, राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा ‘कता हिँडेको कसलाई खोजेको भन न भन ए बिरानो परदेशी’ गीत रेकर्ड भएको छ । ‘आमालाई चिठ्ठी’ को मङ्गलबार विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बान्तवाको उपन्यास नेपाली साहित्यकै एक महत्वपूर्ण प्राप्ति भएको बताउनुभयो । नेपाली…

Read More