
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बलिउडमा यति बेला मलाइका अरोडा र अर्जुन कपूर उनीहरुको प्रेम सम्बन्धका कारण चर्चामा छन् । यो जोडी कहिले कुनै पार्टी, कहिले डिनर त कहिले बाहिर घुम्न जाँदा एकअर्काका साथ समय बिताइरहेका तस्बिरहरु मिडिया तथा सामाजिक संजालमा छाइरहेका हुन्छन् । तर यसैबीच मलाइका अरोडालाई भने उनका मुकेश नामका ड्राइभरले आफ्ना व्यक्तिगत कुराहरु बाहिर भन्ने गरेको शंका गरेकी छिन् । तसर्थ मलाइकाले ती ड्राइभर विरुद्ध ठूलो निर्णय लिएकी छिन् । भारतीय सञ्चार माध्यममा मलाइका र अर्जुन कपूरबीचको सम्बन्धलाई लिएर अनेकौं खबरहरु आइरहेका छन् । आफ्ना व्यक्तिहरु कुराहरु यसरी बाहिर सार्वजनिक गर्ने अरु कोही नभएर आफ्नै ड्राइभर रहेको कुरा थाहा पाएपछि मलाइका रिसले…
काठमाण्डौ, १० माघ । तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर १२ गते चक्रपथ चल्ने बा२ख ३९२४ नं को भाडाको मिनीबसमा पाकेट मार्न खोज्दा समातिएका ललितपुरका सुवास थापालाई प्रहरीलाई रु एक हजार ५०० घुस दिन खोज्दा प्रहरीले पक्राउ ग¥यो । मङ्सिर २४ गते थापाथलीमा बा८७प ४३३७ नं को मोटरसाइकलका चालक राजु घिसिङलाई ट्राफिक नियमविपरीत ‘यूटर्न’ गर्न खोजेपछि प्रहरीले समात्न खोज्दा रु…
काठमाडौँ, १० माघ । वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उहाँको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ । उहाँको जन्म विसं १९९४ कात्तिकमा काठमाडौँमा भएको थियो । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमका अनुसार शर्माका छोरा विदेशबाट आउन समय लाग्ने भएकाले शुक्रबार मात्र अन्त्येष्टि गरिनेछ । शर्माको पार्थिव शरीर आज पशुपतिको शवगृहमा राखिएको छ । डा गौतमले शर्मा…
झापा, १० माघ । बिशेष सुराकीको आधारमा प्रहरीले झापाको छुट्टाछुट्टै स्थानबाट बुधवार सखुवाको चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङगा र कन्काई सब डिभिजन बन कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले झापाको कन्काई नगरपालिका–४ बस्ने चन्द्र चौहानको घरमा लुकाई छिपाई राखेको १८ थान २०.३५ क्युबि फिट र कन्काई नगरपालिका–४ बस्ने सुकबहादुर श्रेष्ठले गाईगोठमा लुकाई छिपाई राखेको २३ थान १४.१७ क्यु.बि. फिट काठ बरामद गरेको हो । बरामद गरेको उक्त परिमाणको चिरान काठ कन्कााई सब डिभिजन बन कार्यालय सुरुङ्गामा बुझाईएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
एउटा फिल्मले घोषणा गरेको मितिमा अर्को फिल्म पनि रिलिजका लागि तयार हुनु आश्चर्यजनक कुरा होइन । वर्षमा सय बढी फिल्म रिलिज हुन्छन् अनि ५२ वटा हप्तामा कुनै फिल्मले एकल प्रदर्शनको अवसर पाउनु लगभग असम्भव छ । यसबीच पनि केही गिनेचुनेका कलाकारका फिल्मले भने प्रायः सोलो रिलिज पाइरहेका हुन्छन् । गिनेचुनेका कलाकारको लिस्टमा अग्रस्थानमा आउने नाम हो( अनमोल केसी । लगातार उनी अभिनीत फिल्मले बक्सअफिसमा धूम मच्चाएका कारण कुनै निर्माता उनका फिल्मसँग एउटै डेटमा आउन चाहँदैनन् । आउँदै नआएका भने चाहिँ होइनन् तर जुध्न आएका फिल्मको बक्सअफिस रिपोर्ट सुनाउन लायक छैन । गत वर्ष प्रदर्शनमा आएको फिल्म ुकृु पछि अनमोलको स्टारडम…
विराटनगर, १० माघ । १ नम्बर प्रदेश अन्तर्गत उदयपुर र मोरङ जिल्लाबाट प्रहरी लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३ काली खोला किनारबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित उदयपुर बेलाका नगरपालिका–४ गुरुङचौरी बस्ने बर्ष ३३ को राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ को अर्जुन राई, बर्ष २५ को नबिन राई, चौडण्डीगढी नगरपालिका–३ बसाहा बस्ने बर्ष ३० को मीन बहादुर मगर र सप्तरी सप्तकोशी नगरपालिका–१ बस्ने बर्ष ३६ को मनोज मगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खोलाको किनारमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने…
बिर्तामोड, १० माघ । माघ ११ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको लागि २१० वटा स्टलहरु निर्माण गर्नेसहितका ९५ प्रतिशत तयारी पूरा भएको जनाइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो १२ बजे महोत्सवको समुद्घाटन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका छन् । बुधबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी तयारी बारे जानकारी गराइएको हो । हेलिकप्टरमार्फत पुष्पवृष्टि गराउँदै महोत्सवको समुद्घाटन गर्ने आयोजक समितिको तयारी छ । महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीले मेलाको तयारीबारे पत्रकार सम्मेलनमा लिखित विवरणहरु वाचन गरेका थिए । महोत्सवमा दुई लाखभन्दा बढी मानिसहरु सहभागी भई मेला अवलोकन…
काठमाडौँ, १० माघ । द्वन्द्वका मानव अधिकार उल्लंघन दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकलाई जेल जान नपर्ने व्यवस्था गरिएको छ । द्वन्द्वकालमा भएका जुनसुकै घटनाका दोषीलाई नेपालको प्रचलित कानुनअनुसार सजाय नहुने विधेयकमा उल्लेख छ । ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि,’ प्रस्तावित मस्यौदामा भनिएको छ , ‘दफा ३० कसुरमा दोषी ठहरिएको कसुरदारलाई संक्रमणकालीन न्यायका मान्य सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा यस दफाबमोजिमको सजाय गरिनेछ ।’ उक्त विधेयकको ‘दफा ३० क’ मा द्वन्द्वकालीन मुद्दाको सुनुवाइ गरी न्यायिक किनारा लगाउन विशेष…
काठमाडौं, १० माघ । नेपाल टेलिकम अन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतबाट दिएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै सूचना तथा संचार मन्त्री गोकुल बास्कोटा र नेपाल टेलिकमविरुद्ध बुधबार अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चबाट अन्तरिम आदेश जारी भएकै अबस्थामा सामान उठाउन थालेपछि विवादको रुप लिएको हो । स्क्राप वाई एण्ड सेल्स फर्मले मन्त्री र टेलिकमलाई कारवाहीको मागसहित मुद्दा दर्ता गरेको हो । पुराना ब्याट्री उठाउनका लागि धेरै रकम कबोल गरे पनि निर्देशनालयले कानुनविपरित अर्को कम्पनीसँग सम्झौता गरेको दाबीसहित गत महीना सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । उक्त रिट विचाराधीन…
झापा, १० माघ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले विभिन्न छ सूत्रीय माग राख्दै झापाका दुई स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टेकबहादुर खजुम, महासचिव चन्द्र गिरी लगायतको टोलीले बिर्तामोड र अर्जुनधारा नगरपालिका प्रमुखलाई विभिन्न ६ सुत्रीय माग समेटिएको ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीले व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न माग गर्दै व्यवसायीले स्थानीय तहबाट कर सम्बन्धी सुविधा उपलब्ध गराउनु पर्ने, स्थानीय तहबाट व्यवसायी संघको समन्वयमा उद्योगहरुको अनुगमन गरिनुपर्ने, फर्निचरमा जनशक्तिलाई स्थानीयस्तरमा आवश्यक सिपमुलक तालिमको व्यवस्था गरी दक्षजनशक्ति उपलब्ध गराउनुपर्ने, अन्य देशबाट कामदार ल्याउने कार्य बन्द गर्नुपर्ने तथा ल्याएमा निश्चित मापदण्ड पूरा गर्नुपर्ने, प्रतिबन्धित पुराना घरका…