झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ५ माघ । फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेका छन् । पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ । योगदानमा आधारित सार्वजनिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानको ऋण मिनाहसम्मका काम सरकाले गरेको छ । झण्डै एक वर्षको अवधिमा सरकाले केही राम्रा उपलब्धी गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, ५ माघ । अत्यन्त दयनीय अबस्थामा रहेका बिर्तामोड १० को एक बिपन्न मुसहर परिवारलाई जनसेवा समाज पाँचथरले शुक्रबार खाद्यान्न सामग्री बितरण गरेको छ । सातजना छोराछोरी र गर्भवती श्रीमती भएका शत्रुधन चौधरी ऋषिदेवको आठजनाको परिवारलाई समाजले खाद्यान्न सामग्री बितरण गरेको हो । मुसहरहरुको दयनीय अबस्था सुनेर आफूहरु पाँथरबाट राहत सामग्री बितरण गर्न आइपुगेको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । उनले त्यस मुसहर परिवारलाई चामल, चाउचाउ, दाल, खानेतेल, नून लगायतका खाद्यान्न बितरण गरिएको जानकारी दिए ।संस्थाका संरक्षक रहेका बिर्तामोड नगरपालिकाका इन्जिनियर गणेश अर्यालको पहलमा सो सहयोग बितरण गरिएको कार्यक्रम संयोजक सीता खतिवडाले बताईन् । बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ,वडा…

Read More

बिर्तामोड, ५ माघ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले दिन दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार क्षेत्रमा शाखाले ४५ औं जिल्लासभाका साथै स्वर्ण महोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न स्वर्ण महोत्सव तथा सम्मान कार्यक्रममा रेडक्रस जिल्ला शाखाका पूर्वसभापतिहरु, पूर्व केन्द्रीय सदस्य, संस्थापक पदाधिकारी, पूर्व कार्यसमिति, जग्गादाता,भवन निर्माता, एम्बूलेन्स दाता, रक्तदाता तथा कर्मचारी सहित गरी एकसय ३४ जनालाई सम्मान गरिएको थियो । १२ वटा संस्थागत सम्मान गरिएको कार्यक्रममा वर्षोत्कृष्ट नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुर, दोस्रोमा भद्रपुर तथा तेस्रो भएका घैलाडुब्बा र हल्दिवारी…

Read More

बिर्तामोड, ५ माघ । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवलाई सफल बनाउन आफूहरु लागिपर्ने झापाका राजनीतिक दलका अगुवाले प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्सवका लागि आफूहरु जस्तो पनि सहयोग गर्न तत्पर रहेको उनीहरुको भनाइ थियो । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्ट्रिय स्तरको महोत्सव सञ्चालन हुँदैछ । महोत्सव आयोजक समितिले शुक्रबार जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख, वडाध्यक्ष लगायतसँग महोत्सवका बारे छलफल गरेको थियो । छलफलमा बोल्दै बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले महोत्सवलाई झापाकै गौरवका रुपमा आफूले लिएको बताए । महोत्सवमा हरेक गतिविधि पारदर्शी बनाउन उनले आयोजक समितिलाई आग्रह गरे । बिर्तामोड नगरपालिकाले महोत्सव सफल…

Read More

काठमाडौं, ५ माघ । सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि एक करोडसम्म जरिवाना हुने उल्लेख छ । यस्ता व्यक्ति वा संस्थालाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था पनि राखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ५ माघ । पहिलो पटक मन्त्रीले आफ्नो सुविधा मन्त्रालयबाटै तोक्न पाउने व्यवस्था भएका छन् । मन्त्रीपरिषदलेको पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी, मर्मत लगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो ।यसअघि यस्तो सुविधा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयबाट पाउने व्यवस्था थियो । गत शनिबारको मन्त्रीपरिषद बैठकले सुविधासम्बन्धि सबै तजबिजी मन्त्रालयलाई सुम्पिदिएको हो ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

ताप्लेजुङ, ५ माघ । शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । लिम्बूको बन्दुकको छर्रा लागेर घटनास्थलमै ज्यान गएको हो । शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्ँिकदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको थापाले बताउनुभयो । तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको थापाले बताउनुभयो ।

Read More

काठमाडौँ, ५ माघ । नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए । केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा निराशा छायो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता सेवा अवरुद्ध नगर्न निर्देशन दिएपछि भने सञ्चालक र प्रयोगकर्ता दुबैलाई राहत मिलेको छ । यस्ता सेवा नेपालमा मात्र होइन विश्वका अन्य देशमा पनि लोकप्रिय छन् । जानकारहरूका अनुसार चीनमा मोटरसाइकल ट्याक्सी सन् १९८० देखि १९९० को बीचमा प्रचलित थियो । बेइजिङ, सङ्घाई र ग्वोङझाओमा…

Read More

काठमाडौँ, ४ माघ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । आइओसीले १५÷१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । आइओसीले यही माघ २ गते पठाएको पछिल्लो मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ०।६१ पैसा र डिजेलमा ०।४५ पैसा वृद्धि भएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उक्त मितिमा निगमको नाफा…

Read More

पोखरा, ४ माघ । दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित भलिबल टे«निङ सेन्टरमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लवले प्रदेश नं ३ माथि ३–२ को रोमाञ्चक जित निकाल्यो । कोपिला उप्रेतीको कप्तानी कोर्टमा उत्रिएको पुलिसले स्टार खेलाडी प्रतिभा मालीको प्रदेश नं ३ विरुद्ध पहिलो सेट १८–२५ ले गुमाएको थियो भने दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रदेश नं ३ ले तेस्रो सेट २५–२३ ले कब्जा जमाएर २–१ को अग्रता लियो । दबाबमा परेको पुलिसले प्रदेश नं ३ लाई…

Read More