
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १२ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको बताउनुभएको छ । काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउण्डेशन ललितपुर शाखाको उद्घाटन तथा फोटो प्रदर्शन’ कार्यक्रममा उहाँले “देशमा परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको तर उहाँहरुकै इतिहास मेटाउन सरकार लागेको छ, यसका विरुद्ध काङ्ग्रेस आन्दोलनमा उत्रन्छ”, भन्नुभयो । नेता पौडेलले जहाज खरीद, एनसेल कर छलीलगायत विकास निर्माणमा भएका भ्रष्टाचारमा वर्तमान सरकारले सङ्लग्नता रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने बताउनुभयो । जीपी कोइराला फाउण्डेशनकी अध्यक्ष एवं काङ्ग्रेस नेत्री सुजाता कोइरालाले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसलाई कसैले…
चितवन, १२ माघ । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले काङ्ग्रेसमा आत्मसमीक्षा गर्दै आत्मविश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस माडी नगर समितिले आज माडीमा आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा थापाले पार्टी बलियो बनाउन लाग्नुपर्ने समय आएको बताउनुभयो । निर्वाचनमा भएका तिक्तता हटाउँदै पार्टीलाई बलियो बनाएर लैजानु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो । अहिले काङ्ग्रेस सङ्कटमा परेको भन्दै उहाँले सङ्कटका समयमा आत्मविश्वास बढाएर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस सङ्कटमा पर्दा सधैँ मुलुक पनि सङ्कटमा पर्ने गरेको भन्दै उहाँले यो सङ्कटबाट उठाउने जिम्मेवारी पनि काङ्ग्रेसकै काँधमा रहेको बताउनुभयो । संसद्बाट चिकित्सा विधेयक पास गर्दै…
भद्रपुर, १२ माघ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकमा राजनीतिक क्रान्ति पूरा भएको बताउँदै अब आर्थिक क्रान्तिका लागि निजी क्षेत्रलाई जुट्न आह्वान गर्नुभएको छ । आज झापाको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको पद हस्तान्तरण कार्यक्रममा उहाँले वैचारिक आस्था आ–आफ्ना ठाउँमा भए पनि सम्पूर्ण नेपालीले आर्थिक क्रान्तिका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री आङ्बोले विकासमा पक्ष र प्रतिपक्ष खोज्न नहुने बताउँदै भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि दलहरुबीचको उच्च एकता र सहमतिले मात्र सम्भव भयो, अब विकासका लागि पनि त्यसरी नै लागे मात्र आर्थिक क्रान्ति सम्भव हुन्छ ।” उहाँले निर्वाहमुखी कृषि प्रणालीको…
झापा, १२ माघ । झापाको मेचीनगर नगरपालिका–६ भन्सार कार्यालय गेट अगाडीबाट प्रहरीले शनिवार लगूऔषध सहित १ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २ ग्राम लागूऔषध खैरो हेरोईन सहित मेचीनगर नगरपालिका–१० बस्ने २१ बर्षका छोटु सहनीलाई पक्राउ गरेको हो । दिउँसो सवा २ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित सहनीलाई इलाका प्रहरी कार्यालय काँकड्भिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ, १२ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनले हराएको हो । नेपालले दिएको २४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएई १९ ओभर ३ बलमा अलआउट हुँदै मात्र ९७ रनमा समेटियो । युएईलाई सस्तैमा समेट्न सोमपाल कामीले पाँच तथा सन्दीप लामिछाने चार विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर २४२ रन बनाएको थियो । दोस्रो खेलमा ब्याटिङ सुधार गर्दै नेपालले घरेलु टोलीलाई २४३ रनको…
झापा, १२ माघ । झापाको कन्काई नगरपालिका–८ घागरा खोलामा शनिवार बिहान ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विहान ११ बजे पश्चिम तर्फ जाँदै गरेको मे १ त १४८९ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा सोही ट्याक्टरका चालक कन्काई नगरपालिका–१ बस्ने ४७ बर्षका बिनोद कुमार दर्नाल घाइते भई उपचारको लागि झापा स्थित बि.एण्ड. सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा बिहान साढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।
विराटनगर, १२ माघ । ६७ औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विविद्य कार्यक्रम गरी मनाएको छ । ‘स्मार्ट बोर्डस फर सिमलेस टे«ड, ट्रावल एण्ड टान्सर्पोट’ को मुख्य नाराको साथ भन्सार कार्यालयले विराटनगरमा विविद्य कार्यक्रम गरि मनाएको हो । भन्सार दिवसको अवसरमा ब्याटमिन्टन, एक दिवसीय मैत्रीपूर्ण फुटबल, विराटनगर – १८ स्थित सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई स्टेशनरी सामाग्रीको साथै खाजा वितरण गरिएको गरिएको थियो । भन्सार दिवसको अवसर पारेर अयोजना गरिएको विभिन्न प्रतियोगिताको विजेता हुने खेलाडीहरूलाई शनिबार भन्सार कार्यालमा एक भव्य कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरियो । विजेता हुनेहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार…
काठमाडौँ, १२ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो । आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) सम्म यो योजना लागू हुने निगमले जनाएको छ । पर्यटन प्रवद्र्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो छुट योजना ल्याइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा अन्य गन्तव्यमा पनि यो योजना विस्तार गरने लक्ष्य छ । ‘अहिले बैंकक…
काठमाडौँ, १२ माघ । प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् । प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो । परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग सम्बन्ध रहेको बताउनुभयो । अनुसन्धान भइरहेकाले वास्तविकता खुल्दै जाने उहाँको भनाइ छ । शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको अपराह्न ४ बजे सकुशल फेला पारिएको थियो । परिवारले रकम बुझेपछि जनकपुरका अपहरणकारी मनिषकुमार गुप्ताले तिलगङ्गास्थित गणेश होटल अगाडि बच्चा छाडेर फरार भएका थिए । सादा पोशाकका ४० भन्दा…
काठमाडौंँ, १२ माघ । नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनै पनि लापर्बाही नरहेको र नगरेको प्रष्ट पारेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले रासससँग कुरा गर्दै बसको छतमा राखिएको टिनको ट्याङ्का ११ केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भएको बताउनुभयो । “प्रसारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ”, उहाँले भन्नुभयो, “करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजको जन्ती बस त्यहाँबाट पार गरेको थियो त्यसमा केही भएन, तर करेन्ट लागेको गाडीको छतमा ट्याङ्का…