झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विपुल अधिकारी पाँचथर, १६ माघ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पुस्तौँदेखि गरिँदै आएको भेडापालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । खर्कको अभावले भेडीगोठ मासिने अवस्थामा पुगेको कृषकको भनाइ छ । उत्तरपूर्वी क्षेत्रमा पाँच दशक लामो समय भेडीगोठ सम्हालेर बसेका फालेलुङ–४, गुरुङटारका क्यादरलाल गुरुङले केही वर्ष अघि खर्कको अभावले भेडीगोठ छोड्नुभयो । अहिले गुरुङसँग ५० भेडामात्र छन् तर आफ्नो गोठमा होइन, अर्काको गोठमा । २०२१ सालदेखि भेडीगोठ बस्न थालेका क्यादरलालका भेडा आफ्नो गोठ नभएपछि अहिले अर्कै गोठको गोठालाले हेर्छ । उत्तरपूर्वी पाँचथरको याङवरक–१, च्याङथापुका गर्जमान गुरुङले पनि ३५ वर्षदेखि गर्दै आएको भेडीगोठ गत वर्ष बेच्नुभयो । अहिले उहाँ अर्कै पेशामा हुनुहुन्छ…

Read More

काठमाडौँ, १६ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानून नबन्दा समस्या परेको भन्दै सरकारले चाँडो कानून र संरचनामा परिवर्तन गर्न लागेको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले केन्द्रस्तरमा निर्माण गर्नुपर्ने नीति नियम बनाउन सरकार सकारात्मक रहेको भन्दै सही सुझाव दिन सबैलाई आग्रहसमेत गर्नुभयो । देउराली–जनता फर्मास्यूटिकल्स गौरव गर्न लायक उद्योगका रुपमा विकास हुँदै गएको भन्दै उहाँले थप गुणस्तरीय वस्तु उत्पादन गर्न सुझावसमेत दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले जनतासँग गाँसिएको संस्थामात्र बाँच्न सक्ने हुँदा कम्पनीले स्वास्थ्य चेतना अभिवृद्धिमा…

Read More

आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४–० गोलले हराउँदै कतार एसिएन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबारराति सम्पन्न खेलमा कतारले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो। कतारको जितमा बोउलेम खोउखीले २२ औं मिनेटमा खाता खोले। ३७ औं मिनेटमा अल्मोज अलीले गोल गर्दै पहिलो हाफका कतारको अग्रता दोब्बर बनाए। ८० औं मिनेटमा हसन अल हैदोसले तेस्रो गोल गरे। इन्जुरी समयमा हमिद इस्मेलले अर्को गोल थप्दै कतारको जित सहज बनाए । यूएई खेलको अन्तिम समयमा १० खेलाडीमा खेल सकेको थियो । यूएईका इस्मेल अहमेद रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि कतारले चौथो गोल थपेको थियो ।…

Read More

मोरङ, १६ माघ । मोरङको पथरी–शनिश्चरे नगरपालिका–४ मा बुधवार बिहान उच्च रक्तचापबाट १ बृद्धको मृत्यु भएको छ । बिहान करिव ७ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा उच्च रक्तचापका कारण अचानक बेहोस भई सोही नगरपालिका बस्ने बर्ष ७४ को अशोक मगरको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागी मंगलवारे अस्पताल उर्लावारी पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ, १६ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । अक्सिडेन्टल पब्लिक स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्कुलले आजदेखि सानोगौचरमा आयोजना गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री विश्वकर्माले राष्ट्रका लागि पदक जित्न सफल खेलाडीलाई मासिक भत्ता दिन सके खेलाडी पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । खेलकूदका माध्यमबाट विद्यार्थीमा बौद्धिक विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बालबालिकामा चाहनाअनुसारको खेलमा समयदेखि नै उचित लगानी गर्न सके प्रतिफल राम्रो आउने उल्लेख गर्नुभयो । नेपाली क्रिकेटले हासिल गरेको पछिल्लो उपलब्धिको प्रशंसा गर्दै उहाँले मुलुकलाई संसारमा चिनाउने एकमात्र माध्यम खेलकूद भएको उल्लेख…

Read More

सप्तरी, १६ माघ । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ । मृतककी आमासमेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको र उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटक लागेको दागसमेत देखिएकाले प्रहरीले सूक्ष्म अनुसन्धान…

Read More

गरिबी तथा भोकमरीबाट जुधिरहेको देश उत्तर कोरियाका तानाशाह किम जोङ उनले पौडी, हाइकिङ्ग तथा साहसिक खेलसँग सम्बन्धित उपकरण साधनहरु सार्वजनिक गरेका छन् । किमले लञ्च गरेका ती फेसन प्रडक्ट निकै विशेष र दुनियाँमै अद्वितीय रहेका छन् । यी कपडाको सबैभन्दा अनौठो विशेषता के भने जिउमा लगाएका यी कपडा खान पनि सकिन्छ । उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले ती अनौठा कपडाको उत्पादन गरेको हो । फ्लेन लेट फ्याब्रिक्सबाट यी कपडा बनाइएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान सकिन्छ । कपडा पौष्टिक हुनुका साथै…

Read More

मुम्बई – भारतीय पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो । दुर्घटनामा उनका पति गम्भीर घाइते भएका छन् । दुर्घटना सुरीर कोतवाली क्षेत्रको वरिपरि भएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । दुर्घटनाका प्रत्यक्षदर्शी शिव वीर सिंहले कार तेज तफ्तारमा भएका कारण दुर्घटना भएको बताए । प्रहरीका अनुसार कारमा सवार भाटियाका पतिको अस्पतालमा उपचार भइरहेको र भाटियाको उपचारको क्रममा मृत्यु भएको हो । शिवानी बिहारको सीमामन्ढीमा जन्मिएकी थिइन् । हाल कामको सिलसिलामा दिल्ली बस्दै आएकी थिइन् । शिवानी प्रायः दिल्ली नोएगाको नजिकै स्टेजमा शो…

Read More

सुर्खेत, १६ माघ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश इञ्चार्ज जनार्दन शर्माले बलियो कम्युनिष्ट पार्टी (नेकपा)ले मात्र कर्णाली समृद्ध बनाउन सक्ने बताउनुभएको छ । आज यहाँ आयोजित ‘जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेला’ कार्यक्रममा बोल्दै प्रदेश इञ्चार्ज शर्माले विगतको गुटगत मानसिकतालाई भत्काएर अघि बढ्न पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । “बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ”, इञ्चार्ज शर्माले भन्नुभयो, “समाजवादमा लैजान नयाँ कम्युनिष्ट पार्टी निर्माण भएको हो ।” उहाँले जनतालाई व्यवस्थित, भरपर्दो र प्रभावकारी सेवा दिएर नेकपालाई जनताको आस्थाको केन्द्रका रुपमा विकास गर्दै लैजाने धारणा व्यक्त गर्नुभयो । प्रदेश सहइञ्जार्च यामलाल कँडेलले विधि र विधानमा चल्ने पार्टीको…

Read More

काठमाडौँ, १६ माघ । डेनिस रेडक्रसका सद्भावनादूत विश्वयात्री सी पेडर्सन थोर विश्वयात्राका क्रममा नेपाल आइपुग्नुभएको छ । उहाँको नेपाल भ्रमण १७९ औँ मुलुक हो । हालसम्म कुनै उडान नगरी स्थल र जलमार्गको प्रयोग गरी उहाँ विश्व भ्रमणमा नयाँ कीर्तिमान कायम गर्ने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल सोमबार आइपुग्नु भएको हो । यस क्रममा उहाँले नेपाल रेडक्रस सोसाइटीद्वारा बालकुमारीमा सञ्चालित राष्ट्रिय रक्त सञ्चार केन्द्रमा मङ्गलबार पुगी रक्तदान गर्नुभएको सोसाइटीले जनाएको छ । “मानवीय सेवाको महान कार्य रक्तदान हो, सेवा, सहयोग र आत्म सन्तुष्टिका लागि रक्तदान राम्रो माध्यम हो, सबै मानवका शरीररमा उस्तै प्रकारका रगत चलायमान भइरहेको हुन्छ ।” रक्तदान…

Read More