झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ओखलढुंगा, १० फागुन । ओखलढुंगाको सिद्धीचरण नगरपालिका–२ ठुलाछाप भन्ने स्थानमा बिहीवार करेण्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । दिउँसो साढे ३ बजे बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा अचानक करेण्ट लागेर सिद्धीचरण नगरपालिका–१२ भडारे घर भई विद्युत प्राधिकरण ओखलढुङगाका प्रबिधिक बर्ष ३१ को जनक गुरुङ घाइते भएका थिए । करेण्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाईएकोमा उपचारको क्रममा अपरान्ह ४ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Read More

काठमाडौं, १० फागुन । उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदार पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एक तिहाई त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् । नेपालीहरुको शैक्षिक गन्तव्यका रुपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो । नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानाडा, बेलायत पनि नेपाली विद्यार्थीका लागि आर्कषक गन्तव्य हुन् केन्द्रीय बैँकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षमा अमेरिका,…

Read More

काठमाडौं, १० फागुन । नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। काठमाडौं, १० फागुन । नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैयाँ लगानी गर्नुपर्छ। यही साता मलेसिया सरकारको सम्बद्ध निकायले कलिङ भिसाको म्याद सकिएको र अब…

Read More

काठमाडौं, १० फागुन । सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएका हुन् । ‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेँ,’ नेम्बाङले संवाददाहरुसँग भने । नेम्बाङले आफ्नो चश्मा राख्ने बट्टाबाट भिडियो भएको पेनड्राइभ अनुसन्धान अधिकृतलाई बुझाएका थिए ।

Read More

काठमाडौँ, १० फागुन । मिनी म्यानपावरका रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अष्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । बढी कमिसन आउने लोभमा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो । अहिले एआईबीटीमा भर्ना गर्ने कन्सल्टेन्सीका अधिकांश सञ्चालकको फोन अफ रहेको छ । गतल क्रियाकलाप गरेका कारण उनीहरु फोन अफ गरी बेपत्तासरह भएका…

Read More

काठमाडौं, १० फागुन । इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ , सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्यनअनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद (नार्क), आन्तरिक राजस्व विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकमका संस्थागत इमेल प्रयोग गरी एडल्ट र डेटिङ साइटमा प्रोफाइल तयार पारेको भेटिएको हो । सूचना प्रविधि सुरक्षामा कार्यरत कम्पनी ‘थ्रेटनिक्स’ले गरेको अध्ययनबाट सरकारी इमेलबाटै एडल्ट साइटमा प्रोफाइल बनाएको तथ्य फेला पारेको हो । ‘पदअनुसारको वा व्यक्तिगत खाता प्रयोग गरी…

Read More

काठमाडौं, १० फागुन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले भने, ‘उनका अनुयायी यही छन्, भन्छन् तर हामीसँग उनी यही छन् भन्ने केही आधार छैन ।’ आश्रमभित्र अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुव्र्यहार भएको जस्तो आरोप लागेपछि बम्जन सार्वजनिक भएका छैनन् । गत माघ ६ गते ३…

Read More

काठमाडौँ, १० माघ । सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा तयार पारिएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफा ५६ मा प्रत्येक सरकारी निकाय र सार्वजनिक संस्थाले वेबसाइट सञ्चालन गर्नुपर्ने र वेबसाइटको सञ्चालन, डिजाइन र विकाससम्बन्धी मापदण्ड मन्त्रालयले तोकबमोजिम हुने उल्लेख छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, ९ फागुन । आजदेखि यहाँ ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ शुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विश्वमा रहेका देशलाई एकअर्कामा आपसी एकता, सद्भाव बढाउन महोत्सवले भूमिका खेल्ने बताउनुभयो । उहाँले महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई विश्वसामु चिनाउन सफल हुनेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले विश्वलाई चिनाउने सफल चलचित्र क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नीर शाह, सुनिल थापा लगायतले महोत्सवले स्वदेश तथा विदेशका कला संस्कृतिबारे जानकारी गराउने बताउनुभयो ।…

Read More

फिदिम, ९ फागुन । बीसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा पाँचथरमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिएको छ । लिम्बू विद्यार्थी मञ्चलगायत संस्थाको आयोजनामा सञ्चालित गोष्ठीमा कविले नेपाली, लिम्बू तथा शेर्पा भाषामा आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । कवि प्रेम ओझा, दीलेन्द्र कुरुम्बाङ, मधुराज केरुङ, निशा लोवा, दोलाक्पा शेर्पा, सागर केरुङ लगायतले मातृभाषामा कविता वाचन गर्नुभयोे । नेपाल आदिवासी जनजाति महासङ्घ पाँचथरका अध्यक्ष रिञ्जी शेर्पाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइँदा भाषा र साहित्यको संरक्षण ओझेलमा परेको बताउनुभयो । किरात याक्थुङ चुम्लुङका प्रदेश समिति मुख्यसचिव मधुराज केरुङले पाँचथरले मातृभाषा तथा साहित्यको विकासलाई स्तरीकरण गर्ने स्थितिमा पु¥याउँदा अन्य जिल्ला धेरैपछि परेकोतर्फ सचेत हुन आग्रह…

Read More