झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २० पुस । टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक–पटक सरकारमाथि दबाब दिँदै आएको थियो। संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन संविधानविद् विपीन अधिकारीले फौजदारी अभियोगमा थुनामा रहेका व्यक्तिलाई सांसद पदको शपथ गराउन नमिल्ने तर्क गरेका छन्। फौजदारी अभियोगसम्बन्धी मुद्दा न्यायिक प्रक्रियामा रहेका बेला चौधरीलाई कानुनविपरीत शपथ गराइएको अधिकारीले दाबी गरे । ‘संसद् भनेको जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने स्थल हो’, अधिकारीले भने, ‘जनताको प्रतिनिधि हुन न्यूनतम चारित्रिक स्तर कानुनले निर्धारण गरेको छ। चौधरीको…

Read More

विराटनगर, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको विकासबाट नै राष्ट्रको उन्नति हुने बताउनुभएको छ । राष्ट्रपति भण्डारीलाई स्वागत तथा अभिनन्दका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज आयोजना गरेको कार्यक्रममा उहाँले चेतना र लोकतन्त्रको सम्वाहक महेन्द्र मोरङ क्याम्पसको भूमिका अग्रणी छ भन्नुभयो । राष्ट्रपति भण्डारीले विगतमा आफू यस क्याम्पसमा अध्ययन गरेको स्मरण गर्दै मुलुकमा भएको राजनीतिक परिवर्तनपछि समृद्धिको बाटोमा हिँडिरहेको अवस्थामा शैक्षिक संस्थाले सोहीअनुसारका पाठ्यक्रम र जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा भएको अपार सम्पदाको उपयोगका लागि आवश्यक रणनीति बन्नुपर्छ भन्दै चरित्रवान, लगनशील र देशभक्तिको भावना बोक्ने जनशक्तिले राष्ट्र समृद्ध हुने धारणा राख्नुभयो । प्राज्ञिक संस्थाले…

Read More

बनियानी, १९ पुस । पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी–१० स्थित माइधारमा आज दिउँसो भएको दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फुरम्बी–४ का २१ वर्षीय सञ्जुहाङ लिम्बू र सोही स्थानका २५ वर्षीय सबिन फुरम्बी लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.१३च ३१३८ नम्बरको बुलेरो जीपलाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे.४प ३२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबाट एक जनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।…

Read More

काठमाडौँ, १९ पुस । सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ रु ४० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर नगरपालिकाका मनिष ढुङ्गाना, काठमाडौँ काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् । यसैगरी, काठमाडौ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडाँै बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडाँै तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले आज जानकारी दिएको छ । उनीहरुले एक किलो नक्कली सुन…

Read More

बिर्तामोड, १९ पुस । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बौद्ध धर्मावलम्बीहरुले प्रयोग गरेको खादाको विषयमा आफ्नो कुनै आपत्ति र असहमति नरहेको जनाएका छन् । उहाँले आज प्रेस विज्ञप्ति जारी गर्दै बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने खादाप्रति आफूले कुनै दुराभाव नराखेको स्पष्ट पार्नु भएको छ । ‘पुस १५ गते तमू ल्होसार पर्वको अवसरमा बिर्तामोड नगरपालिका वडा नं. १० स्थित धर्मचक्र गुम्बामा आयोजित कार्यक्रममा मैले बोलेको विषयलाई लिएर तमू ह्युल छोज् धींद्वारा प्रकाशित प्रेस विज्ञप्तिप्रति मेरो ध्यानाकर्षण भएको छ’, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘म आफूले बिर्तामोड नगरको समृद्धि र विकासप्रति देखाएको तदारुकता र सबैको भावनालाई सम्बोधन गरेर लैजाने सोच कसैबाट छिपेको…

Read More

बिर्तामोड, १९ पुस । खादाको विषयमा बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले दिनुभएको अभिव्यक्तिको विषयमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडले आपत्ति जनाएको छ । महासंघले आज एक प्रेसविज्ञप्ति जारी गर्दै नगरप्रमुखको अभिव्यक्तिले सम्पूर्ण आदिवासी जनजातिको भावनामाथि गम्भीर चोट पुगेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक, लोकतान्त्रिक, धर्म निरपेक्ष राज्य हो । हाम्रो आफ्नै मौलिक चाडपर्व, रीतिरिवाज, भाषा, धर्म, संस्कार, संस्कृति र मनोविज्ञान छ । बहुधार्मिक समाजमा सबैलाई आ–आफ्नै चाडपर्व तथा धर्म, संस्कार मनाउन पाउने स्वतन्त्र अधिकार संविधानले व्यवस्था गरेको छ ।’ महासंघका बिर्तामोड अध्यक्ष गोपाल राई र सचिव सुमन लिम्बूद्वारा…

Read More

काठमाडौँ, १९ पुस । प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुनुहुन्छ । शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गर्नुभएको थियो । उहाँलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गर्नुभएको थियो । सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताउनुभयो । शपथ कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका…

Read More

सुनसरी, १९ पौष । सुनसरीको कोशी गाउपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् । बुधबार बिहान १० बजेको समयमा कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने २७ बर्षका अखलेश मन्डल र १४ बर्षका प्रमोद राउतलाई हानेर घाईते बनाएको थियो । घाईते दुबैजनाको धरानस्थित वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पश्चात अखलेश डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

मोरङ, १९ पौष । मोरङको रंगेली नगरपालिका–१ नन्दखोलाबाट वालुवा निकाल्ने क्रममा कुटपिट हुँदा १ जना घाईते भएका छन् । आज दिँउसो साढे १२ बजेको समयमा सोही स्थान बस्ने २१ बर्षका भिलु राउत र २५ बर्षका अनिरुद्र साहबिच बादविबाद हुँदा भिलु राउतले अनिरुद्र साहलाई बाल्टिनले छातीमा हान्दा बेहोस भएका साहलाई तत्काल उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल ल्याईएको थियो । कुटपिट गर्ने भिलु राउतलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

भद्रपुर, १९ पौष । भद्रपुर ५ स्थित गौतम बुद्ध प्राथमिक विद्यालयले विविध कार्यक्रमका साथ ५५ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष निर्मला राजवंशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान, उत्कृट शिक्षक तथा कर्मचारी सम्मान गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा ओमप्रकाश गोयल स्मृति पुरस्कारबाट शिशु कक्षादेखि ५ कक्षासम्म प्रथम हुने विद्यार्थीलाई नगद दुई हजारले पुरस्कृत गरिएको थियो भने द्वितीय हुनेलाई १ हजार ५ सय तथा तृतीय हुनेलाई एक हजारका दरले पुरस्कृत गरिएको थियो । यसैगरी शुभलक्ष्मी पुरस्कारबाट कक्षा ५ का प्रथम हुने छात्रलाई नगद एक हजार तथा…

Read More