झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, १० पौष । सुनरीको ईटहरी उप–महानगरपालिका–४ बाट प्रतिबन्धित लागूऔषधसहित १ जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–४ का ४२ वर्षीय राजकुमार ठाकुरलाई सोमवार बेलुका पक्राउ गरेको हो । ठाकुरको साथबाट डाईलक्स डि.सी. ९ बोतल, नाईट्रोसन ७७ ट्याव्लेट, नाईट्रोभेट ४१ ट्याव्लेट, स्पास्मोप्रोक्सिभन ५१ ट्याव्लेट बरामद गरेको छ । प्रहरी टोलीले लागूऔषध ओसार पसारमा प्रयोग गरिएको बा ४६ प १९६८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । लागू औषध सहित पक्राउ परेका ठाकुरलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

Read More

तेह्रथुम,१० पौष । सवारी ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहेका १ जनालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत तेह्रथुमबाट २०७५।३।२४ गतेको फैसला आदेशले ३ बर्ष कैद र ७,५००।– जरिवाना तोकिएका आठराई गाउँपालिका–६ ईवा बस्ने वर्ष १९ को बिशाल गहतराजलाई पौष ९ गते फिदिमबाट पक्राउ गरिएको हो । पक्राउ परेका फरार प्रतिवादी गहतराजलाई अदालतले तोकेको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि सम्मानित जिल्ला अदालत तेह्रथुममा बुझाइएकोमा कैद सजाय भुक्तानको लागि जिल्ला कारागार तेह्रथुम चलान गरिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

सागर गौतम खुदुनाबारी, १० पुस । मुटु रोगबाट पीडित झापाको अर्जुनधारा–२ कि दिलकुमारी नेम्वाङको उपचार गर्नका लागि आर्थिक सहायताको अपिल गरिएको छ । स्थानीय वासिन्दाले नेम्वाङ बचाउ समिति निर्माण गरेर सहयोगको अपिल गरेका हुन् । आर्थिक रुपमा बिपन्न नेम्वाङको जायजेथाबाट उपचार सम्भव नहुने भएपछि परिवारको अनुरोधमा स्थानीयले समिति निर्माण गरेर सहयोगको याचना गरेका छन् । नेम्वाङको मुटुको धमनीमा पाँचवटा पाइप हाल्नुपर्ने स्थानीय स्वास्थ्यकर्मी खगेन्द्र लिङदेनले जानकारी दिए । नेम्वाङको गंगालाल ह्दय रोग उपचार केन्द्रमा उपचार भइरहेको बताइएको छ । उनको उपचारका लागि ८ लाख रुपैंयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । ६३ बर्षिया नेम्वाङका चारजना छोरा छन् । यसअघि रोग…

Read More

शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफ अभिनित फिल्म ‘जिरो’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा अभिनेता शाहरुख खान बउवा सिंह नामको एक यस्तो यूवकको भूमिकामा देखिएका छन् जो आफ्नो होचो पनका कारण जिन्दगीमा हण्डर र ठक्कर खाइरहेको हुन्छ । तर उसको हँसिलो स्वभावका कारण जीन्दगीमा रमाउन र अरुलाई हँसाइरहेको हुन्छ । यस फिल्ममा अभिनेत्री कट्रिना केफ र अनुष्का शर्माको पनि मुख्य भूमिका रहेको छ । अभिनेत्री अनुष्का शर्मा एक प्यारालाइज्ड वैज्ञानिकको भूमिकामा देखिएकी छिन् भने अभिनेत्री कट्रिना केफ एक अभिनेत्रीको भूमिकामा देखिएकी छिन् । यस्ती अभिनेत्री जो उसको निजी जीवनमा आएका मुश्किलहरुको सामना गर्दै कसरी उनको काम पूरा गर्छिन् भन्ने…

Read More

सागर गौतम खुदुनाबारी, १० पौष । नेपालमा मौलाउँदो लागूऔषध दुव्र्यसनीहरुको न्यूनीकरणकालागि मदिराजन्य पद्धार्थ तथा लागूऔषध दुव्र्यसनका कारणले समाजमा घट्ने अपराधिक क्रियकलाप मध्ये ६० देखि ६५ प्रतिशत कारकतत्वको रुपमा मदिराजन्य पदार्थ र लागूऔषध दुव्र्यसन रहेको बताएका छन् । नेपालमा मौलाउँदो सुर्तिजन्य पदार्थ तथा लागूऔषध दुव्र्यसनी विरुद्धको न्यूनीकरणकालागि विद्यालय, अभिभावक समुदाय सचेतना कार्यक्रम महत्वपूर्ण रहेको चेतना नेपालका अध्यक्ष एंवम् प्रशिक्षक इन्द्र ओलीले बताएका छन् । अर्जुनधारामा देखिएको लागूऔषध सम्बन्धी अपराधिक गतिबिधीलाई न्यूनीकरण गर्ने अर्जुनधारा नगरपालिकाकाले आयोजना गरेको अर्जुनधारा–७ स्थित जलेश्वर धामको सभाहलमा सम्पन्न लागूपदार्थ दुव्र्यसन विरुद्धको अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन । “दुव्र्यसनलाई निरुत्साहित बनाउन अभिभावक, समाजको सचेत भूमिकाबाहेक सुधार…

Read More

सरकारी तथ्यांक अनुसार मेक्सिकोमा २००६ देखि ३७०० मानिस बेपत्ता भइसकेका छन् । ती मध्ये केहीको विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त छैन । उनीहरुले आफ्ना परिवारलाई छोडेर गएका छन्, जो उनका बारेमा जान्न चाहन्छन् । मेक्सिकोको उत्तरी राज्य सिनालोआमा एक जना आमा आफ्ना बेपत्ता भएका परिवासका सदस्यलाई खोज्ने अभियानमा जुटेकी छन् । जब उनले कुनै अवैध चिहान फेला पार्छिन तब उनी कोदालो लिएर चिहान खन्न पुग्छिन्। फोटो पत्रकार एलेखान्द्रो सेगार्राले ती महिला र उनीजस्तै अन्य ३० महिलालाई आफ्नो क्यामराका कैद गरेका छन् । सेवानिवृत शिक्षिका मिरना नेरेदा मेडिनाले यो कामको सुरुवात गरेकी हुन् । २०१४ मा उनका छोरा रोबर्टो गाउँ बाहिरको…

Read More

कास्की, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महीनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताउनुभयो । जारी बैठकले सचिवालयबाट घोषणा गरिएको प्रदेश कमिटी अनुमोदन गर्ने, पार्टीको जिल्ला कमिटी, महानगरलगायत तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनको एकीकरणको आधार तयार गर्ने, केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गरी…

Read More

कुमार चौलागाई काठमाडौँ, १० पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा छ पटकको लिग विजेता नेपाल पुलिसले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । विसं २०१२, २०१३, २०६३, २०६६, २०६७ र २०६८ सालको विजेता टोली जारी लिगमा दशौँ चरणका खेल सकिँदासम्म पुलिसले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जारी लिगमा पुलिस चारमा जित, तीनमा बराबरी र तीनमा हार बेहोर्दै तालिकाको छैटौँ स्थानमा छ । कुनै बेला लगातार तीन पटक उपाधि जितेर ट्रफी पचाएको पुलिस पछिल्ला वर्षमा कमजोर बन्दै गएको हो । पुलिसका प्रशिक्षक अनन्त थापाले पछिल्लो समय क्लबले उकृष्ट खेलाडी भित्र्याउन नसक्दा नेपाल पुलिस कमजोर बन्दै गएको बताउनुभयो । “ठूलो…

Read More

तेह्रथुम, १० पुस । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०।३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् । प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा…

Read More

चितवन, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी चितवनले आज यहाँ आयोजना गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको बताउनुभयो । राज्यले सबै धर्मप्रति आस्था राख्ने जनतालाई समान व्यवहार गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीका नेता पुष्पलालको कुरा गरौं या नेपाली काङ्ग्रेसका बिपीको उहाँहरु संस्कार विरुद्ध, एउटा वैज्ञानिक मान्यता, अन्धविश्वासका निमित्त वैज्ञानिक धारणा स्थापित गर्न लाग्नुभयो ।” जनताको आस्थालाई अपमान गर्ने कसैको…

Read More