
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ६ पुस । झापाको मेचीनगर–६ स्थित भन्सार गेटबाट लागुऔषध खैरो हिरोइनसहित एक युवालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–१ का आरिप महमद रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले आरिपको साथबाट २ ग्राम खैरो हिरोइन बरामद गरेको छ । पक्राउ परेका आरिपमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड, ६ पुस । झापाको बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई आज सूचनाको हक, पत्रकारिता, मुलुकी संहिताबारे प्रशिक्षण प्रदान गरिएको छ । यहाँस्थित साझामञ्च मिडिया प्रालिको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा जनप्रतिनिधि तथा कर्मचारीलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो । उनीहरुलाई नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले प्रशिक्षण दिनुभएको छ । उहाँले सहभागीलाई सूचनाको हकको प्रयोग र उपयोगिताबारे जानकारी गराउनुभयो । कार्यक्रममा गाउँलेले सूचनाको हकको प्रयोगबाट जनप्रतिनिधि र कर्मचारीले गरेको निर्णय जस्ताको तस्तै नागरिकले थाहा पाउने बताउनुभयो । ‘सूचनाको हकले कुनै पनि विषयलाई ‘मिलाउने’ भन्ने कुरालाई प्रहार गर्छ’, उहाँले भन्नुभयो, ‘यसले हुन्छ वा हुँदैन भन्ने कुरालाई केही गर्दैन ।’ ‘धेरै…
बिर्तामोड, ६ पुस । झापाको अर्जुनधारा–५ लक्ष्मीपुरस्थित नवदुर्गा पाञ्चायतन मन्दिरमा सप्ताह श्रीमद् लिङ्ग महापुराण शुरु भएको छ । पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना हुने पुराणको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले गरेका थिए । १८ औं पुराण लगाउने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको पुराणमध्ये यो १४ औँ अनुष्ठान भएको पुराण आयोजक समितिका अधयक्ष छविलाल लम्सालले जानकारी दिए । पुराण उद्घाटनको अवसर पारेर नवदुर्गा सामुदायिक भवनको समेत औपचारिक रुपमा उद्घाटन गरिने उनले बताए । पुराणमा पण्डित पुरुषोत्तम गजुरेलको प्रमुख वाचन रहने र पण्डित लक्ष्मप्रसाद पोखरेलको उप वाचन रहने अध्यक्ष लम्सालले बताए । पुराणका लागि २ लाख ५० हजार अनुमानीत…
काठमाडौँ, ६ पुस । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधानमल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताउनुभएको छ । महिला, कानून र विकास मञ्चले आज ललितपुरमा आयोजना गरेको घरेलु तथा यौन हिंसासम्बन्धी परेका मुद्दाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक कार्यक्रममा न्यायाधीश मल्लले कुनै पनि कुराको पूर्णता तथा पर्याप्तता नहुने तर त्यसबाट अवसरको सिर्जना हुने धारणा प्रस्तुत गर्नुभयो । पीडितलाई न्याय तथा क्षतिपूर्तिमूलक न्यायलय रहेको भन्दै न्यायाधीश मल्लले कुनै पनि काम गर्ने तथा निर्देशन दिने प्रणाली सत्य र तथ्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला, यौनजन्य हिंसा तथा मानव बेचबिखनसम्बन्धी कानूनअनुसार मुद्दा नै दर्ता नभएकाले कानून कार्यान्वयन गर्न कठिनाइ…
काठमाडौँ, ६ पुस । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका १५ वर्षीय राजीव देउला र दोलखाका १६ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईँले चोरी गर्न प्रयोग हुने सामान र चोरीका सामानसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले रु ६६ हजार ५७५ नगद, ल्यापटप तीन थान, मोबाइल नौ थान, आइफोन एक थान, ढलोटको मुर्ति एक थान, सुनको…
भोजपुर,६ पुस । तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो । निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ । भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडाँै भने आइतबारबाहेक हप्तामा…
लहान, ६ पुस । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन गरेका हुन् । व्यथाले चयापेपछि बुधबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएकी सञ्जुलाई त्यहाँबाट चिकित्सकले विराटनगर वा धरान लैजान सल्लाह दिएकाले परिवारजनले बाहिर लैजान तयारी गरेका बखत एक एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान सल्लाह दिए…
काठमाडौँ, ६ पुस । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने सहमति भएको उहाँले बताउनुभयो । प्रवक्ताले शर्माका अनुसार शीर्ष नेताबीच भएको सहमतिलाई आजै केन्द्रीय समिति बैठक बसेर पारित गरिनेछ । केन्द्रीय समितिबाट पारित भएपछि विधान मस्यौदा प्रतिवेदन भोलिको महासमिति बैठकमा पेश गर्ने पार्टीको तयारी छ । काङ्ग्रेसको महासमिति बैठक गत मङ्सिर…
विराटनगर, ६ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताउनु भएको छ । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उहाँले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गर्नुभयो । मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाइ हुने भन्दै विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य प्रारम्भ भइसकेको छ भन्नुभयो । उहाँले विराट ट्रेड एक्स्पोले यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन थप टेवा दिने चर्चा गर्दै व्यापार र उद्योगलाई बढावा दिने विराटनगर किमाथाङ सडकको २३ किमी ट्र्याक खोल्न मात्र बाँकी रहेको जानकारी दिनुभयो…
काठमाडौँ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ४१ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् । गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ बजेदेखि करिब तीन घण्टा बसेको थियो । बैठकमा नेताहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले बोल्नुभएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल चलिरहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको…