झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

किरण पौड्याल इलाम, ५ पुस । पछिल्लो समय खेत जोत्नदेखि धान काट्नसम्म परम्परागत प्रविधि छाडेर आधुनिक शैली अपनाउन थालिएको छ । कम जनशक्ति र थोरै लागतमा काम हुने भएपछि सबै क्षेत्रमा अहिले प्रविधिको प्रयोग हुन थालेको हो । तर, यसको ठिक उल्टो चिया टिपाइमा भने प्रविधि प्रयोग घट्दै गएको छ । चियामा प्रविधि प्रयोग ‘झञ्झटिलो’ र धेरै लागत लाग्ने भएकाले प्रयोग गर्न छाडेको चिया किसान बताउँछन् । पछिल्लो समय अधिकाँश किसानले प्रविधि छाडेर हातैले चिया टिप्न थालेका छन् । मेशिनले टिपिएको चिया खस्रो हुने, फ्याक्ट्रीले लिन नमान्ने र टिपेपछि पनि फेरि केलाउनु पर्ने समस्याले मेशिन प्रयोग घटाउँदै लगेको सूर्योदय नगरपालिकाका…

Read More

काठमाडौँ, ५ पुस । घातरोग (स्ट्रोक) का कारण नेपालमा वर्षेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान भएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका कारण मृत्यु हुने प्रक्षेपण गरेको छ । विशेषगरी मस्तिष्कघातको पहिचान र यसको उपचारमा दक्ष र गुणस्तरीय पहुँच नभएका कारण दुर्गम क्षेत्रमा यसको मृत्युदर बढी रहेको बताइन्छ ।यसैबीच, घात रोगको उपचारमा कसरी सहयोग पु¥याउने तथा रोगको उपचारसमेत छिटोभन्दा छिटो कसरी गर्ने भन्ने ध्येयले ‘स्ट्रोक थ्रोम्बोलाइसिस २०१८’ सम्बन्धी तालीम कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । सिनर्जी कर्पोरेशन र नेपाल स्ट्रोक एशोसिएशनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा उपत्यका बाहिरका विभिन्न अस्पतालमा कार्यरत ३० जना…

Read More

कुमार चौलागाईं काठमाडौँ, ५ पुस । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ । बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा रहेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको हो । लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित २७ अङ्कको साथ तालिकाको शीर्ष स्थानमा छ । मनाङलाई पच्छ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । लिगमा अब सबै क्लबले चार÷चार खेल मात्र खेल्न बाँकी छ । मनाङले अब दशौँ चरणमा नेपाल पुलिस, ११ औँ चरणमा…

Read More

मोरङ, ५ पौष । प्रहरीले नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जना प्रतिवादीलाई बुधवार पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङ जहदा गाउँपालिका–२ बस्ने ३८ वर्षको रामप्रित पासवान, ५५ को पन्चु साह, ६५ को सुर्य नारायण साहतेली, ५५ को डोमी पासवान, ३५ को श्रवण कुमार साह र ४५ को रविलाल मण्डललाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ साल श्रावण १६ गतेको फैसलाले उक्त मुद्धामा जनही २५ हजार रुपैयाँ जरिवाना सजाए तोकेको थियो । दिउँसो २ बजे गोपय सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका–२ मा लुकिछिपी…

Read More

मोरङ, ५ पौष । बिराटनगर महानगरपालिका–४ महेन्द्र चोकबाट प्रहरीले बुधवार १ युवकलाई लागूऔषध सहित पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१५ बस्ने बर्ष २२ को विकाश साहलाई पक्राउ गरेको हो । साँझ साढे ५ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका साहलाई चेकजाँचको क्रममा लागूऔषध एभिल–४० एम्पुल, डाईजेल्याव–३९ एम्पुल र लुपिजेसिक–३८ एम्पुल फेला पारी बरामद गरेको हो । बरामद लागुऔषधसहित उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

सिरहा, ५ पुस । मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेशका बजारमा चहलपहल कम हुन थालेको छ । खासगरी गरीब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट बाँच्न परालको ओछ्यान र गोबर गुइठाबाट सल्काएको आगोबाट शरीरलाई न्यानो पारी जीवन बिताइरहेका लहान–२३ का वीरेन्द्र गुप्ताले बताउनुभयो । कपडा पसलमा न्यानो कपडा किन्नेको भीड भएको अवस्थामा न्यानो कपडाको माग बढेपछि व्यापारीले बढी मूल्य लिइ मौकाको फाइदा उठाउने गरेका छन् । अस्पतालमा अहिले रुघाखोकी, निमोनियाका बिमारीको भीड रहेको डा…

Read More

कावासोती, ५ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिनुभयो भयो । उहाँका अनुसार घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । करीब ३५ जना यात्रु…

Read More

भद्रपुर, ५ पुस । नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन हुनुभएको उहाँकी पत्नी गीता भण्डारीले बताउनुभयो । “हिजो बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन”, उहाँले भन्नुभयो । नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाड्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उहाँ सम्पर्कविहीन हुनुभएको खबर आएलगत्तै खोजीकार्यका लागि…

Read More

काठमाडौँ, ५ पुस । संविधानअनुसार राज्यका काम फटाफट अघि बढ्नुपर्ने बेलामा राज्यलाई बाटो देखाउने निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समिति नै अलपत्र परेको छ । सरकारको कम कारबाही नीति कार्यान्वयनको अवस्थ हेर्नै जिम्मेवारी पाएको उक्त समितिले अहिलेसम्म कार्यविधि र कार्यदिशा तय गर्न नसकेको स्वंय सांसदहरु नै स्वीकार्छन् । ‘गठन भएको ३ महिना पुग्न लाग्यो एउटै गम्भीर बैठक बसेको छैन, ३ वटा सामान्य बैठकचाहिँ बसेको थियो ।’ एक सांसदले भने । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, ५ पुस । गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहारलगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो । सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मूलइ त निनृू प¥यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको आिर्थक चलखेल र मूल्य घटाउने विषय दुवै छाँयामा परेको छ । बुधबार चिनी उद्योगीहरुले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा आफूसँग ३ अर्ब रुपियाँ बराबरको ७७ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताए । ठूलो परिणाममा चिनी मौज्दात रहेको…

Read More