झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माबनियानी, २६ माघ । झापामा तीन हजार हेक्टरमा फलफूल खेती (एग्रो फरेष्ट)का लागि अवधारणा अघि सारिएको छ । झापाको तोपगाछीस्थित रतुवामाई वृक्षारोपण आयोजना अन्तरगतको करिब तीन हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्नका लागि अवधारणा अघि सारिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । रतुवामाई आयोजनालाई प्रदेन नं. १ सरकारको मातहतमा रहने गरी नयाँ योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । ‘आयोजना अन्तरगतको जग्गामा एग्रो फरेष्ट निर्माण लागि नयाँ प्रक्रिया शुरु गरिएको छ’, उहाँले भन्नुभयो, ‘आयोजनालाई प्रदेश सरकार मातहत ल्याउनुपर्छ, त्यसका लागि आवश्यक काम भइरहेको छ ।’ प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०६७ को नीति तथा कार्यक्रममै एग्रो फरेष्ट…

Read More

काठमाडौं, २६ माघ । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ । भेनेजुएला प्रकरणमा नेकपालाई दुई अध्यक्ष दाहाल र केपी शर्मा अ‍ोलीबीच दोहोरी चलिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’को रुपमा अथ्र्याएका थिए । त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने बताएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

झापा, २५ माघ । राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोक्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ती कार्यक्रमलाई तत्काल सुचारु नगरेमा र आफ्नो क्षेत्रलाई उपेक्षित गर्ने काम भए आफू अनशन बस्न पनि तयार रहेको बताए । ‘नसच्याए साँच्चिकै अनशन बस्छु, मेरो क्षेत्रका जनतालाई न्याय दिलाउने काममा अरु संघर्षका कार्यक्रम पनि गर्नेछु’, उनले भने । सत्तारुढ दलका कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट हुने गरेकाले आफ्नो क्षेत्रमा योजना नपरेको उनले बताए । कुनै ठाउँमा १० लाख मागेकोमा एक करोड…

Read More

काठमाडौं, २५ माघ । आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलले बताए । काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबारदेखि मौसम सफा हुने पौडेलले बताए ।…

Read More

काठमाडौं, २५ माघ । भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईलगायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा खुसी व्यक्त गरे । सानो–ठूलो जस्तो काम भए पनि नेपालमै गर्ने उनीहरूले सुनाए । उनीहरूमध्ये एक म्यानमार र ६ जनालाई दिल्लीबाट उद्धार गरिएको थियो । एक २२ वर्षीया युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पुर्‍याइएको थियो । एजेन्ट दिलबहादुर कार्कीले दुबईमा काम मिलाइदिन्छु भनेर म्यानमार पुर्‍याएको ती युवतीले बताइन् ।…

Read More

दमक, २५ माघ । झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको गृहनगर दमकमा भने अनेकौँ योजना केन्द्रीत गरिएका छन् । राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा अर्बौको बजेट विनियोजन गरेको छ । सरकाले दमकमा पौने ३ अर्बको लागतमा भ्यू टावर निर्माणका लागि टेन्डर आहवान गरेको छ । दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा अद्यौगिक क्षेत्र निर्माण अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ । प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निमार्ण योजना पनि अघि सारेका छन् । नगरपालिकाका…

Read More

सान नेपालगौरादह, २६ माघ । न्यूरोलोजिस्ट तथा मेटा फिजिक्स विद् डा. जयप्रकाश अग्रवाल तीन दिनको पूर्वी नेपालको भ्रमण सम्पन्न गरेर आज स्वदेश भारत प्रस्थान गरेका छन् । भारतको कालेंपुङ् निवासी डा. अग्रवाल आध्यात्मिक जागरणको लागी विभिन्न देशको भ्रमणमा सकृय रहेका छन् । विभिन्न कलेज तथा विद्यालयहरुमा पुगेर अग्रवालले युवाहरुलाई आध्यात्मिक मार्गमा हिड्नको लागी प्रेरणा प्रदान गर्दै आएका छन् । आजको वैज्ञानिक युगमा पनि अध्यात्मवादको उतिनै भुमिका रहने गरेको बताउने अग्रवालका विचारले स्कुल तथा कलेजका विद्यार्थीहरुको मन जित्न सफल भएका छन् । धर्मशास्त्रहरुमा वर्णन गरिएको तेश्रो आँखा खोल्न सकेमा र मानिसको दायाँ मष्तिस्कलाई कृयाशिल वनाउन सकेमा जीवनमा अकल्पनिय परिवर्तन र सफलता…

Read More

भद्रपुर, २६ माघ । भद्रपुर–७ स्थित एमरल्ड एकाडेमीमा विविध खाद्य परिकार महोत्सव सम्पन्न गरिएको छ । व्यवस्थापन संकाय अन्र्तगत कक्षा–११ र १२ को होट म्यानेजमेन्ट समूहको आयोजनामा साकारी र मंसहारी गरी १५ किसिमका खाद्य परिकारसहित महोत्सव सम्पन्न गरिएको हो । महोत्सवको संस्थापक प्रा.डा. पृथ्वीविक्रम राई, प्रा. तिलक प्याकुरेलले सम्युक्त उद्घाटन गरेका थिए । खाद्य परिकार निर्माणमा आयोजक विद्याथी समूहसित न्युजिल्याण्डमा होट म्यानेजमेन्ट अध्यापन गराइरहेका उज्वल खड्का एमरल्ड एकाडेमीका होटल म्यानेजमेन्ट प्रशिक्षक प्रज्वल खड्काको सहभागिता रहेको थियो । महोत्सवमा एक हजार ५ सय बढीले सहभागिता जनाएको आयोजकको भनाइ छ ।

Read More

भद्रपुर, २६ माघ । झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजारबाट प्रहरीले शुक्रबार लागूऔषध ओसार–पसारमा सम्लग्न एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बजारमा शंकास्पद अवस्थामा हिँडिरहेका भद्रपुर–७ का १९ वर्षीय सन्देश यादवलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेनारागन, लुपिजेसिक, डाइजोपाम १०÷१० एम्पुल र नाइट्रोजन ४८ ट्याब्लेट बरामद गरेको जिप्रका झापाले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका यादवलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

बनियानी, २६ माघ । झापाको बिर्तामोड नगरपालिका–९ स्थित नरियाबारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–१० का १८ वर्षीय मंगल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार नरियाबारीबाट हल्दिबारीतर्फ जाने क्रममा मे ९ प ७७४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको बेलको रुखमा ठोक्किँदा चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार बिर्तामोड–२ का १८ वर्षीय बिशाल दास र २० वर्षीय नबिन कटुवालसमेत गम्भीर घाइते भएका छन् । घाइते दुवैको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार…

Read More