झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ११ माघ । यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । दुबईमा आज भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा सात विकेट गुमाएर पुरा गरेको हो । यूएइको जितमा फहद नवाजले सर्वाधिक ३० रनको योगदान गरे । त्यस्तै अमिर हायात र इमरान हैदरले अविजित २४ र १८ रनको योगदान गरे । आठौँ विकेटका लागि आमिर हायात र इमरान हैदरले अविजित ४३ रनको साझेदारी गर्दै जितसम्म पु¥याए । हायातले ४२ बलमा २४ रन तथा हैदरले ३९ बलमा १८ रनको योगदान दिए । नेपालका पारस खड्का, करण केसी र…

Read More

सन्तोस शर्मा बनियानी, ११ माघ । प्रदेश नम्बर –१ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यबिना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले त्यस्तो बताउनुभएको हो । ‘अर्थतन्त्रको तीन खम्बामध्ये निजी क्षेत्र महत्वपूर्ण खम्बा हो’, उहाँले भन्नुभयो, ‘निजी क्षेत्रसँग सहकार्य नगरी मुलुकको आर्थिक विकास सम्भव छैन ।’ निजी क्षेत्रलाई सहकार्यका लागि प्रदेश १ सरकारले पहिलो नीति तथा कार्यक्रममै आह्वान गरिसकिएको समेत मुख्यमन्त्री राईले बताउनुभयो । समृद्धिको यात्रामा सहकार्यका लागि निजी क्षेत्रलाई प्रदेश सरकारले लगानीको वातावरण निर्माण र सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईले उल्लेख…

Read More

काठमाडौँ, ११ माघ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकबाट आज प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विरोध भए पनि चिकित्सा शिक्षा विधेयक पारित भएपछि बैठकबाट बाहिरिने क्रममा उहाँले सो प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलबाट सदनको ‘वेल’ घेरिएका अवस्थामा सभामुखले विधेयक पारित प्रक्रिया अघि बढाएर पदको गरिमानुसारको आचरण नगरेको भनी दुःख व्यक्त गर्नुभयो । “विपक्षी दल ‘वेल’मा भएको बेलामा कहीँ पनि विधेयक पारित हुँदैन, म प्रधानमन्त्री भएको बेला महाकाली सन्धिको विषयमा मनमोहनजीले ‘वेल’ घेर्दा मैले सदन बन्द गर्न आग्रह गरी वार्ता गरेर अघि बढेको थिएँ”, उहाँले भन्नुभयो, “ ‘वेल’ घेरेको बेलामा…

Read More

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संविधान, कानुन तथा संसदीय मूल्य र मान्यता विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको आरोप लगाएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकले सत्तापक्षको बलमा राष्ट्रिय चिकित्सा विधेयक पारित गरेलगत्तै बसेको काँग्रेस संसदीय दलको आकस्मिक बैठकले लोकतान्त्रिक मूल्य र मान्यतामा समेत गम्भिर असर गर्ने गरी सरकारले सो विधेयक पारित गराएको निष्कर्ष निकाल्दै निन्दा र भत्सर्ना पनि गरेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले शक्तिको दुरुपयोग गर्दै सरकारले सो विधेयक पारित गरेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाइको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। बैठकले सभामुख कृष्णबहादुर महरा सो विधेयक…

Read More

काठमाण्डौ, ११ माघ । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षाको क्षेत्रमा ऐतिहासिक फड्को भएको टिप्पणी गर्नुभएको छ । संसद बैठक पछि बाहिरिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । चिकित्सा शिक्षा विधेयक पारित हुनुले अब नेपालमा गुणस्तरीय चिकित्सक उत्पादनका साथै विपन्न वर्गका विद्यार्थीलाई पनि चिकित्सा शिक्षा अध्ययनका लागि बाटो खोलेको बताउनुभयो । विधेयक पारित भएसँगै नेता भट्टराईले आमरण अनसनमा बस्नुभएका डा.गोविन्द केसीलाई अनसन तोडेर उत्सव मनाउन आग्रह गर्नुभयो । ‘डा.केसीले उठाउनुभएको सबै विषयलाई विधेयले समेटेको छ,’ भट्टराईले भन्नुभयो, अब डा।केसीले चिकित्सा शिक्षाको विषय लिएर कहिल्यै पनि यस्तो कठिन संघर्ष गर्न पर्दैन ।’ नेता भट्टराईले…

Read More

तेह्रथुम, ११ माघ । प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । यहाँको प्राकृतिक सम्पदा, पर्यटन र पर्यावरणलाई वास्तै नगरी भएको सडक निर्माणका कारण पदमार्ग मासिएको हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गम स्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन् । राष्ट्रिय फुल लालीगुराँससहित एकै ठाउँमा यति धेरै प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्र ‘गुराँसको राजधानी’ नामले समेत चिनिन्छ । यही क्षेत्र भएर कञ्चनजंघा आधार शिविरतर्फ अघि बढेको पदमार्ग सडक निर्माणले मासिएपछि अहिले खासगरी विदेशी पर्यटकहरुको आवागमन पातलिएको छ । प्राकृतिक…

Read More

काठमाण्डौ, ११ माघ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभामुखले जालझेलपूर्ण तरिकाले संसदमा विधेयक पारित गराएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि नेता थापाले यस्तो प्रतिकृया दिनुभएको हो । मंगलबारको बैठकमा सभामुखको व्यवहार पूर्वाग्रही रहेको र आजको बैठकसम्म आईपुग्दा सभामुखको व्यवहार जालझेलपूर्ण पनि भएको उहाँले बताउनुभयो । सत्तारुढ दलका सांसदले चोक चौतारीबाट आदेश जारी गर्ने र सभामुखले त्यो आदेशलाई पालना गर्ने काम गरेको देखिएको भन्दै उहाँले सभामुखको कदम निष्पक्ष हुन नसकेको बताउनुभयो । निषेधको राजनीति गरेर सदनमा गरिएको यो व्यवहारले सरकार र सभामुख दुबैलाई महगो सावित हुने चेतावनी समेत उहाँले दिनुभयो ।…

Read More

तेह्रथुम, ११ माघ । तेह्रथुमको मेन्छेयम गाउँपालिका–६ खुरुङवा खोलामा शुक्रवार भिरबाट लडेर १ जना कामदार घाइते भएका छन् । कंचनपुर लालझडी गाउँपालिका–६ घर भई हाल मेन्छेयम–६ बस्ने ४० बर्षका राम बहादुर चौधरी घाइते भएका हुन् । सल्लेरी हाईड्रोपावरमा काम गर्ने क्रममा भिरबाट लडेर घाइते भएका चचौधरीलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम पठाईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Read More

काठमाडौँ, १० माघ । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो । खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० र सन्दीप लामिछाने १५ रनमा आउट भए । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालका विनोद भण्डारीले पाँच, पवन सर्राफले चार, करण केसीले तीन रन जोडेर आउट भए ।…

Read More

काठमाडौँ, ११ माघ । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुुभएको थियो । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आउनुभएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको हो । यसअघि बैठकमा सभामुख कृष्णबहादुर महराले राज्यको लगानी अभिवृद्धि गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय, भौगोलिक सन्तुलन र सर्वसुलभ तुल्याउने उद्देश्यले संसद्ले राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याएको जानकारी दिनुभयो । प्रतिनिधिसभा, शिक्षा तथा…

Read More