
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ४ फागुन । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ । पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गर्न पुगेका थिए । विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ४८ वर्षसम्म आइपुग्दा १८ जनाले कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा सभापति हुने मौका पाएका छन् । जसमा ६ निर्वा्चित, पाँच सर्वसम्मत र सात सभापति तदर्थ समितिबाट छानिएका छन् । महाधिवेशन गर्ने र नगर्नेको यस्तो छ इतिहास १८…
जनकपुरधाम, ४ फागुन । उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवके उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच सिद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ । पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार परेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ । स्रोतका अनुसार मन्त्री सचिवबीच टकराव र कुटाकुट अवस्था उद्योगमन्त्री रायले गराएको प्रतिवेदनमा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
भक्तपुर, ३ फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धि मूलक काम गर्न नसकेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस भक्तपुरले आज मध्यपुरथिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा उहाँले सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताउनुभयो । जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउँदै सभापति देउवाले दुई तिहाइको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधीहरु गरिरहेको जिकिर गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “देशमा हत्या, हिंसा, बलात्कारका घटना बढेपनि दोषीलाई कारवाही गर्न सरकारले सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्या…
विराटनगर, ३ फागुन । राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी राजधानी तथा विराटनगर महानगपालिका र तत्कालीन कटहरी गाविस, झोराहाट भौडाहा, भाथिगछ, बुधनगर, वैजनाथपुर , टङ्कीसिनवारी गाविस क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था कायम गर्न सरकारसँग आग्रह गरिएको हो । यसैगरी समितिले राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित हुनुपर्ने, राष्ट्रिय जनगणना आयोगको तथ्याङ्क विभागमा सूचीकृत उन्मुख जातिहरुको अलग्गै अभिलेखको व्यवस्था गरिनुपर्ने तथा भेडियारीस्थित विराट दरबार क्षेत्रको संरक्षण एवम् संवद्र्धन गरी पर्यटकीय क्षेत्रका…
काठमाडौँ, ३ फागुन । ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै सांसद सरिता गिरीले एकै दिन समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत गरेर पारित गरेर संसदीय व्यवस्थाकै अपमान गर्न खोजिएको बताउनुभयो । प्रदेश लोक सेवा आयोग गठनको व्यवस्था नगरी सङ्घीय लोक सेवा आयोगबाटै काम गर्न लागिएकाप्रति उहाँले आपत्ति जनाउनुभयो । सङ्क्रमणकालीन व्यवस्था सकियो भने पनि त्यसै अनुसार विधेयक ल्याइएकाप्रति सांसद गिरीले असन्तुष्टि जनाउनुभयो । सांसद प्रेम सुवालले राष्ट्रपतिले संस्थागत भ्रष्टाचार बढेको भन्नुभएकाले त्यसलाई विधेयकमा उल्लेख गर्न माग गर्नुभयो ।…
नयाँ दिल्ली, ३ फागुन । भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ । छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । उक्त आक्रमणमा परी करिब ४१ जना सैनिकको मृत्यु भएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । सैनिक…
बिराटनगर, ३ फागुन। १ नम्बर प्रदेश सरकारले १ नम्बर प्रदेश प्रहरीलाई २०० थान मोटरसाईकल खरिद गरी हस्तान्तरण गरेको छ । आम नागरिकहरुको शान्ति सुरक्षामा २४ सै घण्टा तल्लीन रहने प्रहरीलाई प्रदेशका ग्रामिण स्थानहरुमा समेत प्रहरी परिचालन गर्न सहज हुने र शान्ति सुरक्षामा थप टेवा पुग्ने उदेश्य अनुसार सवारी साधन हस्तान्तरण गरेको हो । १ नम्बर प्रदेशको मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रदेश प्रमुख माननीय डा.गोबिन्द बहादुर तुम्बहाङको प्रमुख आतिथ्यतामा आयोजित बिशेष कार्यक्रमका बीच प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका माननीय मन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशका मुख्य मन्त्री माननीय शेरधन राईलाई सवारी साधनको चावी हस्तानतरण गर्नु भएको थियो ।…
काठमाडौँ, ३ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विस्तार र सुधारका कामलाई सरकारले तीव्रता दिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सडक विस्तारका कामलाई प्रदेश र स्थानीयतहलाई पनि जिम्मा दिइएको उल्लेख गर्दै चालू आर्थिक वर्षमा धेरै काम हुने स्पष्ट पार्नुभयो । सांसदले आ–आफ्नो क्षेत्रका सडक समस्यासँगै विभिन्न समसामयिक विषयमा सम्बन्धित मन्त्रीको जवाफ माग गरेका थिए । जवाफमा मन्त्री महासेठले धादिङ, नुवाकोट र रसुवा जोड्ने गल्छि–त्रिशूली–रसुवागढी सडक निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले ४ वर्षभित्रमा हिमाल, पहाड र तराईका मुख्य शहर तथा सबै स्थानीय तहलाई कालोपत्र सडकबाट…
काठमाडौँ, ३ फागुन । थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको लागि आज १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो । छनोट हुने अन्य सदस्यमा सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी, र विन्दु रावल छन् । त्यस्तै वैकल्पिकतर्फ चार खेलाडी छनोटमा परेका छन् । रितुकुमारी कनौजिया, सुमन विष्ट, अञ्जली चन्द र डोली भट्ट छन् । टोलीको…
काठमाडौँ, ३ फागुन । नेपाल पत्रकार महासङ्घले आफ्ना झापा शाखा सदस्य सुनिरा मैनालीलाई प्रहरीको गोली लागि घाइते भएको घटनाबारे छानबिन गर्न माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सुरक्षामा खटिएका प्रहरीले पत्रकार मैनालीमाथि लापरवाही तरिकाले गोली हानेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभएको हो । उहाँले घाइते पत्रकार मैनालीको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समेत माग गर्नुभएको छ । बिर्तामोडस्थित रेडियो विराटमा कार्यरत पत्रकार मैनालीको गत बुधबार झापाको लक्ष्मीपुर चोकमा चिया पसलमा बसिरहेको अवस्थामा सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली पत्रकार मैनालीको खुट्टामा लागी घाइते हुनुभएको थियो । यसैबीच महासङ्घका अध्यक्ष गोविन्द आचार्यको…