झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १ माघ । सभामुख कृष्णबहादुर महराले सांस्कृतिक विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनुभएको छ । थारू, मगरलगायत आदिवासी जनजाति समुदायको सांस्कृतिक पर्व एवं नेपालीको महत्वपूर्ण चाड माघे सङ्क्रान्ति÷माघ पर्व÷माघे सकरातीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले सबै जातजाति, समुदाय र नेपालीमाझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै सभामुख महराले नेपालको सांस्कृतिक विविधताले विश्वमै छुट्टै पहिचान कायम गरेको बताउनुभयो । उहाँले थारू समुदायले माघी, मगरले…

Read More

हिलिहाङ, १ माघ । झापा–११ ले पाँचथरको फिदिममा सम्पन्न १०औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दैै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिसँगै झापाले नगद रु चार लाख हात पाएको छ भने उपविजेता बनेको आर्मीले रु दुई लाख पाएको छ । झापालाई जिताउन पूजन उपरकोटी एक्लैले खेलको २३आँै र ८३औँ मिटेमा गोल गरेका थिए । जवाफमा आर्मीका तर्फबाट राजीव गुरुङले खेलको ७२औँ मिनेटमा सान्त्वनामार्फत एक गोल फर्काए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्तामले यमाहको १२५ सिसीको मोटरबाइक प्राप्त गरे । खेलमा…

Read More

उर्लाबारी, १ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्व, २०७५ को अवसरमा आज शुभकामना दिनुहुँदै यस्ता चाँडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश भएको बताउनुहुँदै मुख्यमन्त्री राईले जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा यस मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षाल्लास पूर्वक धूमधामले मनाउने गरिएको बताउनुभएको छ । तरुल लगायतका कन्दमुल तथा घिउ, चाकु, तीलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक…

Read More

दमक, १ माघ । इलाका प्रहरी कार्यालय दमकले सवारी चालकको आँखा जाँच गरेको छ । दमक बसपार्क क्षेत्रमै सडकमा गुडिरहेका बस, ट्रक, भेनका चालकहरुलाई रोकेर त्यसका चालकहरुको आँखा जाँच गरिएको इलाका ट्राफिक कार्यालयका इञ्चार्ज दधिराम दाहालले बताए । सडकमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्न चालकको आँखामा पनि निर्भरता हुने भएकाले चालकहरुको आँखा जाँच गरिएको उनले जानकारी दिए । उक्त आखाँ जाँच स्थानीय रबि पञ्चमी चश्मा घर तथा आँखा उपचार केन्द्रका प्राविधिक शिव शंकर महतोले सहयोग पुरयाँएका थिए । उक्त आँखा शिविरमा ९२ जना सवारी चालकको आँखा परिक्षण गरिएको र ती मध्ये ४० जनाको आँखामा खराबी देखिएको ट्राफिक प्रमुख दाहालले बताए…

Read More

दमक, १ माघ । झापाको दमकमा सोमबार एक जना पुरुष मृत फेला परेका छन् । दमक नगरपालिका वडा नं. ४ अर्नाखाडी तेलपानेटोलस्थित धिमाल ग्रामथान मन्दिरको प्राङ्गणमा अन्दाजी ४५ वर्षीय पुरुषको शव भेटिएको हो । करिब ५ फिट ३ इन्च देखिने मृतकले कालो ज्याकेट, कालो बुट्टे सर्ट, कालो कपडाको पेन्ट, खरानी रंगको ट्राउजर लगाएका छन् । मंगोलियन वर्ण देखिने ती मृतकको वतन खुल्न नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले वताए ।

Read More

विर्तामोड, १ माघ । समाज र देशको विकास हुनका लागि महिला सशक्त हुनुपर्नेमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । महिला उद्यमी संघ नेपालको आयोजनामा सञ्चालित ५ दिने ढोके चकटी (डोर म्याट) तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरुले सृष्टिकर्ता महिला हरेक क्षेत्रमा सशक्त र समृद्ध भएमात्र देश समृद्धिको यात्रामा अघि बढ्नेमा जोड दिएका हुन् । कार्यक्रममा महिला सक्रिय भए आफूहरु सधैं साथमा रहने तथा महिला र पुरुषबीच समान धारणा राखेर अघि बढ्ने विर्तामोड नगरपालिका वडा नं.–४ र ५ का जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले तालिममा सहभागीलाई सीप सिकेर…

Read More

बिर्तामोड, १ माघ । जन समृद्धि बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडको पाँचौँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि देउराली बचत तथा ऋण सहकारी संस्था अध्यक्ष प्रकाशचन्द्र बराल रहेका थिए भने विशेष अतिथि भरोषा बिजनेश ग्रुपका अध्यक्ष एवम् कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जाका प्रबन्ध निर्देशक दीपक चापागाईं रहेका थिए । ४६० जना सदस्य आबद्ध रहेको जन समृद्धिले आर्थिक वर्ष २०७४÷०७५ मा ७० लाख ८२ हजार ४२६ रुपैयाँ बचत संकलन, ७० लाख ६८ हजार ४५३ रुपैयाँ बचत फिता र २२ लाख ४६ हजार ४८२ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक तोममणि बिमलीले जानकारी दिए । साधारणसभाले आगामी…

Read More

काठमाडौँ, ३० पुस । विभिन्न राजनीतिक दलका नेताले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेका गर्नुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा नेताहरुले विमान खरीद प्रकरणमा संलग्न पूर्वप्रधानमन्त्री, मन्त्री वा सरकारी कर्मचारी जोसुकै भए पनि कारवाही गर्नुपर्ने माग गर्नुभयो । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पुस २३ गते नेपाल वायु सेवा निगमको सो विमान खरीदमा संलग्नमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको थियो । साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा लागेका सन्दर्भमा विमान खरीदमा संलग्न कसैले…

Read More

काठमाडौँ, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले काङ्ग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय स्व गिरिजाप्रसाद कोइराला र स्व सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गर्नुभयो । तत्कालीन सरकारले स्व गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा श्वासप्रश्वास र बाँकेमा स्व सुशील कोइरालाको नाममा क्यान्सर अपस्ताल खोल्ने निर्णय गरी दुबै अस्पताललाई मुलुककै प्रतिष्ठित र सुविधा सम्पन्न बनाउने गरी विस्तारको प्रक्रिया अघि बढाएको थियो । मुलुकको…

Read More

दुल्लु, ३० पुस । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।” उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै “अब काङ्ग्रेस भित्रको टिके प्रर्था अन्त्य हुन्छ भन्नुभयो ।” वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उहाँले सङ्घीय प्रणाली नेपाली काङ्ग्रेसको एजेण्डा भएको बताउनुभयो । नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै…

Read More