झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १४ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रणका लागि आम समुदायको सहयोग आवश्यक रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममा खटिने प्रहरी कर्मचारीका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले समुदायको सहभागितामा समाजमा हुने अपराध रोक्न ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आएको बताउनुभयो । “चौबिसै घण्टा नागरिक र राष्ट्र सेवामा खटिएर इमान्दार प्रयास गर्ने प्रहरीलाई समुदायको समेत उल्लेख्य सहयोग प्राप्त हुनेगरी ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम ल्याइएको हो,” उहाँले भन्नुभयो । महानिरीक्षक खनालले लागुऔषध, घरेलु हिंसा, बाल विवाह, लैङ्गिक सुरक्षाजस्ता सामाजिक अपराध प्रहरी एक्लैको प्रयासले नियन्त्रण गर्न नसकिने भएकाले यसमा नागरिकलाई समावेश गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्दै आगामी दिनमा…

Read More

काठमाडौँ, १४ माघ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडी भएका छन् । युएईविरुद्ध जारी तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । शतक बनाउने क्रममा पारसले १३ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामीको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन् । सोमपालले गत वर्ष नेदरल्याण्डसँगको एकदिवसीय सिरिजमा ६१ रनको इनिङ खेलेका थिए । पारसले सन् २०१२ को एसिसी ट्रफी प्रतियोगितामा कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका थिए । त्यसपछि सन् २०१६ को नेपालमै भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा…

Read More

तेह्रथुम, १४ माघ । सम्मानित जिल्ला अदालत तेह्रथुमबाट कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय भई फरार रहेका १ जना प्रतिवादीलाई काठमाण्डौँबाट प्रहरीले पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा महानगरीय प्रहरी वृत महाराजगंज र जिल्ला प्रहरी कार्यालय तेह्रथुमको संयुक्त टोलीले काठमाण्डौँ महानगरपालिका–२६ सामाखुसीमा डेरा गरी लुकीछिपी बसिरहेको अवस्थामा मोरङ डाँगीहाट–५ घर भएका २८ बर्षका मिलन ओझालाई पक्राउ गरेको हो । ओझा उपर सम्मानित जिल्ला अदालतले २०७३ साल कार्तिक २३ गतेको फैसलाले २० बर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका ओझालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई सम्मानित अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यायल तेह्रथुमले जनाएको छ ।

Read More

काठमाडौँ, १४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइ दिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा आयोगमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीमाथि आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखी दिने भन्दै एक सेवाग्राहीसँग रु एक लाख घुस माग अभियोग लागेको छ । आयोगले सहायक निरीक्षक अधिकारीलाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्टबाट पक्राउ गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

Read More

कैलाली, १४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाज परिवर्तनका लागि सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आज धनगढीमा आयोजित १०औँ साधारणसभामा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।” मुख्यमन्त्री भट्टले पूर्वाग्राही नभई सत्यतथ्य र यर्थातपरक समाचार सम्प्रेशन गर्न सञ्चारकर्मीेलाई आग्रह गर्दै विकास प्रक्रियालाई अगाडि बढाउन सबैको सहयोग, सहकार्य र एकता आवश्यक छ भन्नुभयो । नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले समाजमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई खबरदारी गर्ने माध्यम पत्रकारिता भएको बताउनुभयो । महासङ्घका जिल्ला अध्यक्ष जगत साउदको सभापतित्वमा सम्पन्न उक्त…

Read More

काठमाण्डौ, १४ माघ । आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन् । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १६ औं पटक महाराजगञ्जस्थित शिक्षण अस्पताल भित्रै रहेको गणेशमान भवनमा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै त्यही ठाउँमा चिकित्सकहरुले सोमबारबाट रिले अनसन सुरु गरेका हुन् । नेपाल चिकित्सक संघको आह्वानमा सुरु गरिएको रिले अनसन सोमबार बिहान १० बजेबाट सुरु गरिएको हो । वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सरकारलाई पहल गर्न दवाव दिन रिले अनसन सुरु गरिएको आवासीय चिकित्सकहरुले बताएका छन । उनीहरुले डा। केसीको माग सम्बोधन नगरे…

Read More

काठमाडौँ, १४ माघ । निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही गर्नुपर्ने माग गर्नुभयो । मानव अधिकारकर्मीको झुठो प्रतिवेदन र सञ्चारमाध्यमले निर्मला पन्तको हत्यामा आफूहरुको संलग्नतालाई जोडेर समाचार सम्प्रेषण गरेका कारण आफूहरु मानसिकरुपमा पीडित भएको बम दिदीबहिनीले बताउनुभयो । दिदी बविता बमले मानव अधिकारकर्मीको गलत प्रतिवेदन तथा सञ्चारमाध्यमको समाचारका कारण आफूहरुको चरित्र हत्या भएको भन्दै विद्यालय जान तथा हिँडडुल गर्ने अवस्थासमेत नभएको…

Read More

काठमाडौँ, १४ माध । यूएईले जितका लागि २५५ रनको लक्ष्य पाएको नेपालले ब्याटिंग शुरु गरेको छ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी ब्याटिंग शुरु गरेका छन् । यसअघि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटमा २५४ रन बनायो । उसका लागि शाइमन अनवरले ८६ रन बनाए । यस्तै सीपी रिजवानले ४५ बनाए । यस्तै अन्तिममा ब्याटिंग गरेका मोहम्मद बुताले नेपाली बलिंग ध्वस्त बनाउँदै विस्फोटक अर्धसतक बनाएपछि उसले चुनौतीपूर्ण स्कोर बनायो । यूएईको दुबईस्थित आईसीसी एकेडमी मैदानमा जारी खेलमा यूएईका शुरुआती ब्याट्सम्यान नेपाली बलरका अगाडि खुलेर खेल्न सकेका थिएनन् । सोमपाल कामी र करण…

Read More

काठमाडौँ, १४ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालका नाममा स्थापित अस्पतालका बारेमा सदनमा नेपाली काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गर्नुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले सो निर्देश गर्नुभएको हो । नेपाली काङ्ग्रेसले आफ्ना शीर्ष नेता स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ । आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…

Read More

विराटनगर, १४ माघ । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिपरको ठक्करबाट आज एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयवासीको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचोकदेखि विराटनगर आउने बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । स्थानीय बासिन्दाले टिपर आतङ्क रोक्नुपर्ने माग गर्दै प्रदर्शन गर्न थालेपछि त्यहाँको स्थिति असामान्य बनेको छ । उक्त स्थानमा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक प्रबन्ध गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । विराटचोकबाट–विराटनगरतर्फ आज बिहान आउँदै गरेको…

Read More