झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, २८ पौष । सुनसरीको बराहाक्षेत्र नगारपलिका–४ चतरा नहरमा बग्दै गरेका १ जना मानिसको प्रहरीले उद्धार गरेको छ । शुक्रवार दिउँसो २ बजेको समयमा नहरमा एक जना मानिस बगिरहेको भन्ने स्थानीय बालबालिकाहरुले जानकारी गराउना साथ तत्काल प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले नहरमा बगिरहेका तत्कालिन भोजपुर वासीङ गाबिस– ७ ठेगाना भएका ३२ बर्षीय रमेश बिष्टलाई उद्धार गरेको हो । बिष्टको साथमा रहेको नागरीकताको आधारमा ठेगाना र नाम खुल्न आएको हो भने निजको साथमा ९६१० नगद समेत रहेको साथै निजको हाल बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

भरतपुर, २८ पुस । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गर्नुभएको छ । भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उहाँले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताउनुभयो । “अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो”, कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन ।” नयाँ राज्य व्यवस्थामा कानून र संरचना नबन्दा समस्या भएको भन्दै उहाँले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानूनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताउनुभयो । फागुनभित्रै कानून निर्माण गरिसक्ने गरी सरकारले काम गरिरहेको छ भन्दै उहाँले सरकार पाँच वर्ष…

Read More

सुर्खेत, २८ पुस । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग आग्रह गर्नुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९एनप्याब्सन० को २१औँ वार्षिकोत्सवका अवसरमा संविधानको भावनाअनुसार निःशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दै उहाँले शैक्षिक लगानीकर्ता र सरकारसँगसँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । एनप्याब्सनका कर्णाली प्रदेश अध्यक्ष कमलबहादुर सिंहले संविधानको भावनाविपरीत उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव प्रतिवेदन तयार पारेकामा आपत्ति जनाउनुभयो । “एउटा ऐनले अनुमति दिने, अर्को ऐनले अङ्कुश लगाउने काम भएको छ”, उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा प्रदान गर्न र बेरोजगारी समस्या समाधान गर्न निजी स्कूलको…

Read More

काठमाडौँ, २८ पुस । आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल भर्खरै शुरु भएको छ । थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको छ । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । उक्त प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड पुगिसकेको छ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर सुखद् शुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रने मुख्य प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो । नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी छन् । रुविना क्षेत्री…

Read More

मोरङ, २८ पौष । मोरङको बिराटनगर महानगरपालिका–१२ बाट ठुलो परिणामको लागू औषध सहित १ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप(महानगरपलिका–१५ का ४५ बर्षीय दिप बस्नेतलाई ३८४ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र २ बोतल डाईलक्स डिसी सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो । को ३ प ८७४१ नम्बरको मोटरसाईकलमा सवार बस्नेतलाई रोकी चेकजाँच गर्ने क्रममा बस्नेत मोटरसाईकलको हेल्मेट भित्र लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध बरामद गरिएको हो । लागूऔषध सहित पक्राउ परेका बस्नेतलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

ताप्लेजुङ, २८ पुस । ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । गाईले बाली खाएको विषयमा विवाद हुँदा ३२ वर्षीय प्रतापसिंहको हत्या गरिएको थियो । गोलीसहित रिभल्वर फेला ताप्लेजुङ प्रहरीले तीन राउण्ड गोलीसहित एक थान रिभल्वर फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार गस्तीमा खटिएको प्रहरीे टोलीले फुङलिङ नगरपालिका–७ को जङ्गलबाट उक्त रिभल्वरसहित गोली फेला पारेको हो । ढुङ्गाको पहरामा…

Read More

काठमाडौँ, २८ पुस । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । २०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिपारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद्को सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयनमन्त्री रहेको उल्लेख छ । यो विवरण गलत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

दमक, २८ पुस । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् । दमक – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत महोत्सव समारोहलाई शुक्रवार सम्बोधन गर्दे भट्टराईले इतिहासदेखी नै मिलेर बस्दै आएका सबै जाति र धर्मबीच एकता रहिरहन आवश्यक रहेको बताए । देशका सबै जाति र धर्मलाई अधिकार सम्पन्न गराउँन १० वर्षे जनयुद्ध लडेको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री भट्टराईले राजनीतिक परिवर्तन भएपनि देशलाई समृद्धिको दिशामा लैजान कठिनाई भईरहेको धारणा राखे । नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीले विगतमा राम्रो काम गरेपनि देशलाई समृद्धिको बाटोमा लैजान दुई ठुला…

Read More

बनियानी, २८ पुस । बर्सेनि झापाको कनकाई नदीमा लाग्दै आएको माइमेला (मकर मेला)मा सुरक्षा व्यवस्था मजबदु बनाउन पहिलो पटक ड्रोन क्यामेरा प्रयोग गरिने भएको छ । मेलामा हुन सक्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्न पहिलो पटक ड्रोन क्यामेरा र सीसी क्यामेराबाट निगरानी गर्न लागिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । ‘ठाउँठाउँमा सीसी क्यामेरा जडान गरिने छ’, उहाँले भन्नुभयो, ‘सम्पूर्ण गतिविधि नियाल्न यस पटक ड्रोन क्यामेराको प्रयोग गरिनेछ ।’ पुस ३० गतदेखि माघ २ गतेसम्म सञ्चालन हुने मेलालाई सुरक्षित रुपमा सञ्चालन गर्नका लागि कार्यालयले स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब र धार्मिक संघ–संस्थाहरुसँग आज छलफलसमेत…

Read More

काठमाडौँ, २८ पुस । महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नं २०३ मा बसेर आफू प्रहरीको बहालवाला डिएसपी भनी नक्कली परिचयपत्र देखाई आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानमा खुलेको बताउनुभयो ।

Read More