
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बाुधबारे, २८ पुस । झापाको बुद्धशान्ति गाउँपालिका एकमा रहेको बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष लयप्रसाद भण्डारीको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य रहेको थियो । संस्थाको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखा संयोजक घनश्याम सापकोटाले प्रस्तुत गरेका थिए । १२ औं साधारण सभाको अवसरमा आधा दर्जन बढीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पूर्व कार्यसमिति सदस्य गोविन्द पौड्याल, नेत्रादेवी बजगाईं, पूर्व लेखा समिति संयोजक गिरीराज दाहाल, परिषद् सदस्यहरु विष्णुप्रसाद बाँस्तोला, पुन्यप्रसाद पौड्याल त्यस्तै…
झापा, २८ पुस । इलाम र सुनसरीमा रुखबाट लडेर दुई जनाको मृत्यु भएको छ । इलामको फाकफोकथुम गाउपालिका–५ लुम्देमा रूखको फल टिप्न खोज्दा १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने बर्ष १५ को सन्तोष भन्ने फुङनाम लिम्बुको पाङग्रा भन्ने फल टिप्न रुख चढेकोमा रुखको हागा भाच्चीएर करिब ४० फिट तल खोल्सामा झरेर मृत्यु भएको छ । घटनाबारे आज दिउँसो साढे १२ बजेको समयमा प्रहरी चौकी गजुरमुखीमा जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरीको टोली खटि गई घटनास्थलमा आवश्यक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ चारकोसे…
इलाम, २८ पुस । इलामको सन्दकपुर गाउपालिका–५ बतासेमा श्रिमानको बोतल प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । शुक्रबार राति ३५ वषीैयको सोम बहादुर गुरुङ र निजकै श्रीमति बर्ष ३५ की निरमाया गुरुङ बिच विवाद भएको थियो । बादबिबादको क्रममा श्रीमानले सिक्किमे रमको बोतलले श्रीमतीको पेटको दाहिने साईडमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । आज बिहान १० बजेको समयमा स्थानीयले घटनाबारेमा प्रहरीलाई जानकारी गराउनासाथ प्रहरी चौकी जमुना बाट प्रहरीको टोली खटी गई सोम बहादुर गुरुङ लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
काठमाडौँ, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताउनुभएको छ । पुस्तक प्रकाशन, छपाइ, वितरण तथा अध्ययनका लागि समेत एउटा फराकिलो सोचसहितको नीति जरुरी रहेको बताउनुभयो । त्यसका लागि राज्यले नै विशेष पहल गर्नुपर्दछ । विगतमा पनि त्यस्तो नीति ल्याउने प्रयास भएको भए पनि सार्थकता नपाएको अवस्था थियो । अब भने एकीकृत नीति बनाउन मेरोतर्फबाट पहल हुन्छ । सरकारले आवश्यक नीतिको तयारी गर्दछ अध्यक्ष दाहालले भन्नुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै अध्यक्ष…
भरतपुर, २८ पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्योलता सिर्जना गरेको बताउनुभयो । “सञ्चार माध्यमले नकारात्मक विषयलाई मात्रै होइन, प्राप्त भएका उपलब्धिका विषयमा पनि चर्चा गर्न जरुरी छ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “गुण र दोषका आधारमा जनताले निर्णय गर्न सकून् भन्ने कुरा सञ्चार माध्यमले प्रस्तुत गर्नुपर्छ ।” सञ्चारमाध्यमले जनतामा सही सूचना दिने क्रममा चुक्दा धेरै नोक्सान समेत व्यहोर्नु परेको उहाँको भनाइ छ ।…
काठमाडौँ, २८ पुस । डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो । सो संस्थामा आबद्ध एक समुहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । सरकारले विगतमा डा केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग गरेको छ । सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा…
काठमाडौँ, २८ पुस । चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ । एमडी तह उत्तीर्ण गरेपछि बालरोगको विशेषज्ञता हासिल गर्न लिइने यो परीक्षा दिन पहिले बेलायतलगायत अन्य देशमा नै जानुपर्ने अवस्था रहेकामा अहिले नेपालबाट नै दिन सकिने भएको छ । रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकार्यमा ग्राण्डी अन्र्तराट्रिय अस्पतालमा आज र भोलि सञ्चालन हुने सो परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना विभागीय प्रमुख नेपाल आएका छन् । परीक्षामा नेपालका चारसहित भारत, मलेसिया, म्यान्मा र मध्यपूर्वका गरी २४ जना…
राँझा, २८ पुस । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । “गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो, “धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दै छौँ ।” मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु एक लाख ५० हजार बुझाएका…
काठमाडौँ, २८ पुस । आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे । सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन् । यस्तै काजलले एक चौका प्रहार गरिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन…
काठमाडौं, २८ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ । कार्यदलले शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको ‘विश्वविद्यालयहरुले सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्ग्निर्देशन प्रतिवेदन २०७५’ मा मनसाय पत्र लिएर प्रक्रियामा रहेका कुनै पनि निजी कलेजलाई तत्काल सम्बन्धन नदिन सुझाव दिइएको छ । संघीय र प्रादेशिक विश्वविद्यालयको ढाँचामा विश्वविद्यालयको स्वरुप निश्चित भइनसकेकाले हाललाई कुनै पनि निजी कलेजलाई सम्बन्धन दिन उपयुक्त नभएको प्रतिवेदनले औंल्याएको छ । संघीय र प्रादेशिक विश्वाविद्यालयको स्वरुप निश्चित र राष्ट्रिय आवश्यकता पहिचान गरी निजी कलेजलाई सम्बन्धन दिनुपर्ने…