
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २६ पुस । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको र्मत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दुतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२ जना, साउदी अरबमा १ सय , कतारमा १ सय ४१, यूएकईमा १ सय ३, कुवेतमा ४ दक्षिण कोरियामा एक सय २६, ओमनमा ११ बहराइनमा १०, जोर्डनमा ४ इजराइलमा ३, युगान्डामा र नाइजेरियामा एक÷एक नेपालीको ज्यान गएको छ…
काठमाडौँ, २६ पुस । मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड रुपैयाँ बेरुजु देखिएपछि भरतपुर १२ का दर्जी सम्पर्कविहीन भएका हुन् । मातपोत कार्यालयले संकलन गरेको एक करोड ७३ लाख रुपैयाँ लिएर दर्जी २५ मंसिरदेखि सम्पर्कविहीन भएको मालपोत कार्यालय भरतपुरले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
झापा, २५ पौष। झापाको शिवसताक्षी नगरपालिका–७ निमपत्रिया चोकमा मंगलवारराती चोरी भएको छ । राती साढे १० बजेको समयमा सोही स्थान बस्ने ३२ वर्षका हेमन्त भण्डारीको घरमा कोही नभएको समयमा अन्दाजी ६ लाख ६४ हजार ६० रुपैँया मूल्य बराबरको धनमाल चोरी भएको हो । भण्डारीको घरमा कोही नभएको मौका छोपी घरको ढोका फोरेर घर भित्र भएको नगद ४५ हजार रुपैयाँ, ९ तोला सुन, चाँदी १ सय १९ तोला, झर्के थाल–१२थान र लोटा–६ थान चोरी भएको थियो । घटनाको जानकारी पाँउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरीको टोली गई आवश्यक अनुसन्धान तथा चोरी गर्ने व्यतिmको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ, २५ पुस । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताउनुभयो । प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाव दिनुभएको थियो । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभएको थियो । ‘नेपालको संविधान…
काठमाडौँ, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गर्नुभयो । सांसद थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै यसबारेमा पुनःविचार गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सुनसरी, २५ पौष । जबरजस्ती करणीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईहटरी उप–महानगरपालिका–१० का २३ बर्षीय रमेश राई रहेका छन् । पक्राउ परेका राईले फेसबुक मार्फत चिनजान भएकी भोजपुर पावादुम्बाकी एक ३५ बर्षीया महिलालई जागीर लगाई दिन्छु भनि गत २० गते धरान बोलाएको र धरानमा भेटघाट गरी ईटहरी ल्याई ईटहरीकै एक होटलमा राखि २० गतेदेखि २४ गतेसम्म ज्यान मार्ने धम्की दिदै जबरजस्ती करणी गरेको भन्ने पिडितको जाहेरीको आधारमा निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
विराटनगर, २५ पुस । मदिरा व्यवसायी सङ्घ मोरङले वार्षिकोत्सवको अवसरमा पूर्वाञ्चल अनाथाश्रम विराटनगरका बालबालिकालाई आज खाना खुवाउनुका साथै कम्प्युटर, खेलकूदका सामग्री प्रदान गरी मनाएको छ । सो अवसरमा आश्रमका रहेका ८० बालबालिका, वृद्धवृद्धालाई खाजा, खाना खुवाउनुका साथै फूटबल र ब्याडमिण्टन प्रदान गरिएको छ । सङ्घको ११ औँ वार्षिकोत्सवको अवसरमा आज आश्रमको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा ६० जनाले एक÷एक पिण्ट रक्तदान गरेको सङ्घका अध्यक्ष अंशु बञ्जाराले बताउनुभयो । विगत वर्षमा होटल र पार्टी प्यालेसमा रमाइलो कार्यक्रम गरी मनाइने गरेकोमा यस वर्षदेखि समाजमा केही गरौँ भन्ने उद्देश्यले आश्रमलाई सहयोग गरी मनाइएको सङ्घका उपाध्यक्ष रमेश गिरीले बताउनुभयो । थोक तथा खुद्रा…
मङ्गलबारे, २५ पुस । इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिनुभयो । घरमा कोही नभएको समयमा आगलागी भएको हो । घरमा किराना पसलसमेत राखिएको थियो । आगलागी हुनासाथ स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएको भट्टराईले बताउनुभयो ।
काठमाडौँ, २५ पुस । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो । सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनुप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पु¥याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गरानुभयो ।…
तेह्रथुम, २५ पुस । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले रु चार लाख सहयोग गरेको छ । युएईमा जेल परेका खड्गलाई स्वदेश पर्काउन मञ्चले मलेसियामा सङ्कलन गरेकोे रु चार लाख रकम उनको परिवारलाई हस्तान्तरण गरेको हो । मञ्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । अभियानमार्फत सङ्कलन गरेको रकम मञ्चको अनुरोधबमोजिम परिवारलाई उपलब्ध गराइएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बालगायतले बोल्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीको स–सानो रकम जम्मा गरी सहयोगका लागि…