
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २६ पौष । १३५ औं लेखनाथ जयन्तिको अवसर पारेर भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले विविध कार्यक्रम सम्पन्न गरेको छ । भाषविद प्राध्यापक डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष साहित्य सम्मान, भक्त किरण साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । श्रीप्रसाद ओली स्मृति साहित्य सम्मानबाट भारत आसामकी स्रष्टा इन्दुप्रभा देवी, श्यामकृष्ण कामाक्ष साहित्य सम्मानबाट इलामका कवि यादवप्रसाद अधिकारी, भक्त किरण साहित्य सम्मानबाट दमककी विन्दु दाहाललाई सम्मान गरिएको थियो भने श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र माविकी छात्रा विनिषा पौडेललाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो ।…
मोरङ, २६ पौष । मोरङको ग्रामथान गाउँपालिका(२ झोराहाटमा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् । आज दिउँसो १३.१५ बजेको समयमादक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साइकललाइ सोहि दिसाबाट आउदै गरेको को २ प ४४०५ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिँदा साइकल चालक ग्रामथान गाउँपालिका–१ का ३७ बर्षीय चन्दु रिसिदेव र साईकलको पछाडी सवार निजकै श्रीमती २८ बर्षकी फुलु रिसिदेव घाईते भएका हुन् । घाईते दुवैजनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने मोटरसाईकल र चालक प्रहरी चौकी झोराहाटको नियन्त्रणमा रहेका छन् ।
दमक, २६ पुस । झापा, दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थाल्नुभएको छ । उहाँले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत छ महीनादेखि व्यावसायिक उत्पादन शुरु गर्नुभएको हो । पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट उत्पादित सो कलम उद्योगले विस्तारै बजार ओगट्न थालेको छ । तीन वर्षसम्म खाडीमुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रुपमा सो उद्योग सञ्चालनमा ल्याउनुभएको हो । कुवेतको एउटा बैंकको स्टेश्नरी विगभामा काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश कलम कागजबाट बनेको देखेपछि आफ्नै ठाउँमा पनि उहाँले त्यस्तो प्रविधि भित्र्याउनुभएको हो । “यो प्रविधिबाट उत्पादित कलम वातावरणमैत्री पनि छ” ३४ वर्षीय…
पोखरा, २६ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्नुभयो । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्ने छ । आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जानु हुनेलाई श्रम स्वीकृति प्रदान गरिने उद्देश्यका साथ यो कार्यालयको स्थापना भएको हो । सो अवसरमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गर्नुभयो । उहाँले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ…
तेह्रथुम, २६ पुस । तेह्रथुमको फेदाप गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले रु ६० लाख बराबरको छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । गाउँपालिकाको केन्द्र औँशीबजार नजिकै भवन निर्माणका लागि छ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेशन पाससमेत गरिसकिएको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई स्थानीय होमप्रसाद कोइराला, गङ्गा राई, अमृतबहादुर लिम्बू र जयप्रसाद लिम्बूले संयुक्तरुपमा रु ३० लाख बराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । यस्तै स्थानीयवासी शेरबहादुर थापाले स्व श्रीमती तिलरुपाको स्मृतिमा रु ३० लाख बराबरको…
ईलाम, २६ पुस । ईलामको फाकफोकथुम गाउँपालिका-१ खाम्बाङका खड्ग बहादुर तामाङको घरमा आगलागी हुँदा ६१ लाख ७३ हजार रुपँया बरावरको क्षति भएको छ । बुधवार बिहान तामाङको २ तले पक्की घरमा ग्यास लिक भई अचानक आगलागी हुँदा घरमा रहेको सुन,चादी, अलैची, पेट्रोल, अन्नपात, लताकपडा, भाडावर्तन, काठपात, किराना पसलको सामान, नगद रु १० लाख गरी अन्दाजी मुल्य रु ६१ लाख ७ हजार बराबर को क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । उक्त आगलागी प्रहरी चौकी आमचोक र एकतप्पाबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो भने सो आगलागीबाट मानवीय तथा चौपाया…
जैसलमेरको रामगढको सरकारी अस्पतालमा महिलालाई सुत्केरी गराउने क्रममा डाक्टरले बच्चालाई यति जोडले ताने कि बच्चा २ टुक्रा भयो । बच्चाको घाँटीसम्मको भाग त बाहिर आयो तर टाउको भित्रै रह्यो । डाक्टरहरुले सुत्केरी महिला र उनका परिवारलाई केही बताएनन् र महिलालाई जैसलमेर रिफर गरिदिए । जसलमेरबाट जोधपुर पठाइयो जहाँ सबै घटनाको खुलासा भयो । तीन दिन पहिले दीक्षा कँवरलाई सुत्केरी व्यथा लागेपछि परिवारले रामगढ अस्पताल लिएर गएका थिए । यहाँ भनाइ गरेपछि डाक्टरले भने कि बिरामीलाई जैसलमेर लिएर जानू । तर, उनीहरुले यो बताएनन् कि बच्चाको टाउको भित्रै रहेको छ । रामगढ अस्पतालका चिकित्सा प्रभारी डा। निखिल शर्माका अनुसार जब महिलालाई…
झापा, २६ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ बाट २४ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–११ का बलबहादुर विष्टलाई प्रहरील पक्राउ गरेको छ । बराहक्षेत्र–८ मा बस्दै आएका बिष्ट र सोही स्थानका रविन लिम्बूले बुधवार राति ११ः५५ बजेको समयमा दमक नगरपालिका–३ घर भई माइती आएकी ती महिलालाई घरबाट ५० मिटर पर लगेर जबरजस्ती करणी गरको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयवासीले जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिष्टलाई पक्राउ गरेको हो भने लिम्बु तत्काल फरार रहेकोले खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ ।
नायिका सोनाक्षी सिंहले मंगलबार मात्र उनको नयाँ चलचित्र ‘कंलक’को छायांकन सकाएकी छिन् । मल्टिस्टारर यस चलचित्रको छायांकन सकिएको भन्दै उनले ट्विटरमा फोटो पोस्ट गरेकी छिन् । सोनाक्षीले आफू यो चलचित्रको एक सदस्य बन्न पाएकोमा आफूलाई भाग्यमानी मानेकी छिन् । उनले लेखेकी छिन्–‘ ‘नयाँ वर्षको सुरुवात र नयाँ चलचित्रको अन्त्य । मेरो लागि ‘कंलक’ सकिएको छ । यो एउटा यस्तो प्रोजेक्ट बन्यो, जसको एक अंश बन्न पाउँदा म निकै आफूलाई भाग्यमानी ठान्छु । तपाइहरुले हेर्ने समयसम्म म पर्खन सक्दिनँ ।’ अभिषेक वर्मान निर्देशित चलचित्रमा आलिया भट्ट, वरुण धवन, संजय दत्त, माधुरी दिक्षित र आदित्य राय कपुरको पनि मुख्य भूमिका छ ।…
काठमाडौँ, २६ पुस । सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । “राज्यबाट कृषिमा जाने अनुदानबारे हामी पुनःमूल्याङ्कन गर्दैछौँ, व्यक्तिले लगेको अनुदान दुरुपयोग भयो, हामीले स्वीकार्नै पर्छ, अनुदानको पैसा लियो, उद्यम शुरु ग¥यो तर उपभोक्ताले राहत पाए–पाएनन् भन्ने प्रश्न छ । त्यसैले सरकारले पुनरावलोकन गर्न लागेको हो”, आजदेखि काठमाडौँमा शुरु सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशालामा मन्त्री खतिवडाले भन्नुभयो । सहकारी संस्थामार्फत कृषि अनुदान गयो भने दुरुपयोग नभई प्रयोग हुनसक्ने र राज्यको लगानीको प्रतिफल आउनसक्ने निष्कर्ष सरकारको छ । यसका…