झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चितवन, २४ पुस । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उहाँले भन्नुभयो “तपाईहरु के नठान्नुहोल भने माथि खिचातानी छ कि भन्ने तर त्यसो होइन ।” अध्यक्ष दाहालले भन्नुभयो,“राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने बारेमा प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा…

Read More

झापा, २४ पौष । झापाको कमल गाउँपालिक–६ दही चौक पाडाजुगी गौरिगंज सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना घाईते भएका छन् । सोमबार राती सवा ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे. ३ प. २८८३ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही स्थान बस्ने ४५ बर्षका पाकु धिमाललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते भएका धिमाललाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको छ भने मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

भद्रपुर, २४ पुस । झापा गाउँपालिकामा रहेको बर्थिङ सेन्टरले चालू आर्थिक वर्षको छ महीनामा २१ महिलालाई प्रसूति गराउन सफल भएको छ । छ महीना अघि गाउँपालिकाकै स्वास्थ्यचौकीको एउटा कोठाबाट सेवा दिन शुरु गरेको सेन्टरले २१ को प्रसूति गराएको हो । झापाकै दुर्गम पालिकाका रूपमा रहेको झापा गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न र प्रसूति गराउन दमकको आम्दा अस्पताल र भद्रपुरको मेची अञ्चल अस्पताल पुग्न बाध्य जनतालाई राहत प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण विश्वकर्माले बताउनुभयो । मुस्लिम र आदिवासी बाहुल्य बसोवास रहेको पालिकामा बर्थिङ सेन्टर सञ्चालनसँगै स्वास्थ जाँचका लागि आउने गर्भवतीको सङ्ख्या पनि बढेको संयोजक विश्वकर्माको भनाइ छ । पालिकाका…

Read More

विराटनगर,२४ पुस । मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले आज दिएको जानकारीअनुसार सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार राति गुट्खा खाँदा घाँटीमा अड्किएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ, २४ पुस । मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण ११६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ । त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन् । साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा…

Read More

काठमाडौँ, २४ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय हबका रुपमा रहेका विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान भइरहेको छ । निकट भविष्यमै झापाको चन्द्रगढी र जनकपुरमा रात्रि उडान थालिने उहाँले बताउनुभयो । “विमानस्थलबाट पहिला आन्तरिक उडानमा राति जहाज उड्दैन थिए, ६ बजे नै बन्द भइसक्थे, अहिले जाडो यामदेखि…

Read More

पशुपतिनगर, २४ पुस । इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम शुरु गरेको थियो । स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९÷७० सालबाट बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०६९÷७० मा पहिरो नियन्त्रणका लागि रु ३५ लाख, आर्थिक वर्ष २०७०÷७१ मा रु २२ लाख र आर्थिक वर्ष २०७१÷७२ मा रु १९ लाख ६७ लाख खर्चिएको थियो । पहिरो नियन्त्रणको काम पूरा भएपछि अहिले पहिरो क्षेत्रमा हरियाली छाएको उपभोक्ता…

Read More

काठमाडौँ, २४ पुस । राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न पाँचौँ महोत्सवको तयारी भएको छ । गोकर्णेश्वर महादेव मन्दिरबाट १० किमीको दूरीमा रहेको तारेभिर गोकर्णेश्वर नगरपालिका–३ मा पर्छ । उपत्यकाका प्रायः सबै भागका साथै हिमाली शृङ्खला देख्न सकिने तारेभिरमा तामाङ जातिको बाहुल्य छ । तारेभिरको सौन्दर्यसँगै तामाङ जातिको संस्कृति, वेशभूषा र नाचगानलाई बाह्य एवं आन्तरिक पर्यटकका बीच प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०७० देखि महोत्सवको आयोजना शुरु गरिएको हो । यस वर्ष पनि माघ १ गते महोत्सव गर्न लागिएको साविकको बालुवा गाविसका पूर्वअध्यक्ष उद्धव विष्टले बताउनुभयो । महोत्वसमा स्थानीयवासीका…

Read More

चन्द्रकला भण्डारी भद्रपुर, २४ पुस । ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भन्नुभयो, “पाँच बिगाहामा । यो सबै बीउको लागि हो ।” यो प्रसङ्ग थियो पुस १८ गतेको । राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आउनुभएको थियो । हेलिकप्टरबाट कार्यक्रमस्थलमा आउनुअघि नै उहाँले आकाशबाटै सो सहकारीले १०० बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको थियो । हेलिकप्टरबाट उत्रिएर कार्यक्रमस्थल आइपुग्न करीब सय मिटरको दूरी थियो । सो अवधिमा उहाँले सहकारीले लगाएको तोरी खेतीबारे जिज्ञासा राख्नुभएको थियो । यतिबेला सहकारीले पाँच बिघा जमीनमा…

Read More

काठमाडौँ, २४ पुस । ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । फरेन्सिक विज्ञसहित काठमाडौँबाट पुगेको सीआईबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायी हत्यासम्बन्धी केही प्रमाण फेला परेको हो । अनुयायीका अनुसार खाडल उत्खननको क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ । तर, खाडलबाट शवको कुनै अवशेष भने…

Read More