
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
लीला बराल भर्खरै सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरेको विचार धेरै नेपालीलाई परिहासपूर्ण लागेको हुनुपर्दछ । देउवाको बोली राम्ररी बुझिँदैन । त्यो उनको कमजोरी पनि होइन । कुनै शारीरिक कारणले बोलीमा आउने सानो–तिनो अस्पष्टता खिसीट्युरीको विषय हुन सक्दैन । तर, तीन पटकसम्म देशको प्रधानमन्त्री भइसकेको र प्रतिपक्षी दलको प्रमुखको रुपमा संसदमा गरेको वजनहीन सम्बोधन परिहासको विषय भएको छ । देउवाको सम्बोधनमा न लय छ, न गति, न विचार छ, न पार्टीको नीति । सम्बोधनकै क्रममा एउटा लामो (उनका लागि) वाक्यांश बोल्छन्– ‘वाइड बडी विमानका धेरै कुरा पत्रपत्रिकामा छापिएका छन्, हामी त्यसलाई त्यसै…
बागलुङ, २४ पुस । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिनुभयो । यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो । आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट…
धनगढी, २४ पुस । आजदेखि यहाँ शुरु भएको ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्ड कप’को पहिलो प्रतिस्पर्धामा मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर झापाले आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबलाई पराजित गरेको छ । यहाँस्थित रङ्गशालामा शुरु भएको प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा गोलरक्षक दीप कार्कीको उत्कृष्ट खेल प्रदर्शनपछि मेची नेत्रालयले बाजी मारेको हो । जीतसँगै मेची नेत्रालय काँकडभिट्टा क्वार्टर फाइनलमा प्रवेश गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि गरिएको ‘सडन डेथ’मा काँकडभिट्टाले ७–६ गोलको जीत दर्ता गरेको हो । सडन डेथमा लावल ओलाकानको प्रहार अकाशिएपछि काँकडभिट्टाको जीत सहज बनेको थियोे । मेची नेत्रालयका भूषण लिम्बू, अजीत गुरुङ, विश्वास श्रेष्ठ, दीप…
नरेश गुरुङ बिर्तामोड, २४ पुस । मिठो खाने, राम्रो लाउने कसलाई हुँदैन र ? तर, १५ वर्षको कलिलो उमेरमै परिवारको जीविकोपार्जनको लागि श्रम गर्न परदेश पसेका २२ वर्षीय ललित तामाङ यतिबेला दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारको लागि रकम अभावमा थलिएका छन् । इलामको रोङ गाउँपालिका–२ का ललित तामाङ यतिखेर न त परिवारको सहारा बन्न सके न त आफ्नो उपचारको लागि खर्च नै जुटाउन सके । आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारमा उनी मात्र होइनन्, आमा मधुमेह र बुबा जण्डिस रोगसँग संघर्ष गरिरहेका छन् । परिवारको सम्पूर्ण जिम्मेवारी बोक्ने जेठा छोरा नै यसरी दुवै मृगौलाले काम नगर्ने भएपछि यतिखेर तामाङ…
बनियानी, २४ पुस । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मौरीपालनका लागि सरकार छुट्टै नीति निर्माण गरेर मौरीपालक कृषकलाई सहयोग गर्ने बताउनुभएको छ । नेपाल मौरीपालक महासंघको २०औं वार्षिक साधारण सभाको अवसरमा आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । ‘मौरीपालनका लागि सरकारीस्तरबाटै नीति निर्माण गर्दै मह प्रशोधन केन्द्र स्थापना गरिनेछ’, उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रको विकास र कृषकको समस्या समाधान गर्न सरकार गम्भीर रुपले लागिपरेको छ ।’ मौरीको चरनको क्षेत्रमा विषादी प्रयोग गर्ने जोकोहीलाई कारबाही गरिने समेत मन्त्री खनालले उल्लेख गर्नुभयो । आयात न्यूनीकरण गर्नुका साथै स्वदेशी महलाई बजारीकरणमा सहयोग गर्नसमेत उहाँले सरोकारावाला निकायलाई आग्रह गर्नुभयो ।…
गंगा पराजुली पशुपतिनगर, २४ पुस । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पूर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । इलामको सन्दकपुर र माई जोगमाई गाउँपालिकामा पर्ने जौवारीमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको कार्यालय स्थापना भएपछि किसानलाई प्राविधिक सेवा र उन्नत जातका आलुका बीउ खरीदका लागि सहज भएको हो । विसं २०२२ सालमा निर्माण शुरु भई २०३६ सालसम्म सञ्चालनमा आएको आलु विकास केन्द्र बन्द भएको लामो समयपछि सरकारले २०७२ सालमा त्यहाँका जग्गा उपभोग गर्दै हिमाली क्षेत्रको अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालीन कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नुभएको…
बुधबारे, २४ पौष । बुधबारे जेसीजको सातौं साधारण सभा मार्फत वर्ष २०१९ का लागि अध्यक्षमा जेसी हेमन्त बराल सर्वसम्मत चयन भएका छन् । कार्यकारिणी उपाध्यक्षमा जेसी अनिल वाग्ले र जेसी दीपेन सिटौला चयन भएका छन् । त्यस्तै महसचिवमा जेसी मुकेश भट्टराई, उपाध्यक्षहरुमा जेसी अर्जुन ढकाल, जेसी गजुहाङ योङहाङ, जेसी केशव खुलाल, सहसचिव जेसी गोकुल पौड्याल, कोषाध्यक्ष जेसी कृष्ण ढकाल, कानुनी सल्लाहकार जेसी चन्द्र कटवाल चयन भएका छन् । साधारण सभामा नै अध्यक्ष वरालले विभिन्न उपसमितिका संयोजक पनि चयन गरेका छन् । बुधबारे जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी प्रकाश भण्डारीको अध्यक्षता, जेसी अनिल वाग्लेको संयोजकत्वमा भएको साधारण सभामा झापा उद्योग…
बनेपा, २४ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।” नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको बताउनुभयो । “न युवाले बाहिर काम गर्न जान पाएको छ, न त देशमा नै बसर काम गर्न पाएको छ”, उहाँले भन्नुभयो । नेता थापाले नियम अनुसार संसद्मा सांसदहरुले प्रस्ट हुनको लागि प्रश्न सोध्न…
भोजपुर, २४ पौष। भोजपुरको राम प्रसाद राई गाँउपालिका–८ छेलुङबाट २ थान भरुवा बन्दुक सहीत १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय वोयाङ र प्रहरी चौकी मानेभञ्ज्याङबाट सादा पोशाक मा खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा सोही स्थान बस्ने ३१ वर्षका प्रविण राईको घरमा खानतलाशी गरेको थियो । सोमबार राती ८ बजेको समयमा प्रविण राईको घरमा खानतलासी गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको भरुवा वन्दुक थान – १ र हेर्दा कटुवा पेस्तोल जस्तो देखिने थान – १ बरामद गरिएको थियो । हतियार सहित नियन्त्रणमा लिईएका राईलाई ईलाका प्रहरी कार्यालय मानेभन्ज्याङमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
मोरङ, २४ पौष । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० महेन्द्र चौकको भित्रि सडक खण्डमा अटोको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । आज बिहान १० बजेको समयमा दक्षिणबाट उतर तर्फ आउदै गरेको को. २ ह.२२४४ नम्बरको अटोले सोही स्थान बस्ने हेम बहादुर पोख्रेलको ७ बर्षीय छोरी भुमिका पोख्रेललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते बालिकालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर ल्याईएको छ भने अटो र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।