झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, २२ मंसिर । झापाबाट भारत तर्फ लाँदै गरेको घरेलु मदिरा आज प्रहरीले बरामद गरेको छ । आज दिउँसो ३ बजे कचनकवल–४ खड्गगाछी स्थितमा प्रहरी गस्ती टोलीले ३÷४ जना मानिसले साइकलमा नेपालबाट भारततर्फ लादै गरेको लादै गरेको करिब ८० लिटर घरेलु मदिरा बरामद गरेको हो । मदिरा छाडेर उनीहरु फरार भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ, २२ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आज यहाँ आयोजना गरेको प्रभातफेरी कार्यक्रममा उहाँले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताउनुभयो । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हो भन्नुहुँदै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गर्नुभयो । “विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होेलान्, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन”मन्त्री महासेठले भन्नुभयो । उहाँले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया…

Read More

काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिनुभयो । सरकार इञ्जिनीयरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले भन्नुभयो “तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।” राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “समृद्ध नेपाल, सुखी…

Read More

काठमाडौँ, २२ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताउनुभएको छ । नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज यहाँ सम्बोधन गदै उहाँले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने जनाउनुभएको हो । उहाँले भन्नुभयो, “व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको थियो ।” यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइनेसमेत उहाँले जानकारी गराउनुभयो । उहाँले आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानूनी जटिलताले व्यवस्थित बनाउन नसकिएकाले चाँडै कानूनी जटिलता हटाइ…

Read More

काठमाडौँ, २२ मङ्सिर । एक सयमध्ये नौ जनालाई हरेक दिन केही न केही प्राथमिक उपचार तथा एक हजार आकस्मिक उपचार आवश्यक पर्नेमध्ये पाँचजनालाई सिपिआर अति आवश्यक पर्छ । घाउ, चोटपटक, झाडापखालालगायत साधारण उपचार विधिलाई प्राथमिक उपचार तथा मुटु र श्वासप्रश्वास प्रक्रिया चलाउन सिकाइने विधिलाई सिपिआर भनिन्छ । सिपिआर तालीम लिएकाले अस्पताल पुग्नुअघि अकालमा हुने ७० प्रतिशतसम्मको मृत्युलाई घटाएको एक अध्ययनले देखाएको छ । ‘नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टर’ले आज यहाँ सार्वजानिक गरेको अध्ययनमा विशेषगरी विद्यालय तहका छात्रछात्रा तथा समुदायमा प्रदान गरिएका प्राथमिक उपचार तथा सिपिआर तालीमले अकालमा हुने मृत्युलाई कम गर्न सहयोग पु¥याएको देखाएको छ । सेन्टरले हाल काठमाडौँ,…

Read More

लहान, २२ मङ्सिर । हतियार तथा लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिकाबाट आज बिहान दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार तथा लागुऔषधसहित लहान नगरपालिका–४ निवासी रञ्जीत यादव र लहान नगरपालिका–५ निवासी रामचन्द्र पासवानलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा लहान नगरपालिका–४ स्थित रञ्जीत यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा केएफ आठ एमएम लेखिएको दुई थान पेस्तोल, ३०३ राइफलको गोली एक राउण्ड तथा प्रयोग भइसकेको डाइजेल्याब आठ एम्पुल, फेनार्गन ६ एम्पुल, लुपिजेसिक दुई एम्पुल, सिरिञ्ज आठ थान, नाइट्रोभेट पाँच थान डाइलेक्स डिसी एक बोतललगायतका लागुऔषध बरामद भएको इलाका…

Read More

काठमाडौँ,२२ मड्सिर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले भूमि व्यवस्थामा देखिएका समस्या समाधानका लागि ऐन तथा नियमको तर्जुमा भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उहाँले कानून निर्माण नभएसम्म भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी, जोखिमयुक्त क्षेत्रका बसोवासी, मोही र जमीनदारबीचको समस्यालाई वर्गीकरण गरी समस्या समाधानतर्फ लाग्ने उल्लेख गर्नुभयो । सुकुम्वासी समस्या समाधानका लागि शक्तिशाली आयोग बनाउन लागेको पनि उहाँले स्पष्ट पार्नुभयो । गुठीसम्बन्धी नयाँ ऐन ल्याइने तथा गुठीलाई प्राधिकरणमा लैजाने तयारी सरकारले गरिरहेको उहाँको भनाइ थियो ।

Read More

बिर्तामोड, २२ मंसिर । इलामको रोङ गाउँपालिका–२ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन । इलामबाट बिर्तामोड तर्फ जाँदै गरेको मे १ ज ३०२२ नम्बरको बलेरोले बिपरित दिशाबाट आउदै गरेको स्कुटरलाई ठक्कर दिदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक झापा हल्दीबारी–३ का ५५ वर्षीय रामप्रसाद प्रसाई गम्भिर घाइते भएका छन् । घाइते उनको बिएण्डसी अस्पताल झापामा उपचार भइरहेको छ भने बलेरो र चालकलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

तेह्रथुम, २२ मंसिर । तेह्रथुमको मेन्छयम गाउँपालिका–५ चुच्चेढुङगा बस्ने पूर्ण बहादुर लिम्बुको घरमा आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ । शुक्रबार बिहान साढे ९ बजेको समयमा चुल्होबाट आगो सल्कन गई फुसको छानो भएको घरमा आगलागी भएको थियो । आगलागीबाट घर तथा घर भित्र रहेका सर(सामान जलेर नष्ट भएको छ । घटनास्थलमा अस्थाई प्रहरी चौकी बमोराहाङबाट प्रहरीको टोली खटि गई स्थानीयबासीको सहयोगमा दिउँसो साढे बाह्र बजे आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Read More

श्रृङ्खला खतिवडा मिस वर्ल्डको ताजका लागि आज अन्तिम प्रतिस्पर्धा गर्दैछिन्। नेपाली समय अनुसार वेलुका पौने ५ बजे फाइनल सुरू हुनेछ। नेपालमा जुम टेलिभिजनबाट फाइनलको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ। के श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिन सक्लिन् ? यो प्रश्नको उत्तर अबका केही घण्टामा निर्धारण हुनेछ। हामीले यही प्रश्न पूर्व मिस नेपाल जो चीनमा अहिले श्रृङ्खलाले प्रतिस्पर्धा गरेकै ठाउँमा मिस वर्ल्डका लागि प्रतिस्पर्धा गरेकी पूर्व मिस नेपाल प्रिति सिटौलालाई गरेका थियौं। पछिल्ला दिन श्रृङ्खलाले निकै मेहनतपूर्वक फाइनलको तयारी गरिरहेकी छन्। दैनिक सामाजिक सञ्जालमा गतिबिधि पोष्ट गरिरहने श्रृङ्ला अन्तम युद्धुको तयारीमा ध्यान केन्द्रित गरेकी छन्। श्रृङ्खलालाई हौसला दिन उनका मातापिता सहित प्रियजन चीन…

Read More