
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, २९ पौष । मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–३ दुर्गा चोकबाट शनिवार बेलुका लागूऔषध सहित सुनसरीको चतरा घर भएका २८ वर्षका प्रकाश राईलाई पक्राउ गरेको हो । राईलाई सि.आर.भी. पंजावी पेट्रोल पम्पबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसीक–५ एम्पुल, डाईजेल्याब–५ एम्पुल र फेनारगन–५ एम्पुल फेला पारी बरामद गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।त्यसैगरी मोरङको रंगेली नगरपलिका(५ आँपगाछीबाट लागूऔषध सहित पथरी(शनिश्चरे नगरपालिका–८ बस्ने १९ वर्षका झमक बिष्ट र १६ वर्षका रविन माझीलाई पक्राउ गरेको छ…
काठमाडौँ, २९ पुस । थाइल्याण्डमा जारी महिला टी–२० स्मास–२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रो पटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई ६२ रनको लक्ष्य दिएको थियो । बैसठ्ठी रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको नेपालले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो । नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिइन् । त्यस्तै सीता…
रत्ननगर, २९ पुस । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पु¥याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् । उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिनुभयो ।
टेलिभिजनको सबै भन्दा पपुलर शो नागिन ३ लाई अलविदा गर्ने समय आउन लागेको छ। सुरभि ज्योति, पर्लभी पुरी, अनिता हसनंदानी र रजत टोकसको मुख्य भूमिका रहेको नागिन ३ एक महिनापछि बन्द हुँदैछ। भारतीय एक न्यूज अनलाइनको रिर्पोट अनुसार एकता कपुरले आफ्नो एक अन्य पपुलर शो कवजको दोस्रो सिजन नागिन ३ को ठाउँमा लन्च गर्न चाहन्छन्। कवच २ का लागि पहिले नै अडिसन सुरु भइसकेको छ। तर अहिलेसम्म एकता कपुरले यस बारेमा भने कुनै औपचारिक जानकारी भने दिएका छैनन्। यस हप्ता पनि टीआरपीमा नागिन चौँथो नम्बरमा रहेको छ। एकता कपुरले नागिनलाई अनयर गर्ने सोचे १ वा २ वर्षपछि यसको चौँथो सिजन…
विराटनगर, २९ पुस । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज यहाँ आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रिया शुभारम्भका क्रममा उहाँले व्यक्तिको स्वतन्त्रताको हकलाई सुरक्षित पार्न सरकार सचेत भइ संविधानबमोजिम मौलिक हकलगायत ३३९ वटा कानून बनाइसकेको जानकारी दिनुभयो । कानूनको पालना गराउन सशक्त योजना बनाइ गाउँपालिका र नगरपालिका तहसम्म कानून साक्षर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रदेश नं १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले यस प्रदेशले २४ वटा कानून पारित गरिसकेको र यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक…
श्याम रिमाल काठमाडौँ, २९ पुस । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले यस्तो नेपाल कम्युनिष्ट पार्टीलाई संसदीय र शान्तिपूर्ण रुपबाट बहुमत प्राप्त सरकार भएको यस स्थितिबाट समाजवादतिर हिँडेमा संसारमा नै नमूना देखाउन सकिने बताउनुभएको छ । राणाविरोधी आन्दोलनका मुक्तियोद्धा ९नेपालगञ्ज–धनगढी० मानन्धरले आफ्नो निवास मैतीदेवीमा रासससँगको अन्तर्वार्तामा मुलुकलाई समाजवादमा लैजान जनताको शिक्षा, स्वास्थ र आवासमा राज्य क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिँदै सरकारले आफूलाई प्राप्त अवसरको भरपूर उपयोग गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले त वैज्ञानिक समाजवाद भनेको छु, समाजवाद मात्र भनेर हुन्न । उत्पादनका साधनमा सामाजिक अधिकार हुनुपर्छ, त्यसमा व्यक्तिगत अधिकार हुनुहुन्न । उत्पादनको साधनमा स्वामित्व र वितरण कुन…
लहान, २९ पुस । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने क्रममा सुनसहित सिरहाको लहान नगरपालिका–१९ निवासी ३२ वर्षीय गाडी चालक मोहमद रियाज राईम, सोही ठाउँ निवासी ४२ वर्षीय मोहमद हकिम, २८ वर्षीय मोहमद अमिरुल, २४ वर्षीय मोहमद रहमान, ४५ वर्षीय कैयुम राईम र सप्तरीको खड्क नगरपालिका–३ निवासी १८ वर्षीय मोहमद अफ्रोजलाई पक्राउ गरेको जनाएको छ । चालक रियाजको…
बनियानी, २९ पुस । झापाको कनकाई नगरपालिकामा शनिबार एक कुखुरा फारममा आगलागी हुँदा रू ५ लाख बराबरको क्षति भएको छ । कनकाई–२ सुकेडाँगीस्थित गीता राईको कुखुरा फारममा शनिबार दिउँसो ३ः३० बजे बिजुली सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राईको घर पछाडि रहेको बोइलर कुखुरा फारममा भएको आगलागीबाट जस्ता, काठ र तारको जालीबाट बनेको कुखुरा फारम, ३० वटा कुखुराको चल्ला, ८ वटा कुखुरा र घरको वाइरिङ जलेको हो । आगो प्रहरी र स्थानीयबासीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भद्रपुर, २८ पुस । झापाको भद्रपुर नगरपालिका–२ बलभद्र चोकबाट आज प्रहरीले रू ४ लाख ८० हजार बराबरको कपडा बरामद गरेको छ । भारतबाट अवैध रुपमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त मूल्य बराबरको पाँच पोका कपडा वडा प्रहरी कार्यालय भद्रपुर बरामद गरेको हो ।
बाुधबारे, २८ पुस । झापाको बुद्धशान्ति गाउँपालिका एकमा रहेको बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष लयप्रसाद भण्डारीको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य रहेको थियो । संस्थाको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखा संयोजक घनश्याम सापकोटाले प्रस्तुत गरेका थिए । १२ औं साधारण सभाको अवसरमा आधा दर्जन बढीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पूर्व कार्यसमिति सदस्य गोविन्द पौड्याल, नेत्रादेवी बजगाईं, पूर्व लेखा समिति संयोजक गिरीराज दाहाल, परिषद् सदस्यहरु विष्णुप्रसाद बाँस्तोला, पुन्यप्रसाद पौड्याल त्यस्तै…