झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अनिल वाग्ले बुधबारे, २५ पुस । गायिका निशु ढकालको स्वर रहेको म कहाँ थिएँ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका निशु ढकाल पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील रहेका बेला हालै उनले अर्को नयाँ गीत म कहाँ थिए बोलको गीतको भिडियो बजारमा ल्याएकी हुन् । नवीन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा स्मारिका, पूजा, किशोर र प्रकाशको नृत्य रहेको छ । ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतले राम्रो चर्चा परिचर्चा पाइरहेको छ । युवा अवस्थाको प्रेम…

Read More

सिन्धुपाल्चोक, २५ पुस । बाँडेगाउँस्थित रामबहादुर बम्जनको आश्रममा भएको सन्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ । पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो । मकवानपुर हेटौँडा घर भएका सन्चलालका छोरा महेन्द्रले बम्जनको सिन्धुपाल्चोक आश्रममा बाबुको हत्या भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय (मकवानपुर) मा उजुरी दिएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २५ पुस । नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ । उपभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो । १५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै एक्लो संस्था हो । आयल निगमले तेल खरिद गर्ने दर घटेको अनुपातमा नेपाली बजारको मूल्य भने निकै कम घटाइएको छ । आइओसीले…

Read More

काठमाडौँ, २५ पुस । विगत लामो समयदेखि मुलुकमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाको विषयले संघीय संसद्को विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ । समितिले मंगलबार बसेको बैठकमा राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अवस्था र अनुगमनलगायतका विषयमा छलफल गरेको थियो । समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीलाई महारोगको संज्ञा दिएका थिए । सांसद टेकबहादुर बस्नेतले राणाकालका विकास अहिलेसम्म डगमगाएको छैन तर अहिलेका विकास भने महिना दिन पनि नटिकेको भन्दै गुणस्तरमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २५ पुस । सांसदले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ । यसका लागि फाराम भराउन थालिएको र सांसद नै पीए लिएर फारम भर्न आउने गरेको उक्त शाखाका उपसचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले सकेसम्म यसपालिदेखि पीएको तलब बैंक खातामा पठाउने प्रयास गरिएको बताउनुभयो । सिंहदरबारभित्रै रहेको एभरेस्ट बैंकसँग सचिवालयको कारोबार हुने गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २५ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन् । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको संघीयता, स्थानीय सरकार र प्रशासन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन्। ‘चिठी दिएको २१ दिनभित्र कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिन्छ,’ पण्डितले भने। मन्त्री पण्डितले प्रशासन साइकलको ट्युवजस्तो लिरिलिरी गरेर नचल्ने भन्दै संघीयता कार्यान्वयनको जिम्मेवारीबाट सरकार नभाग्ने बताए। देशको जुनसुकै स्थानमा गएर काम गर्न तयार छु भनेर शपथ खाएका कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न नमिल्ने उनको भनाइ थियो । यो समाचार आजको नागरिक दैनिकमा छ…

Read More

उर्लाबारी, २५ पुस । मोरङ, उर्लाबारी–९ भोटेपुल स्थायी घर भई विदेशमा कार्यरत कौशिला तुम्बाहाम्फे, भिम पन्धाक र इन्द्र खापुङको सक्रियतामा गठित केविआई ग्रुपले सहयोगका कार्यक्रमलाई निरन्तरता दिएको छ । उनीहरु तीनजनाको संयुक्त लगानीमा ग्रुपले विपन्न समुदायका बालबालिकालाई लक्षीत गरी आर्थिक सहयोग प्रदान गरेको हो । तीमध्ये खापुङ र तुम्बाहाम्फे युके र हङकङ तथा पन्धाक चाहिँ युकेमा कार्यरत छन् । उक्त ग्रुपले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने बिभिन्न विद्यालय तथा खेल मैदान पुननिर्माणका लागि हालसम्म करिब ६ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले उर्लाबारी–९ खोपिडाँडास्थित प्रभात आधारभुत विद्यालयलाई हालसम्म दुई लाख २७ हजार छ सय रुपैयाँ सहयोग प्रदान गरेको छ…

Read More

फिदिम, २५ पुस । पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताउनुभयो । “योजनाको भुक्तानी फिदिम पुगेर लिनुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “शिक्षक तथा कर्मचारीले समेत सदरमुकाम पुगेर मात्रै…

Read More

बेइजिङ, २५ पुस । भिसा अवधि सकिएपछि २ महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) भएका छन् । रेस्टुरेन्टमा काम गर्न भनेर छ महिनाअघि चीन आएका १४ युवा भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसिरहेको भन्दै चिनियाँ प्रशासनले हिरासतमा राखेको थियो । एक जना भिसा अवधीसकेपछि फर्किए । एकजनालाई प्रहरीले थप अनुसन्धान गर्न भन्दै हिरासतमै राखेको छ भने एक जना पक्राउ परेकै बेला नेपाल फर्काइएको थियो । गत असारको तेस्रो सातमा दुई चरण गरी ती नेपाली युवा चीनको शाङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पोमा आएका थिए । २१ वर्षदेखि ३५ वर्षका नेपाली युवाहरूलाई राम्रो आम्दानी…

Read More

भद्रपुर, २५ पुस । भद्रपुर–१० नम्बर वडा कार्यालयले वडा क्षेत्रमा रहेका सामुदायिक विद्यालयका छात्रछात्रालाई न्यानोकपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ । वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा वडाभित्र रहेका तीन वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडासहित स्टेशनरी सामग्री वितरण गरिएको हो । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कृष्ण प्रावि, कलवलगुरी प्रावि र भगवती प्राविका विद्यार्थीलाई स्वीटर, विद्यालय डायरी लगायत प्रदान गरिएको छ । वडा कार्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा नेकपाका नेता अशारु राजवंशी, वडा नम्बर ७ का अध्यक्ष विनोदप्रसाद पोखरेल, नगारका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Read More