
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १२ पुस । शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलमा पहिलो अग्रता भने च्यासलले लियो । खेलको पहिलो हाफको ३१औँ मिनेटमा च्यासलका खेलाडी सन्तबहादुर गुरुङले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । च्यासलका विश्व अधिकारीले प्रहार गरेको बल एपिएफका सन्तोषकुमार कटवालले गोल लाइनबाट ‘क्लियर’ गरेका थिए, सोही ‘रिबाउण्ड’ बललाई सदुपयोग गर्दै सन्तले गोल गरेका…
सुरुङ्गा, १२ पुस । कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाको नेतृत्वका लागि आज निर्वाचन हुदै छ । आज बिहान ८ : ३० बजेदेखि भएको निर्वाचनमा कुल १३ सय ८५ मतदाताले मतदान गर्दै छन । यो समाचार तयार पार्दासम्म विहान ११ : १५ बजेसम्ममा जम्मा ३ सय २२ जना मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य ज्योतीकुमार उप्रेतीले बताउनुभयो । आज भएको निर्वाचनमा किरियापुत्री होमकुमारी कुमाल र प्रदेशसभा सदस्य हिराकुमार थापाले समेत बिहान ११ बजे एक्कैसाथ मतदान गर्नुभएको छ । आजै ३ बजेसम्म मतदान सकाएर आजै बेलुकी ५ बजेदेखिनै मतगणना थालिने निर्वाचन समितिका संयोजक प्रकाश चुडालले बताउनुभयो । निर्वाचनमा मिनाल तिम्सिनाको नेतृत्वमा संयुक्त…
भद्रपुर, १२ पुस । झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहनुभएका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताउनुभयो । धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा छ । नेपालमा ९०० प्रकारका चरा पाइएकामा २५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने उहाँको भनाइ थियो । विशेषज्ञ खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेँसीबजार क्षेत्र चराको राजधानी नै हो । मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरु भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उहाँले बताउनुभयो ।…
इटहरी, १२ पुस । धरान हेटौँडा सडकखण्डको सर्दू खोलामा पक्की पुल निर्माण भएको छ । सुनसरी जिल्लाको धरान उपमहागनरपालिका–१७ सर्दुदेखि हेटाँैडा जोड्ने राजमार्गको वैकल्पिक मार्गको रुपमा निर्माण भइरहेकामा धरानदेखि चतराबीचमा पर्ने दुई ठूला पक्की पुलको निर्माण लगभग पूरा भएको रसुवा निर्माण सेवाका इञ्जिनीयर आर्यन आचार्यले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गलाई जोड्ने उक्त सडकखण्डअन्तर्गत सुनसरीतर्फ पर्ने २५० मिटर लामो सर्दु खोलामा रहेको पुल र २५ मिटर लामो ठकुरी पुलको निर्माण अन्तिम चरणमा पुगेको हो । उक्त कम्पनीले सम्झौता मितिभन्दा एक वर्षअघि नै निर्माण गरी पुल हस्तान्तरण गर्ने योजना बनाएको जनाएको छ । इञ्जिनियर आर्चायले ती दुबै पुल निर्माणको अन्तिम चरणमा पुगेको…
केशवराज भण्डारी झापा, १२ पुस । हाम्रो देश कृषि प्रधान भनेर बारम्बार दोहोरिरहने शब्द केवल कागजमा मात्र सीमित हुने जोखिम बढेको छ । किसानले उत्पादन गरेको उखु बिक्रीका लागि भनेर राज्यले न्यूनतम् मूल्य निर्धारण गरिसकेको अवस्थामा विगत २ वर्षदेखि झापामा उखु बिक्नै छाडेको छ । झापाको अर्जुनधारा नगरपालिका–५ मा विशेष गरेर बृहत रुपमा उखु खेती गरिँदै आएको छ । विगत २२ वर्षदेखि उखु खेती गर्दै आएका किसानहरुलाई २ वर्षयता उखु बिक्री गर्न समस्या भएपछि उखु किसान संकटमा परेका छन् । अर्जुनधारा–५ का रत्नबहादुर वन भन्छन्, ‘२०५६ सालदेखि उखु खेती गर्दै आएँ, २०७३ सालभन्दा अगाडि कम मूल्यमा भए पनि उखु बिक्री…
दमक, १२ पुस । विद्युत् चुहिएर गए राति झापा दमक नगरपालिका–३ का दुई घरमा आगलागी हुँदा करीब रु १० लाख बराबरको सामान क्षति भएको छ । स्थानीय विष्णु चिमरियाको घर गोठ र सँगै जोडिएका छिमेकी श्रीप्रसाद भण्डारीको भान्साघर र गोठमा गए राति ७ बजेतिर आगलागी भएर अन्नपात, धानको कुन्यु जल्दा करीब रु १० लाख बराबरको सामान क्षति भएको प्रहरीको प्रारिम्भक अनुमान छ । आगलागीबाट घरभित्र रहेका दुई परिवारको १०० मुरी मकै, १२० मन धान र दुई परालको माचसमेत नष्ट हुनाका साथै गोडमा रहेका पाँच बाख्रासमेत जलेर मरेको अस्थायी प्रहरी बाघखोर पोष्टले जानकारी जनाएको छ । घरबाट पम्पसेटमा जडान गरेको बिजुलीको…
मङ्गलबारे, १२ पुस । इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी जिल्ला अस्पताल इलाममा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले माईजोगमाई गापा–४ की सामना लिम्बू र इलाम नगरपालिका–९ का २२ वर्षीय राजन राईलाई पक्राउ गरेको छ । ड्यूटीमा रहेका कर्मचारीमाथि हातपात गरेको आरोपमा…
मोरङ, १२ पुस । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बुधवार एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट विभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका नकावजनी चोरी मुद्दाका ३ जना, केही सार्वजानिक अपराध मुद्धाका ८ जना, जारी मुद्धाका २ जना, सवारी ज्यान मुद्धाका २ जना र गाली बेईज्जत मुद्धाका फरार प्रतिवादी २ जनालाइ गरी कुल १७ जना फरार प्रतिवादीहरुलाई एकै दिन पक्राउ गरेको हो । पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि सम्मानित जिल्ला…
काठमाडौँ, १२ पुस । नेपाली सेनाले काठमाडौं–तराईरमधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ । सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको हो । करिब एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षमा सक्ने लक्ष्य छ । सरकारले विभिन्न निकायमा कार्यरत निजामती कर्मचारीलाई विभिन्न शीर्षकमा दिँदै आएको प्रोत्साहन रकम कटौती गरिरहेका बेला सेनाले उक्त रकम मागेको हो । सरकारले २०१७ को अगस्टमा सम्भावित खर्च मूल्यांकन नगरी द्रूतमार्ग निर्माण आयोजना सेनालाई हस्तान्तरण गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।
ललितपुर, १२ पुस । सरकारी कार्यालयमा कुनै गुनासो गर्दा वा सुझाव दिदाँ पैसा तिर्नुपर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर, स्थानीय तहमा सुन्दै अचम्म लाग्ने यस्तै नियम लागू गरिएको छ । यो नियम धेरै टाढाको पनि होइन, उपत्यकाभित्रकै ललितपुरको गोलावरी नगरपालिकाको हो । यहाँ सेवाग्राहीले कार्यालयको कामकाज वा आफ्नो असुविधाको बारेका कुनै लिखित गुनासो र सुझाव दर्ता नै हुँदैन । नगरपालिकाको बडापत्रमा पाँच सय शुल्क भनेर टाँसिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।