
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
महिलामाथि यौन दुर्व्यवहार, बलात्कार भएका घटना त हामीकहाँ निकै धेरै आउँछन् । तर अफ्रिकी मुलुक इजिप्टमा एकजना युवतीले बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । र, यौन दुर्व्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् । इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सजाय सुनाएको हो । ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर अदालतले गरेको छ । ती युवतीले बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै गत अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो । उक्त भिडियोमा ती युवतीले बाँदरको यौनांग चलाउँदै हाँस्दै गरेको देखिएको…
काठमाडौँ, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समृद्धिको बाटोहुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतर्फ मुलुक लागेको दाबी गरेका छन्। नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट विद्रोह गरी आएका नेता कार्याकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उक्त कुरा बताएका हुन्। ‘हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन,’ प्रचण्डले भने, ‘उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्र शिखरमा पुगिन्छ। राजनीति र समाज पनि शिखर चढे जस्तै हो। प्रचण्डले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव…
विराटनगर, १६ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताएका छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा दिई अधिग्रहण गर्न ढिला नगर्न जोड दिए । मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण सङ्कलन गरेको जानकारी दिँदै आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग भेटी निर्णय गरिने बताए । उहाँले यस विमानस्थलबाट प्रदेशका १३ स्थानलगायत पोखराका लागि उडान चाँडै सुचारु…
विराटनगर, १६ पुस । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो । नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या…
बलिड अभिनेत्री मलाइका अरोडा केही दिन अगाडि उत्तर प्रदेशको इलाहावादमा निजी शोरुम उद्घाटन गर्न पुगेकी थिइन्। आकर्षक कपडा लगाएर इलाहाबाद पुगेकी मलाइकालाई हेर्न मानिसहरुको भीड नै जम्मा भयो। मलाइकालाई हेर्न इलाहाबादको सिभिल लाइनको सडक जाम नै भयो। करिव ४५ मिनेटको कार्यक्रमका क्रममा सिभिल लाइन्स इलाकाको सबै जसो सडक अस्तव्यस्त नै भएको थियो। यो अवसरमा मलाइकाले नोटबन्दीपछि मानिसहरुको दुख कम भएको बताइन्। ‘एक डेढ महिनाभित्र भएको दुख पनि कम हुन्छ र सबै कुरा सामान्य हुन्छ,’ उनले भनिन्। मलाइका अरोडा बलिउड अभिनेत्री हुनुकासाथै एक नर्तकी, मोडल तथा टेलिभिजन प्रस्तोता पनि हुन्। उनी १९८९ मा चय्या छैया, १९९८ मा गुरु नालो इशक मिथा,…
काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र नागरिकको पक्षमा सिन्कोसमेत भाँच्न नसकेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष राणाले देशको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको दावीसमेत गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले कामै गर्न नसकेपछि सत्तारुढ दल नेकपाकै नेताहरुले सरकारको व्यापक आलोचना गरिरहेको तर्क पनि गर्नुभयो । अध्यक्ष राणाले राष्ट्रपति विद्या भण्डारीले थप सेवा र सुविधाको अपेक्षा गरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म शीतल निवासलाई विस्तार गर्ने सरकारको योजनाप्रति अध्यक्ष…
इलाम, १६ पुस। इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताए । सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो । गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, १६ पुस । झापाको भद्रपुर नगरपालिका( ९ मा रहेको नहर टोलमा जङ्गली हात्तीको आक्रमणबाट २ घरमा क्षति भएको छ । आइतबार बिहान साढे नौ बजेको समयमा जङ्गली हात्तीले आक्रमण गर्दा जिल्ला झापा भद्रपुर नगरपालिका(९ बस्ने देबी माया भुसालको टिनको छाना,बासको टाटीबेराले बनेको एक तले घर भत्काई अन्दाजी ५०,००० मुल्य बराबरको क्षति हुनुका साथै सोही स्थान बस्ने चन्द्र समरीयाको टिनको छानो भएको टाटी बेरा भएको एकतले घर भत्काई अन्दाजी ३०,००० मुल्य बराबरको बराबरको क्षति ईलाका प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
काठमाडौँ, १६ पुस । नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ । प्रहरीले बन्दोबस्तीका सामान फिर्ताको लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौँ, १६ पुस । कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको भन्दै यसविरुद्ध नागरिक तहमा जाने तयारी पनि कांग्रेसको छ । ‘हामीले महासमिति बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै सरकार संस्थागत भ्रष्टाचारमा लागेकोसहितका १५ बुँदा पास गरेका छौँ । अब संसद् र पार्टी संरचनामा सरकारका यी गलत काम र कमजोरीविरुद्ध प्रभावशाली ढंगले आवाज उठाउँछौँ,’ महतले…