झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र चैत्रको अन्तिममा आउने चर्चा पनि चलेको थियो । तर, यो चलचित्र अब चैत्रको १ गतेबाट रिलिज हुने भएको छ । नायक खड्काले अभिनय गरेका चलचित्रहरु सार्वजनिक बिदा पर्ने दिनमा रिलिज हुँदै आएका थिए । तर, यसपटक यसको निर्माणपक्षले धेरै निर्माताले ताक्ने मिति हेरेको छैन । यो चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । दार्जिलिङमा छायांकन गरिएको चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रले कुनै एक स्थानलाई लभ प्वाइन्टको रुपमा ब्याख्या गर्ने निर्देशकले बताएका छन् । चलचित्रलाई म्यूजिकल लभ…

Read More

अर्जुनधारा, ४ पुस । साना किसान कृषि सहकारी संस्था अर्जुनधारा–३ को १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको कार्यालय परिसरमा सम्पन्न साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा संस्थाका उत्कृष्ट दूध उत्पादकको तर्फ भीमप्रसाद घिमिरे, बाख्रापालकतर्फ मीनाकुमारी घिमिरे, बगुर र कुखुरापालकतर्फ सुवित्रा लिङ्देन, टनेल खेतीतर्फ आसे राई रहेका छन् । ७० पूरा गरी अवकाश भएका जेष्ठ सदस्यहरुमा खिनमाया खमाल, नर बहादुर राई, पवित्रा आचार्य, नद्र प्रसाद पौड्याल, धनमाया गौतम, नेत्रप्रसाद भण्डारी, कौशीला देवि अधिकारी रहेका छन् । कृषकलाई कृषि उपयोगी साम्रगी र अवकाश भएका जेष्ठ सदस्यलाई दोसल्ला सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै, उष्कृष्ट अंक…

Read More

झापा, ४ पुस । सरकारले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई÷ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार पेट्रोल ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उहाँले जानकारी गराउनुभयो । यसैगरी निगमले निगमको डिपो÷बिक्री केन्द्रदेखि १५ किलोमिटर भित्र लागू हुने क्षेत्रभित्र पनि नयाँ मूल्य तोकेको छ । जसअनुसार झापा, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगञ्ज, अमलेखगङ्ज, भलवारी,…

Read More

खोटाङ, ४ पुस । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् । “तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण देखिँदैन,” अध्यक्ष राईले भन्नुभयो । काठको टाँड बनाएर चारैतिर जाली राखेको अवस्थामा तामाङलाई उद्धार गरिएको हो । तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो…

Read More

मोरङ, ४ पुस । मोरङको बेलवारी नगगरपालिका–१० मा चक्कु प्रहारबाट १ जना घाइते भएका छन् । छुरा प्रहारबाट सोही स्थान बस्ने बर्ष २४ को सुदिप तामाङ घाइते भएका छन् । तामाङलाई पुल खेल्ने क्रममा सामान्य विवाद हुँदा सोही स्थान बस्ने बर्ष ६० की मनमाया भण्डारी र निजकै छोरा बर्ष २१ को रोहित भण्डारीले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट तामाङको अनुहार तथा टाउकोमा चोट लागेर उपचारको लागि सुबिधा अस्पताल बेलबारी पठाईएको छ भने डक्कु प्रहार गर्ने दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलवारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

उदयपुर, ४ पुस । जबरजस्ती करणीको आरोपमा प्रहरीले मंगलवार उदयपुरबाट १ बृद्धलाई पक्राउ गरेको छ । २० बर्षीय युवतीलाई करणी गरेको आरोपमा त्रियुगा नगरपालिका(७ गुण्टे बस्ने बर्ष ७० को भतुरमान भन्ने भट्टु दनुवारलाई पक्राउ गरिएको हो । दनुवारले शारीरिक रुपमा असक्त रहेकी युवतीलाई घर नजिकै रहेको खोल्सामा लगेर करणी गरेको भनि पिडितको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो । पक्राउ परेका दनुवारलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Read More

गङ्गा पराजुली पशुपतिनगर, ३ पुसा । प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्या छ । मौसममा दैनिक हजारौ बढी पर्यटक आएर घुम्ने कन्यामको तीन किलोमिटर क्षेत्रमा एउटा मात्रै चर्पी हुँदा खुला क्षेत्रमा शौच गर्न बाध्य भएको पाल्पाबाट आएका पर्यटक केशव शर्माले बताउनुभयो । खुला दिसामुक्त क्षेत्र घोषणा भएपनि पर्याप्त पूर्वाधर, खानेपानी, चर्पीको समस्याले पिरोलिने पर्यटकले गाडी भने विद्यालयमा पार्किङ गर्दै आएका छन् । प्रदेश नं…

Read More

इलाम, ३ पुस । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिनुभयो । बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशङ्कामा बेलुका नखोजिएको तर दुई दिनसम्म नफर्केपछि खोजी कार्य शुरू गरिएको गुरुङले बताउनुभयो । बलिकाका परिवार, आफन्त र प्रहरीले समेत बालिकाको खोजी गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका हबल्दार विजय राईले जानकरी दिनुभयो । बालिका गाउँकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी…

Read More

झापा, ३ पुस । नेपालको सर्वाधिक पुरस्कार राशि भएको दोस्रो गोठबीर राई इन्डो नेपाल भेट्रान्स फुटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा लखनपुर भेट्रान्स दमक र काँकडभिट्टा भेट्रान्स बिजयी भएका छन् । पहिलो खेलमा लखनपुरले चारआली भेट्रान्सलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । खेलमा लखनपुरका विकास राई, देउमान लिम्वू र अमर लक्ष्मणले गोल गरेका थिए । पराजित टीम चारआली भेट्रान्सका तर्फबाट दुबै गोल सुवास राईले गरेका थिए । खेलको म्यान अफ द म्याच बिजेता टीमका देउमान लिम्वू घोषित भएका छन् । आजै भएको दोस्रो खेलमा काँकडभिट्टा भेट्रान्सले एभरेस्ट भेट्रान्स बिराटनगरलाई ट्राइब्रेकरमा एककाविरुद्ध तीन गोल गर्दै बिजयी भएको छ । खेल अवधिभर…

Read More

बुद्धशान्ति, ३ पुस । मानिसका जीवनमा समस्याहरु बग्रेल्ती आउँछन् र छन् पनि । समस्या समाधान गर्दै जानु नै मानव जीवन हुनुको एउटा सत्यता हो । समस्या सबैलाई हुन्छ तर सबैका समस्या फरक–फरक हुन्छन् । फरक–फरक समस्या भएपनि समस्याको एउटै सार हुन्छ त्यो हो ‘पीडा’ । कसैका समस्या स्वयम्को कठोर मेहनतले हल हुन सक्छ, कसैको समस्या हल गर्न स्वयम् व्यक्ति र परिवारको प्रयासले संम्भव हुँदैन । सामुहिक रुपमा गरिएको प्रयासले समस्या समाधान गर्नका लागि ठूलो बल मिल्दछ । समस्या समाधानमा ‘सामुहिक प्रयास’ कहिले काहिँ उत्तोलकको रुपमा देखिन सक्छ । सामुहिक प्रयासलाई उत्तोलक बनाउने हो भने समस्यामा परेकाले नयाँ जीवन पाउँछन् ।…

Read More