
झापा, ३ पुस । नेपालको सर्वाधिक पुरस्कार राशि भएको दोस्रो गोठबीर राई इन्डो नेपाल भेट्रान्स फुटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा लखनपुर भेट्रान्स दमक र काँकडभिट्टा भेट्रान्स बिजयी भएका छन् ।
पहिलो खेलमा लखनपुरले चारआली भेट्रान्सलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । खेलमा लखनपुरका विकास राई, देउमान लिम्वू र अमर लक्ष्मणले गोल गरेका थिए । पराजित टीम चारआली भेट्रान्सका तर्फबाट दुबै गोल सुवास राईले गरेका थिए । खेलको म्यान अफ द म्याच बिजेता टीमका देउमान लिम्वू घोषित भएका छन् ।

आजै भएको दोस्रो खेलमा काँकडभिट्टा भेट्रान्सले एभरेस्ट भेट्रान्स बिराटनगरलाई ट्राइब्रेकरमा एककाविरुद्ध तीन गोल गर्दै बिजयी भएको छ । खेल अवधिभर दुबै टीमले दुई÷दुई गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पराजित टीमका बिनोद लामा छिरिङ घोषित भए । भोलिको खेल सीएनजी स्वास्थ्य क्लव विराटनगर र विर्तामोड भेट्रान्स तथा दोस्रो खेल पूर्वाञ्चल भेट्रान्स दमक र राजघाट भेट्रान्स मोरङबीच हुने आयोजक विर्तामोड भेट्रान्स क्लवका अध्यक्ष किरण थापाले जानकारी दिनुभयो । १० टीमको सहभागिता रहेको प्रतियोगितामा बिजेता टीमले १ लाख ५१ हजार पुरस्कार पाउने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
