
झापा, २६ फागुन । जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगले फौजदारी अपराध संहिता २०७४ को दफा १८१ अनुसार उनीहरूलाई कारबाही गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनमा २३ भदौको प्रदर्शनमा गोली चलाउने, आदेश दिने वा रोक्न असफल हुने सबैलाई कानुनी दायरामा ल्याउन सिफारिस गरिएको छ । २४ भदौमा भएको प्रहरी हत्या, आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई पनि कारबाही गर्न भनिएको छ ।

आयोगले प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ र सार्वजनिक गर्न आग्रह गरेको छ। प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन पेस गरी कार्यान्वयनबारे निर्णय गर्ने वचन दिएकी छन् ।

